back

पोल्याण्डमा कपाल खौरेर ब्रत वस्दै पानी अभियन्ता पार्दे

वि.सं.२०७६ जेठ १९ आइतवार

408 

shares
NTC AD
Global IME AD


हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस् राज्यले नागरिकहरुलाई पानी निशुल्क दिनुपर्छ भनेर बिगत लामो समय देखि संघर्ष गरिरहेका पानी अभियानकर्ता मित्र लाल पार्दे आज पानी अभियानको नाममा पोल्यान्ड वारसवामा व्रत बस्ने भएका छन् ।

हरेक राज्यले नागरिकलाई पानी दिन सकेन भने त्यो राज्य राज्य होइन र यो पृथ्वीमा कोहि पनि पानीको कारणले बिदेशिनु नपरोस् भनेर दोश्रो पटक एक दिने व्रत बस्न लागेको उनले बताए ।

पानी अभियान र पानी नपाएका आत्माहरुको नाममा उनले व्रत बस्नु भन्दा अघि कपाल पनि खौरिसकेका छन् ।

‘देखिने पानी नपाउदाँसम्म नदेखिने भगवानको नाममा व्रत बस्नै सक्दैन । पानी नहुँदासम्म कपालमा जुम्रा परिरहनेछ, पानी नारा सफल नहुदाँसम्म म चिल्लाइरहनेछु मेरो कपालमा मेरो शरीरमै जुम्रा परिरहनेछ जुम्रा र खटिरा परेको शरीरले कसरी भगवानको नाम पुकारु ? भोलिको अनशन नभनौ’ भन्ने आग्रहका साथ स्वैच्छिक व्रतका लागि कपाल खौरेको उनले बताए ।

जुन दिन सम्म सरकारले हरेक घरमा पानी निशुल्क व्यवस्था गर्दैन त्यो दिन सम्म प्रत्येक वर्ष एक दिन भए पनि पानी नपाएर तड्पिएका आत्माहरुको सम्झनामा बिहान देखि साझ ५ बजे सम्म व्रत बस्ने योजना अनुरुप यो बर्ष वारसवाको Łazienki Park, 01-999 Warszawa पार्कमा आज आइतबार बस्न लागेको जानकारी गराएका छन् ।

स्मरण रहोस् पहिलो व्रत फ्रान्कफर्ट जर्मनीमा भएको थियो । उक्त ब्रतमा सहभागी कमलेश अधिकारी र केशब ज्ञवाली थिए । पानी अभियान स्वस्फूर्त अभियान भएकोले कसैलाई निमन्त्रणा गरृर नबोलाउने उनको भनाइ छ । ‘पानी अभियान स्वैच्छिक अभियान हो । पानी अभियान कुनै करकाप जबर्जस्ति अभियान होइन । यो अभियान अन्तरआत्माको अभियान हो त्यसैले अभियान आफै बगोस स्वस्फूर्त बगोस यहि हो मेरो चाहना । यद्यपि पानी अभियानमा स्वैच्छिक एवं इच्छुक व्यक्तिहरु पार्कमा समावेश हुन सक्नुहुनेछ । ’अभियन्ता पार्दैको सबैसँग आग्रह रहेको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार १२:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...