back

गर्मीले आत्तिनु भएको छ ? हेर्नुहोस् यसरी पाउन सकिन्छ राहत

वि.सं.२०७६ असार २ सोमवार

171 

shares
NTC AD
Global IME AD

 

यतिबेला देशभरी गर्मी बढिरहेको छ । काठमाण्डौंको तापमान २२ देखि ३३ सम्म पुगेको छ भने तराईका जिल्लामा ४० डिग्री नाघिसकेको छ । यसले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । मानिसहरु सडकमा हिड्न छाडेका छन् । स्कुलहरु बन्द भएका छन् । यस्तोमा चिसो पेय पदार्थ, खर्बुजा, दही, स्याउँ आइसक्रिम लगायतका सामग्रीको व्यवसाय ह्वात्तै बढेको छ भने अन्य व्यापार सुस्ताएको छ । व्यापारीहरुका अनुसार मानिसहररु गर्मीका कारण बाहिरै निस्कन छाडेका छन् ।

यस्तो अवस्थामा घरभित्रै रहे पनि स्वास्थ्यमा ख्याल भने पुर्याउनु पर्छ ।
गर्मीको मौसममा कतै बाहिर निस्कनु छ भने बिहानको समय या बेलुकाको समयमा निस्कनुहोस् । दिउँसो निस्कनु परे पनि साथमा छाता र पानीको बोतल बोक्नुहोस् । हल्का खालको सूती कपडा लगाउनुहोस् । दिउसोको चर्को घाममा भन्दा पनि साझ र बिहान पख खेतबारीमा काम गर्नुहोस् ।

त्यस्तै जाडोको दिनमा भन्दा गर्मी मौसममा शरीरलाई ५०० मिलीलिटर पानीको बढी आवस्यकता हुन्छ । त्यसैले पानी पिउनमा जोड दिनुहोस् । बाहिरी सुपरमार्केटको जुश भन्दा घरमै ताजा फलफूलबाट बनाएको जुश पिउनुहोस् । जस्तै कागती पानी, बेलको सर्बत, उँखुको रस लगायतका हुन सक्छन् । त्यस्तै, बढी गर्मी भएको महसुस गर्नु भएको छ भने थोरै चिनी र नुन राखेर कागती पानी पिउनुहोस् ।

त्यस्तै गर्मीमा खानपानबाट पनि धेरै खालका समस्या उत्पन्न हुने हुनाले खानपानमा विशेष ध्यान दिनुहोस् ।

पेटभरी नखानुहोस्

खाना आफूलाई जति नै मन परेको किन नहोस् तर, थोरै खाँदा नै शरीरलाई फाइदा हुन्छ । खाना खानुभन्दा पहिले एक गीलास पानी पिउनुहोस् । यसले पेट भरिएको महसुस हुन्छ र खाना कम खाइन्छ ।

विहानको ब्रेकफास्ट राम्रोसँग खानुहोस् र दिउँसोका खाना हल्का खानुहोस् । त्यस्तै बेलुकाको खाना जति सक्नुहुन्छ कम खानुहोस् । यदि सक्नुहुन्छ भने बेलुकाको खानामा मात्र एक गीलास जुश खानुहोस् ।

खानामा तरकारी बढी सामेल गर्नुहोस्
गर्मीको मौसममा फिट रहनका लागि आफ्नो खानामा धेरै फलफूल र सागपात समावेश गर्नुहोस् । बिहानको खाजा दिनभरीको लागि उर्जाका रुपमा लिइन्छ । त्यसैले बिहानको खाजामा स्वस्थ्यवर्दका खाना खानुहोस् । खानामा दाल, तरकारी ज्यादा सामेल गर्नुहोस् । जसले तपाईलाई इनर्जी दिनुका साथै दिनभरीको काममा सक्रिय रहन मदत गर्दछ ।

