back

नेपाली राजनीतिका सामु कुनै पनि निरंकुशता टिक्दैन

वि.सं.२०७६ वैशाख ११ बुधवार

186 

shares
NTC AD
Global IME AD

वैशाख ११ को घोषणा र लोकतन्त्र दिवसको यो परिघटनालाई तत्कालिन सापेक्षतामा हेर्न र समिक्षा गर्न जरुरी छ । पंचायतको दलमाथिको प्रतिवन्ध सहितको निर्दलियता र पछिल्लो चरणको राजा ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध संचालन भएको संयुक्त जनआन्दोलनको परिणाम स्वरुप प्राप्त लोकतन्त्र अविष्मरणीय छ महत्वपुर्ण उपलव्धीका रुपमा लिन जरुरी छ ।

निकै कठिनपुर्वक अन्तरिम संविधानमा व्यवस्था भए वमोजिम संविधानसभाको पहिलो वैठकले गणतन्त्र घोषणा गर्न सफल भयो । यतिवेला आई पुग्दा परिवर्तनका पक्षधरहरु सवै गणतन्त्रको पक्षमा एकतावद्ध भैसकेको आभाष मिल्दथ्यो । त्यसैले एकतामा वल भन्ने नै यो लोकतन्त्र दिवसको निर्विवाद सन्देश हो ।

नेतृत्वले आँट गरेको भए फौजि काण्डका विरुद्ध माहौल खडा हुन सक्थ्यो । दुई तिहाईको कांग्रस नेतृत्वको अपदस्थ सरकार र स्वघोषित गणतन्त्रवादी कम्युनिष्टहरुका विचमा समझदारी भएको भए राजा विरुद्धको आन्दोल संगठित गर्दै गणतन्त्र घोषणा संभव थियो । २०४६को जनआन्दोलन पनि चानेचुने थिएन । गणतन्त्रवादीहरु हावी भैकन पनि संवैधानिक राजतन्त्रात्मक संविधान वनाइयो । २०६२।०६३को संयुक्त आन्दोलनमा पनि संसद पुनस्थापनामा गएर आन्दोलन टुगियो । जवकि त्यही आन्दोलनको वलमा गणतन्त्र घोषणा गर्न सम्भव थियो भन्ने तर्क पनि गरिन्छ जुन तर्कमा दम छ ।

लोकतन्त्र दिवसको सम्झना कसरी गर्दै हुनुहुन्छ ?
नेपाली जनताको एैतिहासिक जनप्रदर्शनी भएको र लोकतन्त्र घोषणा भएको दिन भएकाले आज वैशाख ११ गते निकै महत्वको रहेको छ । १२ वर्ष अघि,२०६३ सालमा नेपाली धर्तिमा लोकतन्त्र घोषणा भएको थियो । राणातन्त्र, प्रजातन्त्र, निरंकुश राजतन्त्र, लोकतन्त्र र गणतन्त्र नेपाली समाजका यात्राका अविष्मरणीय श्रृखलाहरु हुन्। यिनै श्रृखलाहरु मध्यको एक लोकतन्त्रको वारेमा हरेक वर्ष स्मरण गर्नु हरेक लोकतन्त्रवादीको परम कर्तव्य पनि हो । यसबाहेक सो घोषणाको पृष्ठभुमि त्यस वरपरका घटनाक्रम र १२ वर्ष पछि फर्केर हेर्दा देखिने परिदृश्यहरुको पनि लेखाजोखा गरीनु पर्दछ भन्ने मलाइ लागेको छ ।

