Sansar News- Nepal's Fast Khabar Online news portal

प्रवासमा हराएका नेपाली सपनाहरु

संसार न्यूज़
३ महिना पहिले
प्रवासमा हराएका नेपाली सपनाहरु

रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेश पुगेका नेपाली मध्ये २०७६ सालको पहिलो महिना बैशाखमा जापानमा ४, कुवेतमा २, मलेसियामा २, इटालीमा १ र युएईमा १ गरे ९ नेपालीको विभिन्न कारणले मृत्यु भएको समाचार ऐक्यबद्धतालाई प्राप्त भएको छ ।

इटालीमा कार्यरत स्याङजाका सोभित बहादुर बिश्वकर्माको मृत्यु भएको छ । डेढवर्षदेखि इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका २९ वर्षीय विश्वकर्माको क्यान्सर रोगको कारण मे १० ( बैशाख २७) मा मृत्यु भएको जनाईएको छ ।
लगातार बान्ता भएपछि उपचारका लागि अस्पताल पुगेका उनमा क्यान्सर रोग देखिएको चिकित्शकहरुले बताएका स्विजरल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतमा कार्यरत झापाका लभिन राजवंशीको १३ मे (बैशाख ३०) मा मृत्यु भएको छ । कुवेतको कुब्जे कम्पनीमा कार्यरत २६ वर्षीय राजवंशीको महाबुल्लामा रहेको कम्पनीको होस्टलमा मृत्यु भएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
कुवेतमै प्रेमिकाको छुरी प्रहारबाट खेम बहादुर विकको ज्यान गएको छ । लिभिङ टुगेदरका रुपमा सँगै बस्दै आएका तनहुँ शुक्ला गण्डकी १ का विकमाथि धरानकी ती माया नाम गरेकी महिलाले मे १ (१८ बैशाख) मा हत्या गरेकी थिइन् । सामान्य विवादमा आवेशमा आएकी उनले छुरा प्रहार गरेको बताइएको छ । हाल उनी प्रहरी हिरासतमा छन् ।
विकको छाति र ढाडमा चोट लागेको थियो । विक बैद्यानिक र मायाले काम गर्ने घर छाडेर बाहिर बस्दै आएको बताईएको छ ।

मलेसियामा कार्यरत दुई युवाको मृत्यु भएको छ । आठवर्ष अगाडि रोजगारीका लागि मलेसिया पुगेका रुकुमका नवीन कुमार मल्लको ज्यान गएको हो । मे १ (बैशाख १८) मा मृत्यु भएको हो । बिरामी रहेका उनको राम्रोसँग उपचार नभएकै कारण मृत्यु भएको उनका नजिकका नेपालीहरुले बताएका छन् ।


मलेसियाको चर्चित कम्पनी डब्लुआरपी कम्पनीमा काम गर्दै आएका मल्ल केही समयदेखि अस्वस्थ्य भएको र सामान्य मेडिकलबाट औषधि ल्याएर खाइरहेका थिए । पछिल्लो समय सिकिस्त भएपछि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको जनाइएको छ ।

मलेसियामै सप्तरीका दीपेन्द्र दासको पनि मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कङकाल्नी नगरपालिका १ भारदहका ४० वर्षीय दासको मे ३ (२० बैशाख) का दिन मृत्यु भएको उनका दाइ जशो दासले बताएका छन् ।

इँट्टा बनाउने कम्पनीमा कार्यरत उनको इँटा बनाउने मसिनले च्यापेर मृत्यु भएको थियो । उनको शब नेपाल ल्याइदिन परिवारले सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

यसैगरी जापानमा ४ नेपालीको मृत्यु भएको जापानबाट पत्रकार ज्याक खड्काले जनाएका छन् । जापानको पार्कमा घुम्न गएका हितराज कंडेलको हृदयघातका कारण मृत्यु भएको छ ।

