Sansar News- Nepal's Fast Khabar Online news portal

‘कतार जाने खाली जहाजमा नेपाली तरकारी पठाउने व्यवस्था गरिदेउ सरकार’

संसार न्यूज़
३ महिना पहिले
‘कतार जाने खाली जहाजमा नेपाली तरकारी पठाउने व्यवस्था गरिदेउ सरकार’

 

नेपाल कृषि प्रधान देश । यसो कल्पना गर्नुस् त, यो कृषि प्रधान देशको चिसो पानीले सिँचेर उत्पादन भएको कृषि उत्पादनले संसारभरीका बजारमा स्थान पायो भने कस्तो हुन्छ होला ?

त्यस्तो सम्भव छ र ? कसरी सम्भव होला ? कसले गर्ला ? आदि इत्यादि कुराले एकछिन तपाईको मंथिगल पनि घुम्न सक्छ । अनि नेपाली समाजको संरचना अनुसार भन्नुहुनेछ –‘वाहियात कुरा !’

तर, हाम्रा पौरखी हातहरुले उत्पादन गरेको तरकारी विदेशका केही देशमा त्यो पनि हजारौं केजीको हाराहारीमा जान थालिसकेको खुसीको खबर छ । त्यो सुरुवात गरेका हुन् ललितपुर सातदोवाटोका युवा कल्याण घिमीरेको टिमले । उनीहरुले अल समन कम्पनीमार्फत् यो काम गरिरहेका छन् ।

हुन त घिमीरे कलाकार पनि हुन् । कला क्षेत्रमा कलम पनि चलाए । जीवनमा धेरै क्षेत्रमा काम गरे । ‘श्रीमान’ र ‘महसुस’ नामक नेपाली फिल्म पनि बनाए । तर, अब उनको दैनिकी कलाक्षेत्रबाट कृषि क्षेत्रतिर लागेको छ । नेपाली किसानको हितको लागि केही गर्ने सोँच छ । अनि बिश्व बजारमा नेपाली कृषि उत्पादन पुर्याउने उनको ठूलो सपना पनि ।

घिमीरेको टिमले तीन महिनादेखि कतारमा नेपाली तरकारी पुर्याइरहेको छ । कतारका क्वारेन्टाइन टेस्ट गर्दा भारतको भन्दा नेपाली तरकारीमा झण्डै २० प्रतिशत कम विषादी पाइएको बताउँछन् घिमीरे । त्यसैले पनि नेपाली तरकारी त्यहाँ सबैको रोजाइमा पर्ने गरेको उनको ठहर छ । ऐक्यबद्धताको कार्यालयमा आएका उनै घिमीरेसँग गरिएको छोटो वार्तालाप ।

अल समन कम्पनीको उद्धेश्य बारे बताइदिनुहोस न ?
हामीले यो कम्पनी खोलेको त २ डेढ वर्ष भयो । हामीले साढे ६ करोड लगानीमा कतारमा अल समन ग्लोवल कतार र नेपालमा अलसमन इन्टरनेशल कम्पनी खोलेर काम सुरु गरेका हौं । यसको कार्यक्षेत्र कृषि नै रहेको र त्यसमा पनि मुख्य गरेर नेपाली किसानका उत्पादन कतारमा लगेर बेच्ने हो । हामीले ३ महिनादेखि निरन्तररुपमा कतारका विभिन्न सुपरमार्केट तथा पसलहरुमार्फत् नेपाली तरकारी (करेला, सिमी, काक्रा, हरियो लामो खुर्सानी, डल्ले खुर्सानी, काँचो आप, मुला, घिरौला, फर्सी, साग, गाजर, टिमुर लगायत) बेचिरहेका छौं ।

कतारमा नेपाली तरकारी सहजै पुर्याउन सक्नु भएछ त ?
हजुर त्यति गाह्रो त छैन । तर, पनि यो वीचमा केही अप्ठ्याराहरु पनि भोगिरहेका छौं । यतिबेला सरकारको सहयोग अति टड्कारो भएको छ यो व्यवसायका लागि । अरु दुःख हामीले नै गरिरहेका छौं । तर, सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको कोल्डस्टोरमा हाम्रो तरकारी राख्ने व्यवस्था र नेपाल एयरलाईन्सको यताबाट जाने जहाजको खाली कार्गोमा तरकारी बोकेर लगिदिओस् भन्ने हो ।