चिसो खानेकुरा खानुहोस्
गार्मीको मौसममा तरबुजा, नरिवलको पानी, काक्रा, पुदिनाले गर्मीको मौसममा शितलता प्रदान गर्छ । यसले शरीरलाई सुख्खापन हुनबाट पनि बचाउँछ । साथै यसले इनर्जी पनि दिन्छ ।

पानी प्रसस्त पिउनुहोस्
गर्मी या चिसो मौसम । जुन समयमा पनि शरीरका लागि पानी अति नै आवस्यक हुन्छ । किनकि शरीरका हरेक अंग सूचारु राख्नका लागि पानी अत्यन्तै जरुरी हुन्छ । जति नै गर्मी भएपछि चिसो पानी नपिउन सल्लाह दिन्छन् स्वास्थ्यविज्ञ । स्वस्थ्य व्यक्तिका लागि दिनभरीमा ७ देखी ८ गीलास सम्म पानी पिउनु अत्यतै फाइदाजनक हुन्छ ।

थोरै -थोरै खानुहोस्
चिसोको मौसममा जस्तो गर्मी मौसममा एकैपटक धेरै खाना नखानुहोस् । एकैपटक धेरै खानु भन्दा तीन–तीन घन्टाको फरकमा थोरै थोरै खानु राम्रो हुन्छ । शरीरमा न्युट्रिशियनको कमी पूरा गर्नका लागि खाना मात्रै जरुरी हुँदैन यसका अलावा ड्राइ फ्रुट्स, स्वस्थ्यवर्दक जुश, फलफूल लगायत पनि सामेल गर्न सकिन्छ ।

स्वस्थ्य खानपानमा ध्यान दिनुहोस्
हुन त गर्मीको मौसम होस् या जाडो, खाना स्वस्थ्यवर्दकनै हुनुपर्छ । खाना सफा सुघ्र तरिकाले बनाइएको र ताजा नै हुनुपर्छ । यदि तपाई रेष्टुरेण्टमा खाँदै हुनुहुन्छ भने ताजा खानामैजोड दिनुहोस् । गर्मीमा फोहरकै कारण धेरै रोगहरु फैलन्छ । खाना पकाउने र खाने भाँडा कुँडा सफा सुग्घर राख्नुहोस् । मिल्छ भने भाडा माझिसकेपछि घाममा सुकाउनुहोस् । रेष्टुरेण्टमा सलाद, चट्नीजस्ता खाना भरसक नखानुहोस् । यसलाई घरमै बनाएर खान सक्नुहुन्छ । त्यस्तै, खाना खानुभन्दा पहिले हात अवस्य धुनुहोस् ।

कागती पानी


गर्मी मौसममा कागती पानी पिउन अत्यन्तै फाइदाजनक हुन्छ । यो छालाका लागि पनि फाइदाजनक मानिन्छ । कागती पानीमा थियामिन, रिबोफ्लोविन, नियासिन विटामीन बी–६ फोलोट र भिटामीन– ई पनि केही मात्रामा पाइन्छ । कागती पानीले शरीरमा शितलता त दिन्छ नै त्यसका अलवा कब्जियतको समस्या, किड्नीको समस्या लगायमा लाभकारी मानिन्छ ।

त्यस्तै कागती पानी पिउनाले लिवरको समस्या कम गराउनुका साथै पाचन प्रक्रिया पनि सहि रहन्छ ।

दहीको लस्सी खानुहोस्

गर्मीको मौसममा दूध भन्दा पनि दहीबाट बनाईएको लस्सी या मोहिले धेरै फाइदा गर्दछ । यसले शरीर शितल बनाउने र शक्ति पनि दिन्छ ।

यसरी बनाउनुहोस् लस्सी
एउटा भाडामा दही र आवस्यकता अनुसार चिनी राख्नुहोस् । चिनी नपग्लदासम्म राम्रोसँग फेट्नुहोस् । साथै आफ्नो इच्छा अनुसार सुकमेल पाउडर र गुलाब जल राखेर थोरै पानी मिलाएर फेट्नुहोस् ।

