back

नेल सलोनमा कामगर्नेहरु होसियार स्वास्थ्य वर्बाद होला

वि.सं.२०७६ असार ३ मंगलवार

156 

shares
NTC AD
Global IME AD

 

अमेरिकाको नर्थ सियाटलमा बसिरहेकी नेल सलोनकि मालिक्नि(साहुनी साराको चार चार वटा बच्चा खेर (मिसक्यारेज) गएपछि उनलाइ हेक्का भयो कि नेल सलोनमा प्रयोग गरिने बिभिन्न रसायनिक(केमिकल) पदार्थहरु शरिर र जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक र खतरा हुने रहेछ ।

त्यसैगरी अर्की नेल सलोनमै कार्यरत ओटाभालो नाम गरेकी महिलाको पनि गत स्प्रिङ्ग सिजनमा तेश्रोपटक बच्चा खेर गयो । यति मात्रै होइन लामै समय नेल सलोनमा काम गर्दै आइरहेकी मनिकाको तीन बर्षे छोरा शारिरिक एबंम मानसिक रुपमा स्वस्थ छैन ।

यसको मतलब पछिल्ला बर्षहरुमा नेल सलोनमा काम गर्ने महिला एबम पुरुषहरुको स्वास्थ्यमा नेल सलोनको रसायनिक तत्वहरुको प्रयोगबाट प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा परिरहेको असरको चर्चा, चासो ह्वात्तै बढिरहेको छ । पब्लिक तहदेखि सरकारी फेडरल एबम राज्य सरकार र गैरसरकारी सघ सस्थाहरु पनि नेल सलोनमा कार्यरत कामदारहरुको स्वास्थ्य प्रति चासो, चिन्ता सङ्गसङ्गै कानुनी हिसाबले कडाइ एबम जनचेतनाका लागि थप क्रियाशिल बन्दै गैरहेका छन् ।

बोस्टनको सेफ्टी र हेल्थ म्यागेजिनका अनुसार नेल सलोनमा कार्यरत कामदारहरु मध्ये ४४५मा टाउको दुख्ने, २८५ मा कामप्रति बिकर्षण र केन्द्रित हुनै नसक्ने प्रभाव देखियो ।

नेल सलोनमा प्रयोगमा ल्याइने ४ किसिमका रसायनिक तत्वहरु मुख्यरुपमा अत्यन्त हानिकारक हुने गर्दछ । यि रसायनिक तत्वहरु मन्द बिष हुन् भन्दा भयो । यसका कारणले स्वास्थ्यमा कुनै ढिला त कुनै तत्कालै बिभिन्न असरहरु देखा पर्ने हुन्छ ।

मुलत नेपालबाट अमेरिका आएका अधिकाश महिलाहरु चाहे न्युयोर्क होस, चाहे क्यालिफोर्निया होस्, चाहे टेक्सास वा अन्य राज्यहरुमा होस अधिकाश महिलाहरु नेल सलोनमा कार्यरत छन् । नेपालबाट केहि सिकेर आउने वा यतै आइ आफ्ना साथि सर्कल वा आफन्त मार्फत वा कुनै अन्य मार्फत अधिकाश महिलाहरुको कामको पहुच भनेकै नेल सलोन हो अमेरिकामा । भाषागत पुर्णता पनि आबश्यक परेन, अत्यन्त तालिम एबम हार्डवर्किङ्ग पनि आबश्यक परेन नेल स्पा सलोनमा काम गर्न । आखि भौ, कान, काखुति, जुङ्गा, भजिना सरसफाइ देखि फेसियल सम्म, आँखाको परेला थप्ने देखि मालिस सम्म हुने गर्दछ यस्ता नेल स्पा सलोनहरुमा । मिनिमम तलब भन्दा टिप्स नै जम्मा हुने गर्दछ यस्ता सलोनहरुमा कार्यरत महिला एबम पुरुषहरुको । यहि टिप्सको खुशी र कमाइमा सलोनमा प्रयोग हुने रसायनिक केमिकल तत्वहरुको असर र जोखिम प्रति धेरैको चासो देखिदैन । मैले टिप्सबाट यति कमाए, मैले टिप्स यति घर लगे, फलानाले यति टिप्स दियो भन्दाभन्दै जनस्वास्थ्य र शरिरमा भैरहेको असर भुल्ने र बेवास्ता गर्नेहरु मनग्गे छन् ।

