Sansar News- Nepal's Fast Khabar Online News Portal

रु पन्ध्र करोडको भारतीय गुट्खा भित्रियो

संसार न्यूज़
४ वर्ष पहिले
रु पन्ध्र करोडको भारतीय गुट्खा भित्रियो

२१ साउन, पर्सा । वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ । खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् ।

वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अन्य ब्राण्डका गुट्खा आयात हुने गरेको नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लालबहादुर वरै बताउनुहुन्छ । वीरगन्जमा दैनिक रजनीगन्ध तुल्सी ५० किलो, राजनिवास एकसय किलो र अन्य गुट्खा करिब ५० किलोको परिमाणमा खपत हुने गरेको पाइएको छ ।

वीरगन्जमा गत आवमा राजस्व तिरेर रु ४३ हजार ४९ मूल्यको २० किलो भारतीय गुट्खा आयातकर्ताले भ्यिाएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले बताउनुभयो । अघिल्लो आवमा भारतीय गुट्खाबाट रु २८ हजार राजस्व सङ्कलन भएको थियो । भारतबाट एक किलो गुट्खा आयात गर्दा रु ३७५ अन्तःशुल्क, ३० प्रतिशत भन्सार महसुुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी कुल रु एक हजार ४३३ राजस्व बुझाउनुपर्ने भन्सार कार्यालयले जनाएको छ ।

गत आवमा वीरगन्जबाट प्रहरीले रु एक करोड ७५ लाख मूल्यको अवैध भारतीय गुट्खा बरामद गरेको थियो । गत आवमा पानमण्डीबाट रु ७० लाख, रजतययन्ती र कुम्हाल टोलबाट रु ५५ लाख र आदर्शनगरबाट रु ५० लाख बराबरको भारतीय गुट्खा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…