प्रजातन्त्रदेखी लोकतन्त्र सम्मको यात्राको अनुभूति कस्तो रहेको छ ?
विसं १९९७ र सो भन्दा अगाडि देखिका सबै सचेत प्रयत्नको परिणामले नेपालमा २००७ सालमा प्रजातन्त्र प्राप्त भयो । प्रजातन्त्रको घोषणा राणाहरुका विरुद्ध राजाले गरे र भने यो प्रजातन्त्र राजा र प्रजा मिलेर ल्याएको लोकतन्त्र हो । यतिमात्रै भनेनन् सो घोषणामा अवको शासन व्यवस्था जननिर्वाचित वैधानिक प्रतिनिधिहरुद्धारा निश्चय भए वमोजिम गणतन्त्रात्मक हुनेछ पनि घोषणा गरे । तथापि सो घोषणा भए पछि सो वमोजिमको कार्यान्वयन गर्न झण्डै समयका हिसावले ७० वर्ष र त्याग र वलिदानको हिसावले असाध्य प्रयत्नको खाचो परयो । २००७ सालको घोषणा भएको प्रजातन्त्रको आयु दश वर्ष पनि रहेन । वलात फोजी काण्ड मार्फत प्रजातन्त्र खोसियो । पार्टीहरुमाथि प्रतिवन्ध लाग्यो । निर्दलीय पंचायतलाई वलात लादियो । ३० वर्ष लामो निरन्तरको संघर्ष पश्चात कांग्रेस कम्युनिष्टको संयुक्त संघर्षले निर्दलिय पंचायत फाल्यो र वहुदलको पुनस्थापना गरायो । फेरि पनि संविधानसभा र गणतन्त्र भन्ने कुराले साकार रुप प्राप्त गर्न सेकन । माओवादीको जनयुद्ध संविधानसभा र गणतन्त्रका लागि निर्णाय वन्यो । यसैको पृष्ठभुमिका रुपमा संविधानसभाको निर्वाचनको घोषणा र गणतन्त्र प्राप्ति अघिको खुटिकलाका रुपमा लोकतन्त्रको घोषणा भयो जसलाई हामी लोकतन्त्र दिवसका रुपमा मनाउने गरेका छौं ।

लोकतन्त्रको लडाईमा नेतृत्वको प्रश्न बारे तपाईका धारणा के छन् ?
नेपाली समाजको वर्गसंघर्षको लामो इतिहास सँगै राणा, पंचायत र राजाका विरुद्धमा नेपाली राजनीतिको संघर्षको गाथा गर्व गर्न लायक छ । राणा शासन विरुद्ध नेपाली कांग्रेसले गरेको हतियारवद्ध क्रान्ति होस वा निरंकुश पंचायतका विरुद्ध तत्कालिन मालेले थालेको हतियारवद्ध वर्ग संघर्ष र पछिल्लो चरण माओवादीले थालेको जनयुद्ध सवै स्मरण गर्न लायक छन् । यी क्रान्तिकारी ईतिहासको चर्चा गर्दा नेपाली राजनीतिको सवल पक्ष स्वतः झल्किन्छ । नेपाली राजनीतिको क्रान्तिकारीता सतहमा देखा पर्दछ । नेपाली राजनीतिका सामु कुनै पनि निरंकुशता टिक्दैन भन्ने स्पष्ट सन्देश पनि ग्रहण गर्न सकिन्छ । नेपाली राजनीति, नेतृत्व र कार्यकर्ता सुभचिन्तक समर्थक र आम जनताको प्रवृत्ति मुलतः क्रान्तिकारी नै हो भन्ने नै निष्कर्ष निस्कन्छ । यसका वावजुद पनि जव हामी २००७ सालको राणा शासन अन्त र प्रजातन्त्र प्राप्तीको राजा त्रिभुवनको घोषणाको विश्लेषण गर्दछौ नेपाली राजनीति र नेतृत्वको गंभिर भुल पनि स्पष्टै देख्न सकिन्छ । जानेर वा नजानेर चाहेर वा नचाहेर २००७ साल फागुन ७ गते राजा त्रिभुवनले शाही संवोधन मार्फत संविधान सभा र गणतन्त्रको स्वीकारोक्तिको घोषणा गरेका थिए । सो सम्ंवोधनमा अवको शासन व्यवस्था निर्वाचित प्रतिनिधिले वनाएको संविधान वमोजिमको गणतन्त्रात्मक हुनेछ भनेका थिए । यो भनाईले संविधानसभा र गणतन्त्रको स्वीकारोक्ति त्यतिबेलै राजा त्रिभुवनले सार्वजनिक रुपमा शाही घोषणा मार्फत गरेका थिए । तर सो घोषणालाई पक्रन र तदनुकुलको कार्यान्वयन गर्न नेतृत्व चुकेको भन्न कुनै कठिनाई छैन । त्यस वखतको नेतृत्व चुकेका कारणले ७० वर्षको कठिन त्याग र वलिदानको मुल्य चुकाउन पर्ने भयो ।

