back

मूल्यबृद्धि पांच प्रतिशत मात्रै !

वि.सं.२०७६ जेठ २७ सोमवार

174 

shares
NTC AD
Global IME AD

विहान १० वजे बबरमहलमा रहेको बाणिज्य तथा आपूर्ति व्यवस्थापन बिभागमा पुग्दा महानिर्देशक योगेन्द्र गौचन आफ्नो कार्यकक्षमा पत्रिका पढेर बसेको भेटिए । पछिल्लो समय बजार बिभिन्न बहानामा प्रदुषित भैरहेको छ । कहिं अस्वभाबिक मूल्य बृद्धि देखिएको छ भने कतै अस्वस्थकर खाद्य पदार्थ छ्याप छ्याप्ति पाईन्छ । यसको उदाहरण भनेको गत ७ महिनाको अबधिमा १२५ फर्मलाई गरिएको कार्बाहिबाट ३६ लाख जरिवाना संकलन गरिएको कुराबाट नै पुष्टि हुन्छ । तर यो मात्रैले अहिलेको समस्याको सम्बोधन गर्न सक्ने देखिदैन । कानुनी अड्चन र कर्मचारीको अभाबको कारणले गर्दा काम गर्न नसकिएको बिभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । “संघीय संरचना अनुसारको कानुनको अभाब तथा जनशक्तिको अभाबको कारणले गर्दा सोचे जति उपलब्धि हसिल गर्न सकिएन” गौचनले भने “जनताले हामीसंग अपेक्ष गर्नु त स्वभाबि नै छ ।” तर मुल्य बृद्धि गर्न नसक्नु त्यति मात्र कारण हो भन्न सकिने अबस्थ छैन । चाहाने हो भने सानो जनशक्तिले पनि केहि हदसम्म मुल्यबृद्धि नियन्त्रण गर्न सकिने कुरा स्वयं गौचनले पनि स्विकारे ।

बजारमा मूल्य बृद्धि भएको नभएको अनुगमन गर्ने र नियन्त्रण गर्ने निकाय बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग मात्रै हो भने अनुचित काम गरेको पाईएमा कार्यस्थलमै न्युनतम १५ हजार देखि ३ लाखसम्म जरिवाना गराउने अधिकार कानुनले नै बिभागलाई दिएकोछ ।

समन्वय अभाबमा मूल्य बृद्धि

तपाईं हाम्रोे भान्छामा पाक्ने खाध्य पदार्थ र तरकारी कत्तिको तपाइको स्वास्थ्य मैत्रि होलान ? स्वस्थ र फिट बन्न तपाईंले खाने फलफुलमा तपाईंले तिरेको मुल्य कति जायज छ ? यि प्रस्नको उत्तर न तपाइसँग छ न त राज्यकै निकायहरुसँग । बरु उपभोक्ताकै हितकालागि भनेर गठन गरीएका बिभिन्न निकायको असमझदारीका कारण उपभोक्त भने मारमा परीरहेका छन । यतातिर न राज्यले ध्यान दिन सकेको छ न त उपभोक्ताले नै । मूल्य बृद्धिको बिषयमा कुरा गर्दा गौचन पन्छिन खोजे । “औषधिको बिषय हेर्ने औषधि व्यवस्था बिभाग, खाद्यान्नको बिषय हेर्ने खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण बिभाग र गुण तथा नाप तौलकोे बिभाग हेर्ने गुणस्तर तथा नापतौल बिभाग छ” उनले भने “यस्ता बिभिन्न मन्त्रालयको छुट्टा टुट्टै बिभागहरुको समन्वय अभाबको कारणले गर्दा हामीलाई समस्या भएकोछ ।” तर गौचनले मूल्य बृद्धिको बिषयमा गरिएको कुरालाई अन्यत्रै मोड्ने प्रयास चाहिं गरे । किनकी बजारमा मूल्य बृद्धि भएको नभएको अनुगमन गर्ने र नियन्त्रण गर्ने निकाय बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग मात्रै हो भने अनुचित काम गरेको पाईएमा कार्यस्थलमै न्युनतम १५ हजार देखि ३ लाखसम्म जरिवाना गराउने अधिकार कानुनले नै बिभागलाई दिएकोछ ।

सरकारले उपभोक्त कै हितकालागि भनेर बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग समेत गठन गरेको छ । उक्त बिभाग बाहेक खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण बिभाग , नापतौल तथा गुणस्तर बिभाग , औषधि ब्यवस्था बिभाग लगायत संयन्त्र उपभोक्ताकै हितका लागि भनेर गठन गरीएका छन । तर यि संयन्त्र बिचको अभावका कारण मुल्य र गुणस्तर दुवैमा ठगिंदै आएका छन ।