जापानको साइतामा रेष्टुरेण्ट संचालन गर्दै आएका ५३ वर्षीय कंडेलको मे ५ (बैशाख २२) मा मृत्यु भएको हो । आफू बस्दै आएको खावागोय नजिकैको पार्कमा घुम्न गएका कंडेलको त्यहि हृदयघात भएको बिहुँकोट समाज जापानले जानकारी दिएको छ । उनलाई तत्कालै अस्पताल लगिए पनि चिकित्शकहरुले मृत घोषणा गरेका थिए ।
परिवारसहित जापानमा बस्दै आएका कंडेलको श्रीमती र ३ छोरा रहेका छन् ।

जापानकै चिबामा चितवनका बिपिन धितालको मृत्यु भएको छ । उनको २९ अप्रिल ( १६ बैशाख) मा खाना बनाउने क्रममै अचानक ज्यना गएको बताइएको छ ।
चितवन घर भएका धितालको आकस्मिक निधनको कारण थाहा हुन नसकेपनि हृदयघात भएको हुनसक्ने आशंका गरिएको छ । उनको कलेजोमा पनि समस्या रहेको बताइएको छ ।

त्यस्तै जापानमा २४ वर्षीय युवा विनय खड्काले पार्कमा झुण्डिएर आत्महत्या गरेको समाचार छ ।

जापान प्रहरीका अनुसार खड्काले टोकियोको निशिगाहारा रेल स्टेशन नजिकै रहेको पार्कमा ७ मे (बैशाख २४) मा कपडाको पासो लगाएर आत्महत्या गरेका थिए । खड्काले आफैले लगाएको कपडा खोलेर रुखमा पासो लगाएको पनि सिसिटिभी फुटेजमा देखिएको छ । उनले के कारणले आत्महत्या गरेर भन्ने खुल्न सकेको छैन । आत्महत्याको अघिल्लो दिन कामतामा रहेकी श्रीमतीलाई लिन जान्छु भनेर हिँडेको बताइएको छ ।

खड्का म्याग्देली समाज (मोना) जापानका पूर्वअध्यक्ष तथा जनप्रगतिशील मंच जापानका सल्लाहका महेन्द्र खड्काका छोरा रहेका उनको अप्रिल २७ (बैशाख १४) मा जापानमै दाहसंस्कार गरिएको छ ।

अध्ययनका सिलसिलामा जापान पुगेकी ममता मोक्तानको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ ।

जापानको नागोया मेकेनको योकाइची सिटीमा १५ अप्रिल (बैशाख २) मा साइकलमा गइरहेकी मोक्तानलाई ट्रिपरले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको थियो ।

नागोयामा रहेको योक्काइची कलेज अफ ईन्फरमेशन एण्ड ल्याङवेजमा सेन्मोन गाग्गोमा अध्ययन गर्दै आएकी उनी २ वर्ष अगाडि विद्यार्थीको रुपमा जापानको अ‍ेकिनावा पुगेकी थिइन् । उनी दुई साता अघिमात्र नुवाकोट शिवपुरी गाउँपालिकाका राम तामाङसँग विवाह गरेर जापान फर्केको बताइएको छ ।

रोजगारीका लागि सात महिनाअघि युएई पुगेका मकवानपुरका रामहरि रुम्बाको सुतेकै अवस्थामा मृत्यु भएको समाचार छ ।

मकवानपुरको इन्द्रसरोबर ४ का रुम्बा १७ अप्रिल (४ बैशाख) मा सुतेको अवस्थामै मृत भेटिएका थिए ।  राति खाना खाएर सुतेका रुम्बा अर्कोदिन बिहान ओछ्यानमै मृत भेटिएका थिए ।

ड्युटी जाने समयसम्म नउठेपछि उठाउन खोज्दा मृत भेटिएको उनका काका समिप रुम्बाले जानकारी दिएका छन् । उनको परिवारमा श्रीमती ९ वर्षीय छोरा र ४ वर्षीया छोरी रहेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…