Sansar News- Nepal's Fast Khabar Online News Portal

‘खरबपतिको नोकर बन्नु भन्दा आफ्नै देशमा एक रुपैयाँको मालिक बन्नु ठिक’

संसार न्यूज़
८ महिना पहिले
‘खरबपतिको नोकर बन्नु भन्दा आफ्नै देशमा एक रुपैयाँको मालिक बन्नु ठिक’

 

निसी खोला गाउँपालिका बाग्लुङका डिला रेग्मी र बेलबास १३ का गोविन्द घिमिरे विदेशबाट फर्केपछि देशमै उद्यम सुरु गरेका छन् । उनीहरूले लुम्बिनी साँस्कृतिक नगरपालिका १० रुपन्देहीमा मायादेवि मन्दिरको नजिकै ५० लाख लगानीमा ‘लिस्नो होटल एण्ड लज’ खोलेर व्यवसाय सुरु गरेका छन् ।
रोजगारीका लागि सन् २०१० मा म्यानपावरमार्फत डिला रेग्मी युएई पुगेका थिए भने गोविन्द त्यो भन्दा अगाडि नै मलेसिया पुगेका थिए । युएई र मलेसियाबाट फर्केका उनीहरूले आफ्नै देशमा उद्यम सुरु गरेका हुन् ।
युएईमा रहँदा पत्रकारिता नेपाली एकता समाज युएईको महासचिव तथा अन्य सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक काममा सक्रिय रहेका डिला रेग्मी सँग ऐक्यबद्धताले गरेको कुराकानी :

युएईमा कतिवर्ष बस्नु भयो, त्यहाँको अनुभव कस्तो रह्यो ?
करिव ५ बर्ष बसियो । खास परदेशको अनुभव विशेष रहेन सामान्य नै रह्यो, सुरुदेखिनै सामाजिक संस्थाहरूमा आबद्ध भएर काम गरियो ।

के सोचले नेपाल फर्किनु भएको थियो ?
पैसा कमाएर खास सोंच बनाएर, यो गर्छु भन्न नपाउँदै परिवारिक समस्याका कारण अचानक युएई छाडेर आउनु पर्याे ।

अहिले रेष्टुरेण्ट व्यवसाय चलाउँदै हुनुहुन्छ सहजता र अप्ठ्यारा कस्ता छन्?
हजुर, भनाई र गराईमा आकाश धर्तिको फरक हुन्छ । हामी परदेशमा रहदा त्यहाँको अरुको अन्डरमा टाईम टु टाईम काम गर्नु पर्दा अनेकौ निराशाजनक भावनाहरू दिमागमा घुम्छन् । अनि फेरि सिस्टम आईडियाहरू देखेपछि केही आसाजनक कुराहरू खेल्छन अनि नेपालमै गएर केहि गर्नुपर्छ भन्ने भावना हर कोहिमा हुन्छ । तर, नेपालमा आई सक्दा त्यहाँको सोचाई र यहाँको वस्तुस्थिति मेल खाँदैन । अलि अलि कमाएको पैसा ऋण किस्ता ब्याजमा ठिक्कै हुन्छ अझ कोसेली बोक्न पर्नेहरूको लागि झन पिडादायी अवस्था हुन्छ । बाँकी लगानी जुटाउन मुस्किल हुन्छ । अर्काे बिदेशबाट फर्केर आउँदा नेपाली मार्केटको खास ज्ञान नहँुदा केही समस्या छ र हुन्छ नै । आशा छ, बिस्तारै सफलतातिर अगाडि बढ्न सकिन्छ ।


विदेशमा मजदुर बनेर काम गर्न सजिलो कि, देशमै मालिक बनेर ?
खरबपतिको नोकर हुनुभन्दा रुपैयाँको मालिक हुनु नै ठिक  नी ! कानुनी, व्यवहारिक, मानवीय हरेक कोणबाट नजिक त आफ्नो देश हो । सामान्य गुजारा चलोस् बरु नेपालमै ठिक ।

तपार्ईको मात्रै लगानी छ कि अरु साथीहरू पनि हुनुहन्छ ? त्यहाँको रेष्टुरेण्ट र यहाँको रेष्टुरेण्टमा के फरक छ ? 

फरक लगानी अनुसारको म्यानेजमेन्टमा अवश्य छ र हुन्छ ।  यहाँ र यहाँ सिस्टम, प्रविधि तथा ग्राहकमा फरक छ तर अन्य कुराहरू उस्तै उस्तै हो ।

तपार्ईँको रेष्टुरेण्टको विशेषता के हो ?
हाम्रो बिशेषता खासमा लुम्बिनी भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तो मुल्यमा स्तरिय खाना, नास्ता र बासको ब्यबस्था गर्नुका साथै लुम्बिनिमा घुम्न चाहानेलाई घुमाउने र यहाँको बारेमा बुझाउने हो ।

विदेशमा कमाएको पैसा लगानी गर्नु भयो कि ऋण गरेर ?
खासमा पारीवारिक समस्याका कारण युएईबाट ईमरजेन्सी क्यान्सिल फर्किनुप¥यो । त्यतिबेला मसँग पैसा बचत थिएन । नेपालमै केहि गर्छु भन्ने चाहना चाहिँ थियो । केही समय पछि घर धितो राखेर ऋण खोजेर व्यवसाय सुरु गरेको छु । सम्भवत अब यहि नै जीवनभरको पेशा हुनेछ ।

विदेशबाट फर्केका नेपालीलाई सरकारले सहुलियतमा ऋण दिने भनेको छ लिनु भएन ?
हामीले अहिलेसम्म त्यस्तो सहुलियतका कुनैपनि ऋण लिइसकेका छैनौं ।

विदेशमा रहेका नेपालीलाई आफ्नै देश फर्काउन सरकारले के गर्नुपर्ला ?
पहिलो कुरा सरकारको नीति तथा कार्यक्रम युवा लक्षित हुनुपर्याे । कृषि तथा पर्यटन व्यवसायमा आधुनीकिकरण गरेर युवाहरूलाई उत्पादनशिल क्षेत्रमा लगाउने वा लाग्न प्रोत्सान गर्नुपर्दछ । सरकारले लगानीकर्ताको लगानी सुरक्षा ग्यारेन्टी तथा युवाहरूलाई रोजगारको ग्यारेन्टि गरिदिने हो भने कसलाई रहर लाग्छ होला र पराई देशमा अपमानित भैरहन ।

अन्त्यमा केही भन्नु छ कि ?
हामीहरूले बैदेशिक रोजगारलाई सजिलो बिकल्प ठानिरहेका छौँ, यसले हाम्रो सृजनशिलतामा गिरावट आएको छ केही निश्चित समय निश्चित धन आर्जन भएपनि बैदेशिक रोजगारीबाट फर्कंदा नेपाली समाज परिवेश नयाँ भएको हुन्छ । आफूले प्राप्त गरेका कुराहरूमा सन्तुष्ट हुँदै स्वदेशमै संघर्ष गरे सफलता सुनिश्चित छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ६ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ४ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…