पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ । नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलका सदस्य तथा पूर्वजनमुक्ति सेनाका सदस्य मनिष भुजेलको उपचारका क्रममा १४ अप्रिलका दिन मृत्यु भएको हो ।
अजिरकोट गाउँपालिका गोरखा निवासी भुजेलको लामो समयदेखिको उपचारका क्रममा मृत्यु भएको हो । उनको शव नेपाल पठाउन सहयोग गरिएको पनि मोर्चाले जनाएको छ ।
आइतबार मनिषको सम्झनामा मोर्चाले एक कार्यक्रममा आयोजना गरेर उनलाई अन्तिम श्रद्धान्जलि दिएको छ ।
पोर्तुगलको लिस्बन सहरस्थित Campo Martires de Patria (कुखुरे पार्क)मा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा लिस्बनस्थित अवैतनिक वाणिज्यदूतका प्रतिनिधि मोहन थापा, पोर्चुगलका लागि पर्यटनदूत रमेश गुरुङ, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, एनआरएनए आइसीसी सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
मोर्चाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माको अध्यक्षता र कार्यसमिति तथा मोर्चाका सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न श्रद्धान्जलि सभामा भावपूर्ण श्रद्धान्जलि अर्पण गरिएको थियो ।