लोकतन्त्र दिवस मनाइँदै गर्दा यसको उपलब्धीको समिक्षा कसरी गर्नु पर्ला ?
नेपाली जनताले लामो समयदेखि चलाएको सामाजिक रुपान्तरणको आन्दोलनसँगै २०५२ देखि चलेको जनयुद्धको मुख्य जग र २०६२÷०६३ को आन्दोलनको बलमा २०६३ साल वैशाख ११ गतेको राजाको घोषणाले विघटित संसदको पुनस्र्थापना त भयो तर संविधानसभा र गणतन्त्रको भने कुनै सुनिश्चितता भएको थिएन । तात्कालिन सात दल र माओवादीको संयुक्त संघर्षका कारणले सफल भएको २०६२÷०६३ को आन्दोलनको परिणाम संसदको पुनस्थापना र लोकतन्त्र प्राप्ती त्यस अघिको निरंकुशताका तुलनामा महत्वपुर्ण उपलव्धी थियो भने २०६३को अन्तरिम संविधान वमोजिम २०६५ जेष्ठ १५ गतेको संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणाका तुलनामा भने सो उपलव्धी कम नै थियो भन्न पर्ने हुन्छ । यसरी संयुक्त जनआन्दोलन अघिको परिघटनाका तुलनामा महत्वपुर्ण उपलव्धी र गणतन्त्र घोषणाका रुपमा कम आकलन गर्न मिल्ने वैशाख ११ को घोषणा र लोकतन्त्र दिवसको यो परिघटनालाई तत्कालिन सापेक्षतामा हेर्न र समिक्षा गर्न जरुरी छ । पंचायतको दलमाथिको प्रतिवन्ध सहितको निर्दलियता र पछिल्लो चरणको राजा ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध संचालन भएको संयुक्त जनआन्दोलनको परिणाम स्वरुप प्राप्त लोकतन्त्र अविष्मरणीय छ महत्वपुर्ण उपलव्धीका रुपमा लिन जरुरी छ । पछिल्लो संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणाका तुलनामा कम महत्वको भए पनि संविधान सभा र गणतन्त्रको घोषणाका लागि आधार तयार गर्ने काम गरेका हुनाले यो लोकतन्त्र दिवसको महत्व अझै वढी हुनेछ ।

यो दिवसको शिक्षा र सन्देश के हो जस्तो लाग्छ ?
लोकतन्त्र दिवसको सन्देश भनेको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नेपाली राजनीतिका श्रृखलावद्ध चरण र उपलव्धीका गाथाहरु हुन् । जहाँनिय राणा शासन, फासिष्ट पंचायती व्यवस्था र ज्ञानेन्द्रकाल नेपाली राजनीतिका अध्यारा पाटा हुन । नेपाली राजनीतिका यिनै अध्यारा पाटाहरुका विरुद्धमा थालिएका संघर्ष, युद्ध, क्रान्ति, त्याग र वलिदान नेपाली राजनीतिका विरतापुर्ण ईतिहास हुन यसै गरी विरतापुर्ण त्याग वलिदान र गौरव गाथाका परिणामस्वरुप प्राप्त उपलव्धी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नेपाली राजनीतिका अमुल्य पुजि हुन । यसै परिवेशमा लोकतन्त्र दिवसको शिक्षा ग्रहण गर्ने सन्दर्भको कुरा गर्दा एकतामा वल छ भन्ने कुराको पुष्टि गर्दछ । क्रान्तिकारी, परिवर्तनकामी र लोकतन्त्रका पक्षधर प्रगतिशिल शक्तिहरु मिल्दा असाध्य मानिएका र असंभव ठानिएका उपलव्धीहरु पनि प्राप्त भएका छन् भने अनेकतामा प्राप्त उपलव्धीहरु पनि गुमेका उदाहरणहरु छन् । २००७ सालमा प्राप्त प्रजातन्त्र क्रान्तिकारी र परिवर्तनकारी शक्तिको वेमेलका कारणले संस्थागत हुन त सकेन सकेन २०१७ सालमा गुम्न पुग्यो । २०२८ सालको झापा विद्रोह क्रान्तिकारी शक्तिहरुका विचको पनि एकताको अभावमा कोपिलामै सोको घाटी निमोठियो । २०४६ सालको आन्दोलनको उपलव्धीका रुपमा प्राप्त संविधान कमा फुलस्टप पनि नफेर्ने अडिडले गर्दा मृत्युवरण गर्न पुग्यो । यी सवै राजनैतिक घटनाक्रममा गणतन्त्र र राजतन्त्र विचको स्पष्ट विभाजन देख्न सकिन्छ तर गणतन्त्रवादीहरुको एकताका अभावमा २००७ सालदेखि २०६२।०६३ सम्मै गणतन्त्र घोषणा हुन सकेन । निकै कठिनपुर्वक अन्तरिम संविधानमा व्यवस्था भए वमोजिम संविधानसभाको पहिलो वैठकले गणतन्त्र घोषणा गर्न सफल भयो । यतिवेला आई पुग्दा परिवर्तनका पक्षधरहरु सवै गणतन्त्रको पक्षमा एकतावद्ध भैसकेको आभाष मिल्दथ्यो । त्यसैले एकतामा वल भन्ने नै यो लोकतन्त्र दिवसको निर्विवाद सन्देश हो ।