अस्पत्ताल छेउछाउका पसलमा पेय पदार्थ फ्रुटि वा रियलको अङ्कीत मुल्य २५ रुपियाँ मात्रै भएपनि उपभोत्ता ३५ रुपियाँसम्म तिर्न बाध्य छन । यसको गुनासो गर्ने निकाय र मुल्यको बारेमा उपभोक्तालाई जानकारी नहुँदा दिनहुँ उपभोक्ताले लाखौं अतिरिक्त मूल्य तिर्नु परिरहेकोछ ।

कसरी ठगिन्छन उपभोक्ता

तपाईंको पेटमा जुका पर्दा तपाईंले खाने अल्वेन्डाजोलको बास्तविक मुल्य ७० पैसा हाराहारी परे पनि तपाईं ३५ रुपियाँ तिर्न बाध्य हुनुहुन्छ । अस्पत्ताल छेउछाउका पसलमा पेय पदार्थ फ्रुटि वा रियलको अङ्कीत मुल्य २५ रुपियाँ मात्रै भएपनि उपभोत्ता ३५ रुपियाँसम्म तिर्न बाध्य छन । यसको गुनासो गर्ने निकाय र मुल्यको बारेमा उपभोक्तालाई जानकारी नहुँदा दिनहुँ उपभोक्ताले लाखौं अतिरिक्त मूल्य तिर्नु परिरहेकोछ ।
यी त उदाहरण मात्रै हुन खोजिपस्दा यस्ता अनियमितता सयौ भेटिन्छन । यस्ता अनियमितताको खोजि तथा कार्बाहि राज्यले गर्नु पर्नेमा न त नियामक निकायले तदारुकताका साथ कारबाहि गरेको भेटिन्छ न त गैर सरकारी सस्थाहरुकै चासो देखिन्छ ।

बिभागको काम प्रति मन्त्रि नै असन्तुष्ट

आक्कल झुक्कल मन्त्रीकै नेतृत्वमा बजार अनुगमन हुने भए पनि स्वयं मन्त्री पनि मातहतका निकायको गतिबिधि प्रति असन्तुस्ट देखिएका छन । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव आफु दिनदिनै अनुगमनमा जान तयार रहे पनि कर्मचारीहरुले सहयोग नगरेको दुखेसो पोख्ने गरेको मन्त्रालय स्रोतले जानकारी दिएकोछ । स्रोत भन्छ “कर्मचारीहरुको साथ र सहयोग नपाउँदा आम सर्वसाधारणको पक्षमा अनुगमन गर्न सकिएको छैन ।”

बिभागको आफ्नै गुनासो

यता उपभोक्त कै हितका लागि भनेर गठन गरीएको बाणिज्य, आपुर्ति तथा उपभोक्त हित संरक्षण बिभागका महानिर्देशक योगेन्द्र गौरचनका आफ्नै गुनासा छन । प्रदेश र स्थानिय तहले अपेक्षा अनुसार काम गर्न नसक्दा अनुगमन फितलो भएको छ उनको दुखेसो छ । “मन्त्री ज्यूले गर्ने अपेक्षा पनि वहाँको ठाउँमा स्वभाबिक नै छ, तर अहिलेको सन्दर्भमा बिभागले मात्र मूल्य नियन्त्रण गर्न सक्ने अबस्था छैन ।” गौचनले भने “यसका बाबजुद पनि गत असोजदेखि बिभागले १२५ फर्ममा कारबाहि गरेर ३६ लाख रुपियाँ जरिवाना गरेको छ ।” राज्यका सबै कन्र्सन निकाय एकैपटक आ–आफ्नो कार्यक्षेत्रमा उत्रने हो भने सबै सहज हुने गौचनको बुझाइ छ ।

तर गौचन अरुले कामै नगरी आफ्नो मात्रै मुख ताक्दा बजार छाडा भएको बताउछन । काठमाण्डौमा मात्रै ५० हजार पसल र फर्म छन, यी सबैलाई अनुगमन गर्न सबै निकायको समन्वय आवस्यक रहेको उनी बताउछन ।

मूल्य बुद्धि पाँच प्रतिशतमा समेटीने दावी

बजेट र मुल्यबृद्धिको सम्बन्ध रहने भएपनि पछिल्लो मुल्यबृद्धि बजेट अघिकै भएको गौचनको बुझाइ छ । बजारमा बस्तुको खरीद र बिक्री दरमा न्युन बिजकिकरणका कारणले बजार मुल्य फरक पर्ने अनुभव गौचनको छ । यसका बाबजुद पनि बजार मूल्य ५ प्रतिसत भन्दा नबढ्रने गौचनले बताए ।

(कुराकानीमा आधारित)

वि.सं.२०७६ जेठ २७ सोमवार १७:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD