Sansar News- Nepal's Fast Khabar Online News Portal

अष्ट्रेलियाद्वारा अनुदान सहयोग रोक्का

संसार न्यूज़
४ वर्ष पहिले

२२ साउन,क्यानबेर्रा  । वल्र्ड भिजन अन्तर्राष्ट्रिय संस्थाको प्यालेस्टाइन सहयोग नियोगलाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको आर्थिक अनुदान निलम्बन गरेको छ ।

प्यालेस्टाइन सहयोग नियोगले लुकाइछिपाइ अष्ट्रेलियाली अनुदानको रकम इजरायलको हमास विद्रोही समूहलाई दिएको खुलासा भएको आरोपमा अष्टे«लियाले आर्थिक अनुदान रोक्का गरेको हो ।

वल्र्ड भिजनको गाजा (प्यालस्टाइनी) क्षेत्रका महाप्रवन्धक मोहम्मद एल हलाबिले अनधिकृतरुपबाट पाँच करोड अमेरिकी डलरभन्दा बढी रकम हमास विद्रोही समूहलाई सहयोग गरेको रहस्य खुल्न आएपछि अष्टेलियाको वैदेशिक मामिला तथा वाणिज्य मन्त्रालयले यस बारे छानबीन सुरु गरेको र टुङ्गो नलागुन्जेलसम्मका लागि अष्टेलियाले सहयोग नै निलम्बन गरेको जनाइएको छ ।

वैदेशिक मामिला तथा वाणिज्य मन्त्रालयका प्रवक्ताले अष्टेलियन एसोसिएटेड प्रेस (एएपी)लाई बताउँदै यो मामिला “अत्यन्त दुःखद्” रहेको र निर्दोष नागरिकहरुलाई चोट पुग्ने गरी सशस्त्र विद्रोही समूहलाई समर्थन गर्ने अभिप्रायःअष्ट्रेलियाको कदापि नरहेको प्रष्ट पार्नुभएको छ ।

अष्टेलियाले वल्र्ड भिजनमार्पmत् गाजा पट्टिमा विभिन्न कृषि आयोजना तथा बालबालिका ट्रमा स्वास्थ कार्यक्रमका लागि भनेर विगत पाँच वर्षदेखि ठूलो रकम अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ ।

वल्र्ड भिजनको गाजा क्षेत्रका महाप्रवन्धकबाट अनुदान सहयोगको रकम दुरुपयोग भएको ज्ञात भएपछि वल्र्ड भिजन अष्टेलियाका प्रमुख टिम कोस्टेलोले “हामीले आतङ्कवादलाई होइन, निमुखा र गरीब प्यालेस्टानी जनतालाई सहयोग गर्न खोजेका थियौँ भन्ने तथ्य आम अष्टेलियाली जनता समक्ष पुनःविश्वास दिलाउन चाहन्छु, हालसम्म हामीले दिएका सबै सहयोग रकमको पाइ, पाई हिसाब मागिनेछ” भनेका छन् ।

अष्टेलियाली अनुदान सहयोग अब सदाका बन्द गर्ने वा पछि पुनःचालूगर्ने भन्ने निर्णय भने लिइनसकेको जनाइएको छ । रासस/सिन्ह्वा

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…