नेपालमा गणतन्त्र ल्याउन ढिला भएको भन्ने तर्र्कमा यहाँ के भन्नुहुन्छ ?
यस्ता केही तर्कहरु उठेका छन् । एकाथरिको तर्क छ नेपालका राजनीतिक दलहरु र नेतृत्वले सुझवुझ पु¥याइएको भए २००७ सालमा नै नेपालमा गणतन्त्र आईसक्थ्यो । नेतृत्वको कमजोरीका कारणले २००७ साल पछिको एक दशक अलमलमा वित्यो । त्यसपछि फौजी काण्ड घटयो र दलमाथिको प्रतिवन्ध लागू भयो । नेतृत्वले आँट गरेको भए फौजि काण्डका विरुद्ध माहौल खडा हुन सक्थ्यो । दुई तिहाईको कांग्रस नेतृत्वको अपदस्थ सरकार र स्वघोषित गणतन्त्रवादी कम्युनिष्टहरुका विचमा सममmदारी भएको भए राजा विरुद्धको आन्दोल संगठित गर्दै गणतन्त्र घोषणा संभव थियो । २०४६को जनआन्दोलन पनि चानेचुने थिएन । गणतन्त्रवादीहरु हावी भैकन पनि संवैधानिक राजतन्त्रात्मक संविधान वनाइयो । २०६२।०६३को संयुक्त आन्दोलनमा पनि संसद पुनस्थापनामा गएर आन्दोलन टुगियो । जवकि त्यही आन्दोलनको वलमा गणतन्त्र घोषणा गर्न सम्भव थियो भन्ने तर्क पनि गरिन्छ जुन तर्कमा दम छ ।

२०६३ वैशाख ११ मा घोषणा भएको गणतन्त्रको संस्मरण कसरी गर्ने जनताले ?
२०६३ वैशाख ११ निरंकुशता ढलेको दिन वा निरंकुशता जनआन्दोलनकारीका सामु झुकेको दिनका अर्थमा लिन सकिन्छ । त्यसै वखत गणतन्त्र किन घोषणा गर्न सकिएन वा गरिएन भन्ने र त्यतिनै वेला गणतन्त्र घोषणा गरेको भए ठूलो रक्तपात हुन्थ्यो वा गणतन्त्र जोगाउन सकिनेथिएन भन्ने पनि तर्क गर्न सकिएला । आखिर तर्कहरुको अन्त हँुदैन । तर्कहरु तथ्यले पुष्टि गरेका दिन ज्ञान र ज्ञानका स्रोतहरु प्नि बदलिनेछन् । वाँकी काम भविश्यलाई छडिदिउ । वैशाख ११ नेपालको इतिहासमा लोकतन्त्रको प्राप्तीको दिन हो । यो दिन प्रजातन्त्र वा गणतन्त्र प्राप्तीको दिन हैन तापनि सोको सेतुको काम गर्ने दिन हो । यसै अर्थमा लोकतन्त्र दिवसलाई निष्ठाका साथ स्मरण गर्न जरुरी छ ।

वि.सं.२०७६ वैशाख ११ बुधवार ०७:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD