Sansar News- Online for Global Nepali

फागुन महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

संसार न्यूज़
२ वर्ष पहिले
फागुन महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

अध्ययन तथा रोजगारीका लागि विदेश पुगेका ९ नेपालीले विभिन्न दुर्घटनामा परी फागुन महिनामा ज्यान गुमाएको समाचार ऐक्यबद्धतालाई प्राप्त भएको छ ।

कतारमा १, इथियोपियामा १, कोरियामा १, अष्ट्रेलियामा १, जापानमा १, अमेरिकामा २ बेल्जियमा १ पोर्चुगलमा १ जनाको मृत्यु भएको छ ।
कतारमा रोल्पा नगरपालिका ३ रेउघाका पृथ्वी बुढा मगरको दुर्घटनामा परी मृतयु भएको छ ।

उनको गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारका क्रममा १३ मार्च (२९ फागुन) मा मृत्यु भएको अन्तर्राष्ट्रिय रोल्पाली समाजका अध्यक्ष केशव राज खड्काले बताएका छन् । मगर विगत ४ वर्ष देखि एसएमएस कम्पनीमा कार्यरत थिए ।

उनको परिवारमा श्रीमती र ३ छोरीहरू रहेको बताइएको छ । उनको आर्थिक स्थिति पनि कमजोर रहेको बताइएको छ । कम्पनीमा कार्यरत अन्य ९ नेपाली कामदारका लागि खाना पु¥याएर फर्कने क्रममा सिमेन्ट बोकेको ट्रकले ठक्कर दिँदा उनी दुर्घटनामा परेको उनका साथीले बताएका छन् ।

मगरको मृत्युले सिंगो रोल्पाली समाजलाई क्षति भएको भन्दै समाजले दुःख व्यक्त गरेको छ । उनीसँगै गाडीमा सवार रहेका अन्तर्राष्ट्रिय रोल्पाली समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका सिराहाका शिव साहको बायाँ खुट्टा भाँच्चिएको छ ।इथियोपियामा भएको विमान दुर्घटनामा परेर गोरखाकी एकता अधिकारीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मा कार्यरत रहेकी अधिकारीको १० मार्च (२६ फागुन) मा मृत्यु भएको हो । इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्या गइरहेको इथियोपियन एयरलाईन्स उडान नं ३०२ उडेको ६ मिनेटमा दुर्घटना हुँदा अधिकारी सहित १५७ यात्रुको मृत्यु भएको थियो । अधिकारीसहित संयुक्त राष्ट्रसंघका मात्रै १९ सदस्यको उक्त दुर्घटनामा मृत्यु भएको थियो । उनीहरू केन्याको राजधानी नैरोबिमा आयोजित कार्यक्रममा भागलिन जाँदै थिए ।

कोरियामा कार्यरत उदयपुरका भुपाल राईको हृदयघातका कारण मृत्यु भएको छ । कोरियाको हासाङगस्थित एक मोर्टस कम्पनीमा कार्यरत राईको हृदयघातका कारण १० मार्च (२६ फागुन) मा मृत्यु भएको हो । बेलुका खाना खाने क्रममा एक्कासी ढलेर उपचारका लागि अस्पताल लगिएका उनलाई डाक्टरहरूले मृत घोषणा गरेको कोरियास्थित नेपाली दूतावासले जनाएको छ । मृतक राईको घरमा श्रीमती र २ छोराछोरी रहेको बताइएको छ ।

अष्ट्रेलियाको मेलर्वनमा अध्ययनरत बनेपाकी निश्मा श्रेष्ठको सवारी दुर्घटनामा मृत्यु भएको छ । अध्ययनको शिलशिलामा मेलबर्नको ग्लेनरोयमा बस्दै आएकी श्रेष्ठको गाडीले ठक्कर दिदा मार्च ५ (२० फागुन) मा मृत्यु भएको हो । मेलबर्नको लाट्रोब विश्व विद्यालयमा अध्ययनरत श्रेष्ठ ९ महिना अघिमात्र मेलबर्न पुगेकी थिइन् । काम सकेर राति १ बजे घर फर्कदै गरेकी उनको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । उनको दाहसंस्कार अष्ट्रेलियामा गरिएको छ ।

जापानको ओसाकामा कार्यरत गुल्मीको वामि घर भएका सापकोटा थर (नाम नखुलाइएको) ले मार्च २ मा आत्महत्या गरेको समाचार छ । कामको सिलसिलामा जापान पुगेका उनले आफ्नै कोठाको बाथरुममा आत्महत्या गरेको बताइएको छ । उनी आफूले काम गर्ने रेष्टुरेण्ट सचालकको कोठामा सँगै बस्दै आएका थिए । सवारीको ठक्करले अमेरिकामा चन्द्र भण्डारीको मृत्यु भएको छ ।

भर्जिनियाको प्रशिद्ध सहर टाइसन कर्नरमा (२६ फेब्रअरी) का दिन गाडीले ठक्कर दिँदा फल्स चर्चका ७२ वर्षीय भण्डारीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्दृत गर्दै स्थानीय संचारमाध्यमले लेखेको अमेरिकाबाट पत्रकार विजय थापाले बताएका छन् । भर्जिनियाको सडक तथा राजमार्ग ४९५ बीच बाटोमा हिड्दा गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । ठक्कर दिएपछि सवारी साधन चलाउने चालक उक्त स्थानमा नरहेको प्रहरीले जनाएका छन् ।

अमेरिकाकै केन्टकी राज्यको एलिजावेथ टाउनमा टी मार्ट संचालन गर्दै आएका लम्जुङका सुवास घलेको बन्दुकधारीको गोली लागेर मृत्यु भएको छ । २१ फरवरी (९ फागुन) का दिन रातको समयमा ती बन्दुकधारी स्टोरमा प्रवेश गरेर गोली हानेको बताइएको छ । बेल्जियमको आन्त्रोपेनमा बसोबास गर्दै आएका निमा शेर्पाको मृत्यु भएको छ ।

उनको १७ फेबु्रअरी (५ फागुन) मा मृत्यु भएको संघीय समाज बेल्जियमले जनाएको छ । नेपाली संघीय समाज बेल्जियमको निर्वतमान कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहेका शेर्पाको मृत्युले मर्माहत बनाएको पनि संघीय समाज बेल्जियमले जनाएको छ ।

पोर्चुगलमा पोखरा हेम्जा निवासी हरि कुँवरको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको एनआरएनए पोर्चुगलले जनाएको छ । ब्रेन ट्युमरको उपचारका क्रममा उनको मृत्यु भएको हो । ९ वर्षदेखि पोर्चुगलमा रहँदै आएका उनको निधनले मर्माहित भएको भन्दै एनआरएनए पोर्चुगलले शोक व्यक्त गरेको छ ।

सर्बाधिक पढिएको

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ३ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा २ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) २ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ

मनोज गजुरेलको पूर्वपत्नि मीनाको भावुक स्टाटस – तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ ३ हप्ता पहिले | संसार न्यूज़

हाँस्य कलाकार मनोज गजुरेल यतिबेला कोरोना भाइरस संक्रमणका कारण आइसियुमा…