Sansar News- Nepal's Fast Khabar Online News Portal

कृषि क्रान्ति नभई समाजवाद आउँदैन

एकलाल श्रेष्ठ
५ महिना पहिले
कृषि क्रान्ति नभई समाजवाद आउँदैन

 

साना साना सामान्ती गणराज्यवाट एकात्मक सामान्ती राज्यको स्थापनासंँगै निरंकुश र शक्तिसाली बन्दै गएको नेपालको सामान्ती निरंकुश राजतन्त्रको पूर्ण रुपले पतन भएको ११ वर्ष पूरा भएको छ । यसको सँगै राजतन्त्रसँग जोडिएका एकात्मक राज्य, संघात्मक राज्यमा हिन्दु धर्म सापेक्ष राज्य धर्म निरपक्षमा र दरवार वरिपरिका ठूला जात तथा वर्गले मात्र पहुँच राख्ने राज्यको नीति निर्माण तहमा समाजका सवै जातजातीवाट समावेश गरिने समावेशी राज्य व्यवस्थामा मुलुक परिर्वतन भएको छ । उपलब्धिको दृष्टीले यो नेपालको अहिलेसम्मकै सवैभन्दा महत्वपूर्ण परिर्वतन हो ।
झण्डै ६ दशक लामो नेपाली प्रजातान्त्रिक आन्दोलनको विभिन्न उत्तारचढावसंगै पटक पटक भएका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरुको संयूक्त जनआन्दोलन नै यो महत्वपूर्ण उपलब्धिको मुख्य श्रोत हो । २०३५÷०३६ को तिन विद्यार्थी संगठनको संयुक्त आन्दोलनले पञ्चायतलाई धरासायी बनायो । राजतन्त्रले आफ्नो साख जोगाउन निरंकुश पञ्चायती व्यवस्थामाथि नै प्रश्न चिन्ह राख्दै जनमत संग्रहमा जान वाध्य भयो । २०४६÷०४७ को बाममोर्चा र नेपाली काँग्रेस विचको संयुक्त जनआन्दोलनले पञ्चायतलाई अन्त गर्दै राजालाई संवैधानीक बनाउदै संसदीय बहुदलिय प्रजातान्त्रीक व्यवस्थाको स्थापना ग¥यो । तर यसले पनि स्वास्थ्य, शिक्षा, रोजगार, गाँस, बास, कपास जस्ता जनताका आधारभूत कुराहरुलाई पूरा गर्न सकेन । सामान्ती उत्पादन प्रणाली, सामान्ती सामाजिक भेदभाव, शोषण, दमन र कुरितीहरुमा कुनै परिवर्तन ल्याउन सकेन विकासको क्षेत्रमा हुने ढिलासुस्ती, अनियमितता र भष्ट्राचार जस्ताको त्यस्तै रहयो ।

