Sansar News

खड्काको पुस्तक दश वर्षे द्वन्द्वको क्रान्तिकारी भोगाइ – प्रचण्ड

संसार न्यूज़
३ महिना पहिले
खड्काको पुस्तक दश वर्षे द्वन्द्वको क्रान्तिकारी भोगाइ – प्रचण्ड


१४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगिता खड्काद्वारा लिखित पुस्तक जनयुद्धको साक्षी भएको बताएका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ को सार्वजनिकीकरण एवम् अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै  ‘युद्धका ती दिन, एक पत्रकारको भोगाइ’ जनयुद्धको साक्षी भएको बताएका हुन् । उनले भने ‘पुस्तक वास्तवमा एक पत्रकारको मात्र भोगाइ नभएर दश वर्षे द्वन्द्वको क्रान्तिकारी भोगाइ हो ।’

माओवादी जनयुद्धले मुलुकको सबैभन्दा पछि परेका वर्ग, जाति, क्षेत्र र समुदायमा राजनीतिक जागरण ल्याउन ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष दाहालले व्यवस्था परिवर्तनका लागि जनयुद्धले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको विषय एमाले–माओवादी केन्द्र एकता गर्दा लिपिबद्ध गरिएको प्रस्ट पारे ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न नेपाली समाजले, नेपाली जनताका छोराछोरीले के कस्ता त्याग र तपस्या गर्नुप¥यो, कस्तो भोगाइहरु भोग्नुप¥र्याे भन्ने बारेमा जीवन्त रुपमा लेखकले उतारेको बताए ।

उनले पुस्तकमा कतै पनि काल्पनिकता नभेटेको बताउँदै पुस्तक पढ्ने जोकोही पाठकलाई त्यतिबेलाका भोगाइहरु, संघर्षका अनुभवहरुलाई प्रत्यक्ष आफू सहभागि भए झैँ गरी अनुभूति गर्ने धारणा राखे ।

नेपाली जनताले नेपालको इतिहासमै सबैभन्दा ठूलो बलिदान कसरी गरेको थियो भन्नेकुराका बारेमा अझै आधकारिक र प्रमाणिक रुपमा आउनु पर्ने जति कुरा बाहिर नआइसकेको भन्दै अब त्यो आउने प्रक्रिया सुरु भएको बताए ।

उनले सो अवसरमा प्रेसमाथि कुनै प्रकारको अङ्कुश लगाउने मनसाय राखेर मिडिया काउसिन्सल विधेयक नआएको प्रस्ट पार्दै विधेयक पारित हुने अवस्थामा परिमार्जन हुने विश्वास दिलाए ।

सो अवसरमा सांसद अमृता थापा मगरले जनयुद्धको अनुभूति, विभिन्न पाटो र पक्षलाई संस्थागत गर्न ढिलाइ गर्न नहुनेमा जोड दिँदै सङ्घर्षका क्रममा जनताले गरेको त्यागलाई लिपिबद्ध गर्न बौद्धिक वर्ग पनि अगाडि सर्नुपर्ने बताइन् । प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले सशस्त्र द्वन्द्वका समयमा पत्रकारले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षबाट चुनौती व्यहोर्नु परेको घटनाको स्मरण गरेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जनपक्षीय पत्रकारिता गर्दा भोग्नु परेको साझा भोगाइका रुपमा पुस्तक सार्वजनिक भएको बताए । सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा निरन्तर अविचलित भएर लागिरहने उदाहरणीय महिला पत्रकार भएको बताइन् ।

पुस्तकका लेखक खड्काले युद्धका ती दिनमा भोगेका पीडालाई पुस्तकमा उतारेको बताइन् । उनले शहीदका बलिदानलाई सबैले भुल्दै गएकामा चिन्ता व्यक्त गर्दै परिवर्तनका पक्षधरका योगदानलाई सबै पुस्तामाझ जानकारी गराउन पुस्तक लेखिएको बताएकी थिइन् ।

पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशनले बजारमा ल्याएको हो । सो पुस्तकको मूल्य रु ३८४ रहेको छ ।

सर्बाधिक पढिएको

सबैले पढ्नै पर्ने पुस्तक ल्याए डा. प्रमोद ढकालले

सबैले पढ्नै पर्ने पुस्तक ल्याए डा. प्रमोद ढकालले ४ हप्ता पहिले | संसार न्यूज़

सामाजिक अभियन्ता डा प्रमोद ढकालले सबैले पढ्नै पर्ने पुस्तक ‘पूर्वीय…

ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम ११ महिना पहिले | संसार न्यूज़

‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको…

अमेरिकाबाट ‘तमसुक’ लिएर आए पदम विश्वकर्मा

अमेरिकाबाट ‘तमसुक’ लिएर आए पदम विश्वकर्मा ३ महिना पहिले | संसार न्यूज़

३ जेठ, काठमाण्डौं । अमेरिकामा रहेका साहित्यकार पदम विश्वकर्माको ‘तमसुक’…

बाबुरामको ‘कृषि उद्यम’ : संग्रहणिय दस्तावेज

बाबुरामको ‘कृषि उद्यम’ : संग्रहणिय दस्तावेज ६ महिना पहिले | संसार न्यूज़

‘कृषि नपढेको मुन्छेले लेख्ने पुस्तकको हैसियत कस्तो होला ?’ एकजना…

प्रधानमन्त्रीद्धारा साहित्यकार थापाको ‘मरीचिका’ बिमोचन

प्रधानमन्त्रीद्धारा साहित्यकार थापाको ‘मरीचिका’ बिमोचन ४ महिना पहिले | संसार न्यूज़

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा…

‘कृषिको समाजवादी रुपान्तरण” बारेको प्रमेश पोखरेलको पुस्तक बजारमा

‘कृषिको समाजवादी रुपान्तरण” बारेको प्रमेश पोखरेलको पुस्तक बजारमा २ महिना पहिले | संसार न्यूज़

पुस्तकले हाम्रो देशका नीति देशलाई परनिर्भर बनाउन केन्द्रित रहेको तथा…