लस्सीले पेट दुखाई कम गर्नुका साथै फुड प्वाइजनिङ लगायतका समस्यामा कम गराउन सहयोग गर्दछ । यदि तपाई कब्जियत र पायल्सको समस्याले हैरान हुनुहन्छ भने लस्सी पिउनुहोस् यसले राहत दिन्छ ।

हड्डी बलियो बनाउँछ
स्वस्थ्य आयु बाच्नका लागि विशेष गरेर दही दूधमै बढी जोड दिइन्छ । त्यसैले पनि होला पंचाअमृत बनाउनका लागि दही दूध नभै हुँदैन । दूध र दहीमा बढी क्याल्सियम हुने हुनाले हड्डी बलियो बनाउन सहयोग गर्दछ । साथै यसले दाँत बलियो बनाउन सहयोग पनि गर्दछ । त्यसैले बढ्दो उमेरमा कमजोर हड्डीबाट हुने समस्या हटाउनका लागि दूध दही अति उपयोगी हुन्छ ।

त्यस्तै दिनहुँ दही पिउनाले शरीरको इम्युन सिस्टम राम्रो हुँदै जान्छ । यसले धेरै प्रकारका गम्भीर विमारबाट टाढा राख्दछ ।

कोलेस्ट्रोल घटाउँछ–दही सेवनले कोलेस्ट्रोल घटाउन पनि सहयोग गर्दछ । दहीमा रहेको प्रोबायोटिक्सले खराब कोलेस्ट्रोल कम गर्ने र मोटाब्लिजम बढाउने कामगर्दछ । यसमा धेरै मात्रामा स्वस्थ्य व्याक्टेरिया हुने हुनाले शरीरमा भएको टक्सिन हटाउने र तपाईलाई स्वस्थ्य राख्न मदत गर्दछ ।

गर्मी मौसममा लामखुट्टको टोकाईबाट यसरी बच्नुहोस्
गर्मीको मौसममा लामखुट्टे सक्रिय रहन्छन् । अझ कतै खाल्डोमा फोहर पानी छ भने त्यसमा लामखुट्टहरु घर बनाएर बसेका छन् र त्यहि अण्डा पनि पार्छन् । अहिले देशको पूर्वी क्षेत्रमा गर्मी बढ्दै गएको र लामखुट्टेकाबे टाईबाट डेंगु जस्ता विमारबाट प्रभावित भएका मानिसहरु दिनहुँ सयौंको संख्यामा नजिकका अस्पताल तथा स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका छन् । यस्तो अवस्थामा लामखुट्टेको टोकाईबाट आफू पनि बच्ने र बालबालिकालाई पनि बचाउने गर्नु पर्दछ ।

विभिन्न रोगको संक्रमण लामखुट्टेको टोकाईबाट हुने भएकाले पहिलो लामखुट्टेको टोकाईबाट बच्नुहोस् ।

-लामखुट्टेले नटोकोस् भन्नका लागि विभिन्न क्रिमहरुको प्रयोग गर्नुहोस् ।
-पूरा बाहुला भएको शर्ट, पाइन्ट र अन्य कपडाहरु लगाउनुहोस् ।

-यतिबेला लामखुट्टले चिसो खोज्दै घरमा रहेको गमलाको पानी या संग्रहित गरेर राखेको पानीमा बस्ने हुनाले पानी छोपेर राखौं अनि गमला आफू बस्ने ठाउँबाट अलि पर राख्ने र विरुवामा पानी राख्दा ख्याल पुर्याउने ।

-त्यस्तै छत या घरको अन्य कुनै ठाउमा परेवा लगायतका चराका लागि खाना तथा पानी राखिदिने भाडा हप्ताको दुई तीनपटक सफ सफा गर्ने गरौं ।

-राति सुत्दा सधै झुल प्रयोग गर्ने गरौं । लामखुट्टे भगाउने धुप पनि बालौं । तर यस्तो धुप बाल्दा बच्चाहरु सुतेको ठाउँबाट अलि टाढैं राखौं ।

वि.सं.२०७६ असार २ सोमवार ११:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...