Sansar News

पुछारसिटमा सयौँ पुतली माथि चर्चा

संसार न्यूज़
३ महिना पहिले
पुछारसिटमा सयौँ पुतली माथि चर्चा

११ जेठ, पोखरा । साहित्यकार उमा सुवेदीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘सयौँ पुतली’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

पुछारसिटे अभियानले एक कार्यक्रमबिच पुस्तकको परिचर्चा गरेको हो ।

पुस्तकमाथि आफ्नो समीक्षकीय मन्तव्य प्रस्तुत गर्दै अल्पज्ञानीले कथा सङ्ग्रहभित्र समावेश गरिएका कथाहरूले नारी संवेदना र समाज मनोविज्ञानलाई मिहिन तरिकाले सरल भाषामा प्रस्तुत गरेको उल्लेख गरे । नारीहरूको यौन मनोविज्ञानलाई सङ्ग्रहभित्रका कथाले नयाँ आयाममा उद्घाटन गरेको बताउँदै उनले सबै वर्गका लागि सुबोध्य कथा लेखन प्रशंसनीय रहेको समेत जनाए ।

सो क्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नारी लेखकहरूले पछिल्लो समयमा पुरुष लेखकसरह हस्तक्षेपकारी उपस्थिति देखाएको बताए । नारी लेखकले समाजका विविध पक्षमाथि कलम चलाउँदा समाजका विविध पाटाको गहन पक्षलाई उजागर गरेको र नारीहरूले लेख्दैमा नारीवादी मात्र सोच्नु साँघुरो सोच भएको समेत टिप्पणी गरे । नारी लेखकहरूले निरन्तर साहित्यका विविध विधामा दह्रो उपस्थिति जनाउनु साहित्यको विकासका लागि सुखद् रहेको जनाए ।

स्रष्टा उमा सुवेदीले लेखकीय मन्तव्य व्यक्त गर्दै कथा सङ्ग्रहभित्र समाजका विविध विषयलाई उठाएको बताउँदै पाठकमार्फत कथाभित्रका कमीकमजोरीको अपेक्ष गरेको बताइन् । उनले कथा लेखनका आन्तरिक आयाम र घटनाक्रमका बारेमा जानकारी दिइन् ।

कार्यक्रममा मन्तव्य राख्दै आव्हान समूहकी सदस्य एवम् साहित्यकार कुमारी लामाले उमा सुवेदीको लेखनले नेपाली साहित्यमा विशेष योगदान दिएको उल्लेख गर्दै एउटै विषयमा भन्दा विविध विषयमा बुनिएका कथाहरू निकै ओजिलो बनेर सङ्ग्रहमा समाविष्ट हुनु गर्वको कुरा रहेको बताइन् ।

कार्यक्रममा स्रष्टाको परिचय प्रस्तुत गर्दै साहित्यकार दीपक समीपले उमाको साहित्य लेखनका विविध आयाम र वैयक्तिक जीवनका विविध पाटाबारे जानकारी दिए । अभियानका संयोजक सञ्जीव पौडेलले नारी संवेदनाका गहन विषय समेटेर कथा लेखन यस रूपमा आउनु साहित्यको आकाशमा नवीन प्राप्ति भएको बताउँदै पुछारसिटे अभियानले फरक विचार र आयामका गतिविधिलाई विशेष महत्वका साथ उठाउँदै आएको समेत जानकारी दिए ।

सो क्रममा उपस्थित दर्शक एवम् पाठक र लेखकका बिच अन्तक्र्रिया समेत गरिएको थियो । अभियानका अभियन्ता मोहन भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सञ्चालन वसन्त विनोदले गरेका थिए ।

सर्बाधिक पढिएको

सबैले पढ्नै पर्ने पुस्तक ल्याए डा. प्रमोद ढकालले

सबैले पढ्नै पर्ने पुस्तक ल्याए डा. प्रमोद ढकालले ४ हप्ता पहिले | संसार न्यूज़

सामाजिक अभियन्ता डा प्रमोद ढकालले सबैले पढ्नै पर्ने पुस्तक ‘पूर्वीय…

ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम ११ महिना पहिले | संसार न्यूज़

‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको…

बाबुरामको ‘कृषि उद्यम’ : संग्रहणिय दस्तावेज

बाबुरामको ‘कृषि उद्यम’ : संग्रहणिय दस्तावेज ६ महिना पहिले | संसार न्यूज़

‘कृषि नपढेको मुन्छेले लेख्ने पुस्तकको हैसियत कस्तो होला ?’ एकजना…

अमेरिकाबाट ‘तमसुक’ लिएर आए पदम विश्वकर्मा

अमेरिकाबाट ‘तमसुक’ लिएर आए पदम विश्वकर्मा ३ महिना पहिले | संसार न्यूज़

३ जेठ, काठमाण्डौं । अमेरिकामा रहेका साहित्यकार पदम विश्वकर्माको ‘तमसुक’…

प्रधानमन्त्रीद्धारा साहित्यकार थापाको ‘मरीचिका’ बिमोचन

प्रधानमन्त्रीद्धारा साहित्यकार थापाको ‘मरीचिका’ बिमोचन ४ महिना पहिले | संसार न्यूज़

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा…

‘कृषिको समाजवादी रुपान्तरण” बारेको प्रमेश पोखरेलको पुस्तक बजारमा

‘कृषिको समाजवादी रुपान्तरण” बारेको प्रमेश पोखरेलको पुस्तक बजारमा २ महिना पहिले | संसार न्यूज़

पुस्तकले हाम्रो देशका नीति देशलाई परनिर्भर बनाउन केन्द्रित रहेको तथा…