कसरी आयो यस्तो सोँच ?
म फिल्म इन्डष्ट्रीजको मान्छे पनि हो । कतारमा १४–१५ हजार नेपालीको सहभागीतामा ठूलो मेघा कन्र्सट गरेर‘कलाकार धुर्मुस सुन्तलीको गिरानचौर’ आवासका लागि पैसा पनि उठाएका थियौं इभेन्टकै क्रममा म कतार आउने जाने गर्थे । तीन महिना अगाडि विष्णु भुसाल दाइ, हरिजी लगायतको टिमले त्यहाँ एग्रो एक्स्पो गरेका थियौं । कतार बस्दा धेरै नेपालीसँग भेट भयो । त्यहाँका साथीहरुले नेपालकै सागसब्जी खानपाए हुन्थ्यो भन्ने कुरा धेरै आयो । म आफैले पनि त्यो मनन गरेँ । त्यसो भए हामीले कतारमा नेपाली तरकारी किन नल्याउने भन्ने सोच्यौ । अनि नेपालमा जहिले पनि किसानका तरकारीले बजार पाएन, टमाटर फ्याकियो, बन्दागोविमा डोजर लगाईयो भन्ने समाचार बढी सुनिने, त्यसो भए ती तरकारीहरु हामीले डाइरेक्ट किसानबाट ल्याएर यहाँ किन नबेच्ने ! भन्ने सोँचले नै यो सुरुवात गरेका हौं । हाम्रो टार्गेट भनेको नितान्त कृषकहरुलाई नै हो । बिचको लेयर हटाएर हामी कृषकसँग कसरी पुग्न सक्छौं भन्ने कोशिषमा लागिरहेका छौं । २ रुपैयाँ बढी पनि डाइरेक्टरुपमा किसानकै हातमा जावोस् भन्ने हाम्रो सोँच हो ।

तरकारी कहाँबाट कलेक्सन गर्नुहुन्छ ?
अहिले त कालीमाटीबाटै लिएका छौं । त्यस्तै किसानकै घरमा पुगेर पनि लिएका छौं । हाम्रो कम्पनीमा शैली राना, रन्जु घिमीरे (मेरो वाइफ), सुमन बराल, धनराज आचार्यजी गरेर हामी चारजना छौं । हाम्रो कम्पनी सात दोबाटोमा छ । उहाँहरुले नै सम्पर्क गर्ने र तरकारी कलेक्सन गर्ने काम गर्नुहुन्छ ।

बाहिर लैजान बिभिन्न ल्याव टेस्ट गर्नुपर्छ भनिन्छ नि तपाईले कसरी गर्नुभएको छ ?
हाम्रो एयरपोर्टमै क्वारेन्टाइन चेक हुन्छ । अनि कतारमा पनि चेक हुन्छ । खुसीको कुरा इण्डिया, बंगलादेश लगायतका संसारभरका देशबाट जाने तरकारीमा भन्दा हाम्रो तरकारीमा २० प्रतिशत विषादी कम रहेको पायौं, ल्याव टेष्टका क्रममा । त्यस्तै हाम्रो तरकारी स्वादिलो पनि छ । जब कतारका दुईचारवटा मलमा हाम्रो तरकारी जान थाल्यो । मान्छेले किन्दा किन्दै पनि हातले गाँजर र मुला पुछेर खाएको मैले देखेको छु । नेपाली स्वाद असाध्यै मिठो छ । हाम्रो मिठो अनि चिसो पानीमा उत्पादन भएको तरकारी सबैको जिब्रोमा बसेको छ ।

मूल्य कसरी समायोजन गर्नु भएको छ त ?
अहिले मूल्य भन्दा पनि केही अरु समस्यामा छौं । अहिले हामीले समान पठाउने बिकल्प जहाजको कार्गो मात्र हो । जहाँ नेपाल एयरलाईन्सले प्रतिकिलो ९० रुपैयाँ लिन्छ भने कतार एयरलाईन्सले १३५ रुपैयाँ केजी भाडा लिन्छ । अनि भन्सार गर्दा प्रतिकेजी ७ देखि ८ रियाल ( २४० रुपैयाँ) यहि पर्छ । त्यसका बारेमा कृषि मन्त्री र सचिवज्यूसँग पनि कुरा गरेको थिए । हाम्रो तरकारी एयरर्पोटबाट नउड्दा सम्म त्यहाँको कोल्डस्टोरमा राख्ने व्यवस्था गरिदिन अनुरोध गरेको थिए, त्यो सहयोग गर्छु भन्नु भएको छ । मेरो उहाँहरुलाई यतिमात्र अनुरोध छ, हाम्रो खाली जाने प्लेनमा आधा पैसा सहुलियत एक देखि डेढ रियल (नेपाली४० रुपैयाँ) मात्र प्रतिकेजीमा लिइदिए भने मलाई सजिलो हुनेथियो । यदि यस्तो सहुलियत सरकारले दियो भने, मैले बंगलादेशी र इण्डियन तरकारीसँग प्रतिस्पर्धा गरेर तरकारी बेच्न सक्थे ।

