back

काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

वि.सं.२०७६ वैशाख २५ बुधवार

114 

shares
NTC AD
Global IME AD

२५ वैशाख, काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ ।

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी रोड सो कार्यक्रम गरिएको हो । बुद्धको प्रतिमा र मायादेवी मन्दिरको ठूलो आकृतिलाई गाडीमा सजाएर प्रदर्शन गरिएको थियो ।

प्रदेश नं ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजना तथा सिद्धार्थ होटल एशोसिएशन, नेपाल सान को नेतृत्वको टोलीले देशैभर सडक प्रदर्शनी अभियान शुरु गरेको छ । आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान शुरु गरिएको रोड सो कार्यक्रमका संयोजक रवीन्द्र शर्मा घिमिरेले जानकारी दिए ।

लुम्बिनीको भैरहवाबाट शुरु गरिएको अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौँ आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ । दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि भएको कार्यक्रममा सांसद, पूर्वमन्त्री तथा काठमाडौँका पर्यटन व्यवसायी र लुम्बिनीबाट आएका व्यवसायीसहितको टोलीले लुम्बिनी भ्रमण गई अभियानलाई सफल पार्न आग्रह गरे ।

सो अवसरमा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले लुम्बिनीबाट बुद्धको सन्देश बोकेर काठमाडौँ आएको टोलीलाई स्वागत गर्दै राष्ट्रिय अभियानलाई सफल पार्न सबैको साथ चाहिने खाचो औँल्याए । उनले लुम्बिनी प्रवद्र्धनको विषय केवल लुम्बिनीवासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो र सरोकारको विषय भएको उल्लेख गर्दै अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अभियान २०२० लाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण वर्षको आयोजना गरिनु नेपाल भ्रमण वर्षलाई सफल बनाउने एक महत्वपूर्ण आधार भएको र यसलाई राष्ट्रिय अभियानका रुपमा सफल पार्नु सबैको दायित्व भएकाले सफल पार्न केन्द्र सरकार र सांसदलगायतको पूर्ण साथ सहयोग रहने बताए ।

प्रदेश नं ५ का प्रदेशसभा सांसद विष्णु पन्थीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन लुम्बिनीमा धेरै सङ्ख्यामा पर्यटक भित्र्याउने लक्ष्यका साथ अभियान चलाइएको बताए । पूर्वमन्त्री दीपक बोहोराले लुम्बिनी भ्रमणलाई सफल बनाउन व्यवसायीको सक्रियतामा चलाइएको अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।

अभियानको दोस्रो चरणको कार्यक्रम नारायणघाट, हेटौँडा, वीरगञ्ज, जनकपुर, इटहरी हुँदै पूर्वमेचीसम्म लुम्बिनी भ्रमण वर्षको प्रचारार्थ सडक प्रदर्शनी हुनेछ भने तेस्रो चरणमा दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा गरिनेछ । त्यस्तै, चौथो चरणमा भारतको कुशिनगर, वनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समितिले जनाएको छ ।

वि.सं.२०७६ वैशाख २५ बुधवार १४:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा...

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि...

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

फिक्कल (इलाम) । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको...