Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरियाबाट घर फर्किन टिकट लिइसकेका नेपाली युवाद्धारा आत्महत्या

संसार न्यूज़
९ महिना पहिले
कोरियाबाट घर फर्किन टिकट लिइसकेका नेपाली युवाद्धारा आत्महत्या

कोरियामा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् । रोजगारीका लागि इपियस अन्तर्गत कोरिया पुगेका नवलपुर केउरेनीका मौशम शर्माले झुण्डिएर आत्महत्या गरेका हुन् ।

कोरियाको ह्वासँग फारन नजिकै एक कम्पनीमा कार्यरत २९ वर्षीय शर्माले १० बैशाख (अप्रिल २३) को राति आफू कार्यरत कम्पनी नजिकको डाँडामा पुगेर रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

राति १० बजे कोठाबाट बाहिरीएका उनी अबेरसम्म नफर्केपछि साथीहरु खोज्न गएका थिए । उनी कतैपनि नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनले फोन स्वीचअप गरेको अन्तिम लोकेसनको आधारमा खोज्दै जाँदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

४ वर्ष अघि कोरिया पुगेका शर्मा नवलपुर सम्पर्क समिति कोरियाका सदस्य समेत रहेका थिए । परिवारका एक्ला छोरा उनी मई १० का दिन नेपाल फर्कने तयारीमा रहेको नवलपुर सम्पर्क समितिका अध्यक्ष हेम पाठकले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘घर जानका लागि १० गतेको टिकट लिएका थिए । समितिले सम्मान गर्ने कार्यक्रम समेत आयोजना गरेको थियो । तर, उनले घर जानका लागि सपिङ गर्नुछ फेरि बस्ने गरी आउँछु दाइ तपाईसँग, हामी श्रमिक नै त हौं, किन सम्मान दिनु र लिनु पर्यो र भनेका थिए,’ अध्यक्ष पाठकले भने, ‘आन्द्रामा घाउ भएको भनेका थिए, नर्मल हो केही हुँदैन नडराउ मलाई पनि त्यस्ता धेरै समस्या छन्, काम गरिरहेको छु भनेर सान्त्वना पनि दिएको थिए तर, त्यस्तो गरेछन् ।’

सोहि कम्पनीमा सँगै काम गर्ने साथीले शर्मामा केही समयदेखि डिप्रेशनको लक्षण देखिएको बताएको पनि पाठकले संसारन्युजलाई जानकारी दिए ।

पाठकका अनुसार कामको तनाव, जाडोको मौसममा रक्सी खाएर अचेत अवस्थामा रहने, पैसा पठाउन भन्दै गरिने घर परिवारको दवाव लगायत समस्याले पनि धेरै नेपाली युवाहरुले कोरियामा ज्यान गुमाउनु परेको छ ।

अहिले शर्माको शव कोरियाको सिओल नजिक फारनको छुवान अस्पतालमा राखिएको छ । प्रहरीले अनुसन्धान गरिरहेकोले सोमबारबाट मात्रै शव पठाउने प्रक्रिया सुरु हुने पनि पाठकले बताएका छन् ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ९ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…