राजनैतिक परिर्वतनपछि जनताले अपेक्षा गरेको आर्थिक, सामाजिक परिवर्तन हुन नसक्दा आर्थिक, सामाजिक, साँस्कृतिक परिवर्तन सहित नयाँ जनवादी गणतन्त्रको स्थापना गर्ने महान उद्देश्यका साथ वामपन्थीहरुको नेतृत्वमा सवै प्रगतिशिल प्रजातान्त्रिक शक्तिहरु एक भएर पुनः संयुक्त जनआन्दोलनमा जान आवश्यक थियो । तर मुलक त्यसतर्फ जान सकेन व्यापक जनताको असन्तुष्टीको परिणाम एकातर्फ तत्काल नेकपा माओवादीको नेतृत्वले ४० बुद्धे माग सहित शसस्त्र जनयुद्धको घोषणा ग¥यो । जुन जनयुद्धको परिणाम झण्डै १७ हजार नेपालीले वलिदान दिए । ठूलो संख्यामा वेपत्ता पारियो । कयौं अपाङ्ग भए । झण्डै ८० प्रतिशत भू –भागमा माओवादीको कब्जा रहेको अनुमान गर्न थालियो । ठाँउठाँउमा जनसरकार घोषणा भए । कम्यूनहरु बने । त्यसले नेपालको राजनैतिक शक्ति सन्तुलनमा नै ठूलो फेर बदल ल्यायो । तर पनि शसस्त्र जनयुद्धले पुर्ण सफलता पाउन सक्ने अवस्था रहेन भने अर्कोतर्फ दरबार हत्याकाण्ड पछि राजाले आफ्नो गुमेको अधिकारलाई पुनः स्थापना गर्ने कु–चेष्टा गर्न थाले । परिमाण स्वरुप संसदमा रहेको ७ घटक र जनयुद्धरत माओवादी विच १२ बुँदे सहमति बन्यो र देशको त्रिपक्षीय अन्तर विरोधले एउटा निर्णायक मोड लियो । त्यसपछि फेरी वामपन्थी र प्रजातन्त्रवादी विचको एकतामा उठेको संयुक्त जनआन्दोलनले नै नेपालको सन्र्दभमा राजासँग रहेका सम्पूर्ण अधिकार खोसेर अत्यन्तै महत्वपूर्ण राजनैतिक परिर्वतन सहित गणतन्त्रको जग बसालेको हो । त्यही जगवाट सार्बभौम सत्ता सम्पन्न नेपाली जनताद्वारा निर्वाचित सांसदको समेत जिम्मेवारी रहेको सविधान सभाले २०६५ साल जेष्ठ १५ गते २४० वर्षको एकात्मक सामान्ती राजतन्त्रको अन्त गरेको हो ।

 

त्यतिमात्र हैन नेपालको संविधानमा पनि स्पष्टसँग भूमिसुधारको कुरा उठाईएको छ र पनि आज भूमिसुधारको मूल मुद्दा नै सरकार दल र यो देशका नेताहरुको दिमागमा पस्न सकेको अवस्था छैन । यो पूर्ण रुपले ओझेलमा छ । नेपालका दुई तिहाई किसानको मुद्दालाई ओझेलमा पारेर सरकारले ल्याएको समृद्दिको नारा प्रति नै विस्तारै अविश्वास बढदै गएको अवस्था छ । आजको सन्दर्भमा मुलुकको समस्या भन्नु नै नेपाली जनताको गरिवीको समस्या हो । किसान मजदुर वर्गको समस्या हो ।

गणतन्त्रको स्थापनापछि कसैले अव नेपाली जनता पूर्णरुपले स्वतन्त्र भई सकेको जनवादी क्रान्ति पूरा भएको चर्चा गरिरहेका छन् । कसैले जनवादी क्रान्ती राजनीतिक रुपले पूरा भएपनि आर्थिक, सामाजिक रुपले पूरा हुन नसकेको चर्चा गर्छन् । तर कसैले चै अझैपनि जनवादी क्रान्तिका लागि पुनः एकचोटी शसक्त क्रान्तिको आवश्यक भएको चर्चा गर्न नछाडेको अवस्था छ । त्यसैले नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेर पनि क्रान्ति र उपलब्धिको बारेमा फरक–फरक धारणा आउनुले सामन्तवाद, साम्राज्यवाद विरुद्धको हाम्रो जनवादी लडाई अहिले कहाँ र कुन अवस्थामा छ यसलाई आज चर्चा र वहसको विषय वनाउन आवस्यक छ । वास्तवमा जनवादी क्रान्ति भनेको सामन्तवाद र साम्राज्यवादलाई समूलनस्ट गरेर स्थापना हुने नयाँ पूँजिवादी जनवादी क्रान्ति हो । यसले व्यक्ति विषेश वा थोरै मानिसले शासन गर्ने राजनैतिक प्रणालीलाई बहुमत जनताद्वारा शासन गर्ने राजनैतिक प्रणालीमा ।