हाम्रो तरकारी त्यहाँ पुग्दा त्यहाँको सरकारले केही झन्झट त गर्दैन ?
त्यहाँ पनि क्वारेन्टाइन चेक गर्छ । क्वारेन्टाइन चेक भएन भनै सामान रहेको कार्टुन त्यहि फ्याकिदिन्छ । उनीहरु प्रत्येक कार्टुन चेक गर्छन । त्यहाँ केही शंका मान्यो भने कन्साइनमेन्ट नै फिर्ता गरिदिन्छ । त्यसैले हामीले लैजादा ध्यान दिएर आफै ग्रेडिङ गर्छौ । हाम्रो सात दोबाटोमा कोल्डस्टोर छ ।

कतारका कुन–कुन ठाउँ र कुन–कुन मलमा हाम्रा तरकारी विक्रि हुन्छन् ?
अहिले सनैयामा रहेको सफारी मल, नज्मा र सनैयाको विभिन्न पसलमा पुर्याइरहेका छौं । अब ग्राण्ड मल र अलसार्कामा पनि विस्तार गर्नेछौं । हामीले यहाँबाट तरकारीको नमुना पठाउँछौं उनीहरुको अर्डर अनुसार पठाउने गरेका छौं । जेठ २९ गते सम्म सातौपटक हाम्रो तरकारी कतार पुगेको छ । पछिल्लोपटक हामीले १७ सय केजी ( १७ क्विन्टल) पठाएका थियौं ।

हाम्रो एयरपोर्टमै क्वारेन्टाइन चेक हुन्छ । अनि कतारमा पनि चेक हुन्छ । खुसीको कुरा इण्डिया, बंगलादेश लगायतका संसारभरका देशबाट जाने तरकारीमा भन्दा हाम्रो तरकारीमा २० प्रतिशत विषादी कम रहेको पायौं, ल्याव टेष्टका क्रममा । त्यस्तै हाम्रो तरकारी स्वादिलो पनि छ । जब कतारका दुईचारवटा मलमा हाम्रो तरकारी जान थाल्यो । मान्छेले किन्दा किन्दै पनि हातले गाँजर र मुला पुछेर खाएको मैले देखेको छु । नेपाली स्वाद असाध्यै मिठो छ । हाम्रो मिठो अनि चिसो पानीमा उत्पादन भएको तरकारी सबैको जिब्रोमा बसेको छ ।

सामान कालिमाटीबाट मात्रै लिनुहुन्छ ?
हो । खास त हामी डाइरेक्ट कृषककोमा जान खोजेका हौं । तर, उहाँहरुले हामीलाई दिनुहुन्न । हामीले रेगुलर नउठाउने भएकाले नै नदिनुभएको होला । तर, केही प्रतिशत उहाँहरुबाट नै लिएका छौं । हामीले उठाउन थालेपछि अरुले महँगोमा लिइदिने लगायतका खेल खेल्दा रहेछन् । हाम्रो चाहना डाइरेक्ट कृषकलाई फाईदा पुगोस् भन्ने हो । तर, केही अप्ठ्याराहरु त्यहाभित्र रहेको हामीले पाएका छौं । हामीले १७ सय देखि २२ सय केजी सम्म पुर्याएका छौं । त्यसको मूल्य २०–३० हजार रियाल सम्म हुन्छ । सामान हेरेर हुन्छ । केही महँगो पर्छ केही सस्तो । अस्ति हामीले कालिमाटीबाट ११० रुपैयाँ किलोमा उठायौं । हिँजो डाइरेक्ट किसानबाट उठाउदा ४० रुपैयाँ किलो मात्र पर्यो । अब भन्नुहोस् कति फरक रहेछ किसानबाट उपभोक्तासम्म पुग्दा । कालिमाटी भन्दा किसानकौबाट पाए ५०–६० नै किन नपरोस्, उहाँहरुलाई डाइरेक्ट जानेथियो ।