नेल सलोनमा प्रयोगमा ल्याइने ४ किसिमका रसायनिक तत्वहरु मुख्यरुपमा अत्यन्त हानिकारक हुने गर्दछ । यि रसायनिक तत्वहरु मन्द बिष हुन् भन्दा भयो । यसका कारणले स्वास्थ्यमा कुनै ढिला त कुनै तत्कालै बिभिन्न असरहरु देखा पर्ने हुन्छ ।

केहि बर्ष यस्ता नेलमा काम गरिसकेपछि टोलै पिच्छे नेल सलोन खुल्दै गैरहेका छन अमेरिकामा नेपालीका । पन्जा, मास्क एबम अन्य साबधानिका लागि कानुनि हिसाबले कडाइ गर्दै लगेपनि यस्ता केमिकलहरुको असरबाट बच्न सकिन्छ भन्ने होइन ।

के के हुन त ४ किसिमका खतराजन्य हानिकारक रसायनिक केमिकल र यसबाट हुने असरहरु–

१-टोल्न Toluene
क) छाला सुख्खा हुने र फाट्ने ।
ख) आँखा, नाक र घाटी पोल्ने, इरिटेड बनाउने र चिलाउने ।
ग) टाउको दुख्ने र तिर्मिराउने ।
घ) गर्भपतन हुनसक्ने, महिलाको गर्भाधानमा असर पुर्याउने र बच्चा खेर जान सक्ने ।
ङ) ब्रेनमा असर गर्ने जसबाट सोच्न, सम्झिन पहिचान गर्ने सक्ने क्षमतामा ह्रास हुने ।

२- फर्मलडिहाइड ormaldehyde
क) आँखामा पानी आइरहने र आँखा पोल्ने ।
ख) स्वाशप्रश्वासमा गम्भीर असर, आज्मा, खोकी र श्वास फेर्दा आबाज आउने ।
ग) क्यान्सर
घ) एलर्जि हुने र छालमा धब्बा शुरु हुने ।

३-डिबुटिल प्याथालेट Dibutyl Phthalate
पुरुषहरुको रिप्रडक्टिभ बर्थमा असर

४- मेथाइल मेथाक्रिलेट एमएमए Methyl Methacrylate
क) आखा रातो हुने र चिलाउने, छाला सुन्निने ।
ख) घाटी चिलाउने, नाक चिलाउने, सिङ्गान आइरहने र खोकि लाग्ने ।
ग) टाउको दुख्ने, घुमाउने, तिर्मिराउने ।
घ) ध्यान केन्द्रित नहुने र बिकर्षण बढ्ने ।
ङ) मासु कमजोर हुने र प्यासिभ नम्बनेस बन्दै जाने ।

त्यसैले नेल सलोनमा काम गर्दा सेफ्टि मेजर अपनाउने र यस्ता रसायनिक तत्वहरुको प्रयोग गर्दा साबधानि अपनाउनु उत्तम हुनेछ । यस्ता गम्भिर रसायनिक तत्वबाट शरिर एबम जनस्वास्थ्यमा पर्ने जाने खतराजन्य असर डलरको कमाइ वा टिप्सले भरताल गर्दैन । त्यसैले सकेसम्म नेल सलोनमा काम गर्दै नगर्ने गरे पनि अत्यन्त सावधानि अपनाउनु होला ।

वि.सं.२०७६ असार ३ मंगलवार ०९:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

सल्यान बस दुर्घटना अपडेटः गम्भीर घाइते भएका विकको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका...