२३ जेठ, रसुवा । रसुवागढी नाकाबाट मे महीनामा छ हजार पाँचसय ६७ पर्यटक नेपाल प्रवेश गरेका छन् । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार उक्त महीनामा छ हजार ५६७ पर्यटकले रसुवागढीको नाका प्रयोग गरी नेपाल चीन ओहोरदोहोर गरेको जानकारी दिए ।
ओहोरदोहोर गर्ने ती पर्यटकमध्ये विभिन्न देशका दुई हजार ३४० महिला रहेका थिए । यसैगरी मानसरोवर यात्राको लागि प्रवेशाज्ञा प्रणालीबाट ४३९ नेपाली र एक हजार १२८ जना भारतीय तीर्थयात्रु रसुवागढीबाट चिनियाँ भूभाग गएको बताइएको छ ।
यसैगरी सीमाक्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र सो अवधिमा १३२ जना रसुवालीले प्राप्त गरेका छन् भने २७७ जनाले वार्षिक नवीकरण, ३५ जनाले प्रतिलिपी लिएको अध्यागमन कार्यालयले जनाएको छ ।