कतारी नागरिकको प्रतिक्रिया कस्तो छ नेपाली तरकारीमा ?
कतारी नागरिकले इण्डिया, पाकिस्तान, बंगलादेश लगायतका देशबाट आएको तरकारी खाइरहेका छन् । तर हाम्रो पनि मार्केट राम्रो भएको छ । हिजो पठाएको सामान भोलीसम्म रहँदैन । तुरुन्तै सकिइहाल्छ । बिकेन है भनेर भन्नु परेको छैन । विभिन्न कारणले हामीले यसको भोलुम बढाउन सकेका छैनौं । कार्गोबाट पठाउँदा गाह्रो भएको छ । मेरो सोचाइ त दिनहुँ १० हजार केजी तरकारी पठाउन सकिन्छ भन्ने हो । १० हजार केजी खपत हुन्छ भन्ने मार्केट बुझेको छु ।

नेपालीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ त ?
राम्रो छ, जुनदिन गुन्द्रुक कतारको बजारमा पुग्यो, क्याम्पमा काम गर्ने भाइहरु निकै खुसी हुनुभयो । नेपाली तरकारी कतारमा आउँछ भन्ने विश्वासै थिएन । मैले पनि धेरै समस्या झेलेको छु । साथीहरुले पनि यस्तो किन गर्यो होला पागल कुरा गर्ने भनेर भन्थे । एउटा नेपाली युवाले यो काम गरेर देखाएको छ । तर, सरकारको सहयोग जरुरी छ । नेपाली किसानको हितमा सरकार लाग्ने हो भने सरकारले हाम्रो काममा उत्साह भरिदिनुपर्छ ।

कतारमा मात्रै हो कि, अन्त पनि लैजानुहुन्छ ?
अन्त पनि गर्छौ । तर, कतारमा सुरुवात भएकोले विस्तारै जान्छौं । हाम्रो तरकारीको माग बहराइनमा पनि छ । गल्फका सबै देशमा पुर्याउने बिचार छ । पहिले कतारमै गरौ भन्ने हो ।

त्यो एकदमै गलत कुरा हो । काम नगर्ने मान्छेहरु त्यस्तो कुरा मात्र गर्छन् । हामी पूर्ण अग्र्यानिक नभएपनि सेमी अग्र्यानिक छौं र भारत लगायतका अन्य देशका तरकारी भन्दा हाम्रा तरकारीमा विषादी कम छ । यस्तो तरकारी मज्जालै लैजान सकिन्छ । सरकारले सुविधा दिएमा दिनहुँ लैजान सक्छु ।

यस्तो काम गर्दा कस्तो महसुस गर्नुभएको छ ?
धेरै खुसी छु । नेपाली साथीहरु धेरै खुसी भएको पाएको छु । डल्ले खुर्सानी कतार पुर्याएको दिन इलामका एकजना भाइले ‘यो हाम्रो गाउँकै डल्ले खुर्सानी त होला नि ।’ भन्दै खुसी हुनु भएको थियो । कतिसम्म आफ्नोपन हुँदो रहेछ भनेर त्यहाँ देखियो । गुन्द्रुकमा पनि त्यस्तै प्रतिक्रिया आएको थियो । अति नै गर्व लागेको छ । कलाकारिताबाट यता आएको छु । गाह्रो छ, तथापी सन्तुष्ट छु । नेपाली किसानको उत्पादन कतार पुर्याउन पाएको छु । व्यबसायिक रुपमा अहिले घाटामा भएपनि भोली जे होला,मैले यो काम गरे हैं, भनेर गर्व हुनेछ ।

