back

हिमाल दोलखा हाइड्रोपावरले १६ लाख कित्ता सेयर निष्कासन गर्दै

वि.सं.२०७६ जेठ ६ सोमवार

138 

shares
NTC AD
Global IME AD

६ जेठ, काठमाण्डौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । कम्पनीले १६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने लागेको हो ।

कम्पनीले माइखोला ४Þ.५ र माइ साना क्यासेड ८ मेगावाट परीयोजनाबाट ब्यवसायिक उत्पादन सुरु गरी सकेको छ ।

कम्पनीको जारी पूँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण समुहतर्फको १० प्रतिशत अर्थात १६ करोड रुपैयाँ प्रभावित क्षेत्रका बासिन्दाबाट उठाउने छ भने बाँकी ३८.७५ प्रतिशत अर्थात ६२ करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने योजना बनाएको छ ।

दुई आयोजनाको जम्मा लागत दुई अर्ब १४ करोड रुपैयाँ छ। जसमा शेयर पूँजीबाट एक अर्ब ६० करोड रुपैयाँ जुटाइनेछ। आयोजनाको जम्मा लागतको ७४.४२ प्रतिशत शेयर पूँजीबाट कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहने देखिन्छ । कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले इलाम जिल्लामा रहेका ७ वटा बैंक, आयोजनाको निर्माण स्थलका साथै नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।

प्रभावितले जेठ २८ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार १३ गतेसम्म निष्काशन हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गरे पछि सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

 

वि.सं.२०७६ जेठ ६ सोमवार १४:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...