उपभोगको लागि उत्पादन गर्ने जमिनमा आधारित परम्परागत उत्पादन प्रणालीलाई विक्रीको लागि उत्पादन गरिने आधुनिक पँजिवादी उत्पादन प्रणालीमा र जातिय, लिङ्गीय भेदभाव, कुरिती, शोषण, दमन जस्ता समाजका विभेदपूर्ण सामाजिक, साँस्कृतिक प्रणालीवाट भेदभाव रहित सु्शासन सहितको समानतामूलक सभ्य समाजको स्थापना हुनु हो । जुन जनवादी राज्य व्यवस्थाले मात्र समुदायमा आधारित भएर प्रचुर मात्रामा पुँजिको विकास गर्दै समाजवादको पृष्ठभूमी तयार गर्न सक्छ । यसको लागि प्रगतिशिल भूमिसुधार सहितको कृषि आधुनिकीकरण आजको पहिलो शर्त हो । कृषि क्रान्ति विना कृषकको क्रयशक्तिको विकास हुन सक्दैन । राष्ट्रिय कच्चा पदार्थमा आधारित भएर मूलूक औधोगिकरणको बाटोमा लाग्न सक्दैन र दैनिक आयत हुने उपभोग्य वस्तुलाई विस्थापित गर्दै मूलूक आत्मनिर्भरको बाटोमा अग्रसर हुन सक्दैन र कृषि क्रान्ति विना समाजवादमा जाने आधार तयार हुन सक्दैन । त्यसैले सारमा आजको सन्र्दभमा जनवादी क्रान्ति भनेकै मुलुकको दुई तिहाई किसान वर्गको हितमा हुने कृषि क्रान्ति नै हो ।

आज नेपालमा कम्यूनिष्ट पार्टिको मात्रै झण्डै दुईतिहाई बहुमतको सरकार छ । विगतमा पनि पटक–पटक सरकार चलाएको यो पार्टीले तत्काल नेकपा एमाले र नेकपा माओवादी दुवैले उच्चस्तरीय भूमिसुधार आयोग समेत बनाएका थिए र आफ्नो संयुक्त चुनावी घोषणा पत्रमा मुलुकमा वैज्ञानिक भूमिसुधार लागु गरी भूमि सम्वन्धि सवै समस्या समाधान गर्ने उल्लेख गरेका थिए । त्यतिमात्र हैन नेपालको संविधानमा पनि स्पष्टसँग भूमिसुधारको कुरा उठाईएको छ र पनि आज भूमिसुधारको मूल मुद्दा नै सरकार दल र यो देशका नेताहरुको दिमागमा पस्न सकेको अवस्था छैन । यो पूर्ण रुपले ओझेलमा छ । नेपालका दुई तिहाई किसानको मुद्दालाई ओझेलमा पारेर सरकारले ल्याएको समृद्दिको नारा प्रति नै विस्तारै अविश्वास बढदै गएको अवस्था छ । आजको सन्दर्भमा मुलुकको समस्या भन्नु नै नेपाली जनताको गरिवीको समस्या हो । किसान मजदुर वर्गको समस्या हो ।

त्यसैले जवसम्म वैज्ञानिक भूमिसुधार लागु गरेर किसान मजदुरको समस्या समाधान गर्न सकिदैन तवसम्म मुलुकको समस्या समाधान हुन सक्दैन । मुलुकले दिगो शान्ति सहित स्थिरता पाउन सक्दैन र नेपाली जनताको वलिदानीपूर्ण सर्घषवाट प्राप्त आजको गणतन्त्रलाई अझै सवल, सक्षम र समृद्ध वदाउदै समाजवादतर्फ लाग्ने नेपाली जनताको चाहाना पुरा हुन सक्दैन । आज त्यसतर्फ सरकार, राजनैतिक दलहरु र आम परिवर्तनकारी शक्तिहरुको ध्यान जान आवश्यक छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…