तीन महिनाको अन्तरालमा क-कसको सहयोग पाउनु भएको छ त ?
मलाई अत्यन्तै गर्व लागेको छ, कतारका लागि पूर्वराजदूत रमेश प्रसाद कोइराला र नेपालका लागि कतारी राजदूत यूसुफ विन महम्मदले पनि सहयोग गरिरहनुभएको छ । राजदूत यूसुफले त यति सम्म सहयोग गर्नु भएको छ कि, कहाँ कहाँ हुन्छ फोन समेत गरेर सहयोग गरिदिनु भएको छ । राजदूत यूसुफले ‘त्यो ठाउँमा म भनिदिन्छु जानु’ समेत भन्नु भएको छ । एकपटक नेपाली आँप भनेर कतार लग्यौं । त्यो आँप राजदूतलाई पनि पठाएका थियौं । उहाँले फोन गरेर, ‘नेपालमा आँप पाक्ने बेला भएको छैन, यो बाहिरबाट आएको आँप हो,अर्कोपटक यो आँप नपठाउँ’ भनेर सल्लाह दिनुभयो । त्यसपछि हामीले नेपाली काँचो आप कतार पठाएका थियौं । उहाँहरुले ठूलो सहयोग गर्नुभएको छ । त्यस्तै कोइराला सरले के गर्नपर्छ म सहयोग गर्छु भनेर हाम्रो कम्पनीमा आफै आएर पनि हेर्नुभएको छ ।

कति घण्टामा पुग्छ तरकारी कतारमा ?
कतार पुग्न ६ घण्टा लाग्छ । तर,समस्या छ, तरकारी कम्पनीको स्टोरबाट निस्किएपछि एयरपोर्टमा धेरै समय राख्नुपर्छ । कतिपय अवस्थामा घाममा तरकारी राख्नुपर्दा धेरै समस्या भएको छ । एयरपोर्टमा कोल्डस्टोर छ जहाज उड्न भन्दा पहिले त्यहाँको कोल्डस्टोरमा तरकारी राख्न पाएमा धेरै सहज हुने थियो । त्यहाँबाट उड्नेबेलामा मात्र प्लेनमा राख्न पाए ताजा तरकारी पुर्याउन सकिन्थ्यो ।

हाम्रा तरकारीमा क्वालिटी हुँदैन र नेपालले यसरी विदेश पठाउन सक्तैन भन्ने छ नि तपाइ के भन्नहुन्छ ?
त्यो एकदमै गलत कुरा हो । काम नगर्ने मान्छेहरु त्यस्तो कुरा मात्र गर्छन् । हामी पूर्ण अग्र्यानिक नभएपनि सेमी अग्र्यानिक छौं र भारत लगायतका अन्य देशका तरकारी भन्दा हाम्रा तरकारीमा विषादी कम छ । यस्तो तरकारी मज्जालै लैजान सकिन्छ । सरकारले सुविधा दिएमा दिनहुँ लैजान सक्छु ।

हाम्रो तरकारी बढी कसले उपयोग गर्छन् त ?
हामी जुन मलमा बेच्छौं त्यहाँ कतारी नागरिक आउँदैनन् । अहिले नेपाली र एसियनहरुले हाम्रो तरकारी किनिरहेका छन् । कतारी आउने मलका लागि क्वालिटीमा जोड दिने सोचेका छौं । हाम्रो तरकारी राम्रो छ तर, कतारी नागरिकका अगाडि आहा, भन्ने गरेर प्याकिङ गर्न सकिरहेका छैनौं । हामीसँग त्यस्तो प्याकिङ गर्ने मैसिन छैन । अहिले हामीले कार्टुनमा प्याक गर्छौ र मलमा लगेर दिन्छौं उनीहरुले नै व्यवस्थापन गर्छन् ।

कोल्डस्टोरमा कामदार कति छन् त ?
हामीले अहिले महिलाहरुलाई नै प्राथमिकता दिएका छौं । त्यहाँ पनि महिलाहरु नै कार्यरत हुनुहन्छ । घरमा खाली हुनुभएका महिलाहरु त्यहाँ आएर काम गर्दैहुनुहुन्छ ।

सरकार तथा सम्बन्धीत निकायले कस्तो सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
सरकारले कृषिमा यो गर्छु र उ गर्छु भन्छ । तर, किसानको हितमा काम भएको देखिन्न । उहाँहरुले आफूले भनेको कुरा एक प्रतिशत मात्र पूरा गर्नु भयो भने नेपाली किसानको तरकारी म कतारमा बेचिदिन्छु । सरकारले ‘त बेच’ भनेर जिम्मा दिओस्, सहज वातारवण बनाइदिओस् । एयरपोर्टमा सहज तरिकाले हाम्रो तरकारी पास गरिदिओस् म कतार लगायतका सबै देशमा नेपाली तरकारी बेच्न तयार छु ।

प्रस्तुति:चन्दा थापा (चन्द्रिका)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…