Sansar News- Nepal's Fast Khabar Online news portal

एग्रो टुरिज्म नै समृद्धिको मेरुदण्ड हो

संसार न्यूज़
३ महिना पहिले
एग्रो टुरिज्म नै समृद्धिको मेरुदण्ड हो

 

उत्पादन नगरी आत्मनिर्भर नहुने, आत्मनिर्भर नभै स्वाधिन नहुने र स्वाधिनता नभै समाजवादको आधार नबन्ने कुरामा उनी सचेत छन् तर पार्टीहरु र सरकारले उत्पादनमैत्री वातावरण बनाउन नसकेकोमा उनी खिन्न पनि छन् । भन्छिन् “उत्पादन गर्नु राष्ट्रधर्म ठानेर मैले कृषि उत्पादन र पर्यटन जोडेर अघि बढेकी हुँ ।”

गोमा ढकाल, कृषि पर्यटन अभियन्ता
पारिवारिक पेशाको रुपमा सानै उमेरदेखि पर्यटन सेवासँग जोडिँदै आएकी गोमा ढकालले पर्यटन क्षेत्रका विविध विधाहरुमा एक्लै वा साथीभाइसंग मिलेर व्यवसाय तथा सेवामुलुक काम गर्दै आइन् । यहि क्रममा उनलाई लाग्यो, समृद्धिको एउटा आधार पर्यटन त हो नै, त्यसबाहेक दैनिक उपभोग्य सामाग्रीको अग्याृनिक उत्पादन अर्को महत्वपूर्ण पाटो हो ।

लामो समयदेखि पोखरामै अभ्यस्त रहेकी गोमा ढकाल राजनीतिबाट पनि टाढा छैनन् । प्रगतिशिल रुपान्तरणको आन्दोलनप्रति आकर्षित हुँदै कम्युनिष्ट पार्टीप्रति झुकाव राखेर सामाजिक छवि बनाएकी गोमा पोखरा महानगरमा उपमेयरको प्रत्यासी पनि भइन् । निर्वाचनमा पार्टीले खटाइरहेका बखत पनि उनी देशको हित र सामाजिक मुद्धाहरुमा सबैको सहमति चाहिन्छ भन्ने सोच राख्ने गर्दथिन् । उनी भन्छिन् “कहिलेकाहि खिन्नता आउँछ, राजनीतिमा भनाइ एउटा र व्यवहार अर्को पाउँदा, तर पनि विचार र व्यवहार एउटै बनाउन निरन्तर लडिरहनु पर्दोरहेछ भन्ने बुझाइले मलाई संयम गराइराख्छ ।”

सामाजिक सक्रियताका कारण नै जीवनलाई सहज बनाउन सकेको बताउने गोमा ढकाललाई श्रीमान र बच्चाहरुबाट पनि पुरा सहयोग रहेको छ । उनी राजनैतिक, सामाजिक वा व्यवसायिक रुपले काम गर्न स्वतन्त्र छन् र आँटेको काममा साथ पनि पाइरहेकी छन् । २०४३ देखि पर्यटन पेशामा प्रत्यक्ष जोडिएकी गोमा ढकालले पर्यटनलाई कृषि उत्पादन र उद्यमसँग व्यवहारमै जोड्न सुरु गरेकी छन् ।

उनको व्यवहार प्रष्ट काममै देखिन्छ । पोखरा महानगरपालिका वडा नं २४ बडरे, पामेमा रहेको इन्द्रेणी अर्गानिक फर्म र इन्द्रेणी होमस्टेमार्फत उनी एग्रो टुरिजममा खरो उत्रेकी छन् । पर्यटनका विविध सेवामा लगानी गर्दै लामो अनुभव बटुलेकी उनले रेन्बो हेण्डीक्राफ्ट मार्फत हस्तकला प्रबर्धन पनि गर्दै आएकी छन् । रेन्बो एक्सपेडीसन नामक कम्पनी खोली काम सुरु गरेकी उनलाई कृषि र उत्पादनमा लाग्नै पर्ने जरुरी पनि थिएन । यसबारेमा संसारन्यूजसँग कुरा गर्दै उनले भनिन् “मैले एग्रो टुरिजमबाट बढी नाफा कमाउँला भनि हात हालेको होइन, हामीले खाने उत्पादनहरु पनि विदेशबाट आयात हुने, त्यसमाथि शुद्ध नपाइने भएपछि पर्यटनको हव मानिने पोखरामा अर्गानिक उत्पादन खुवाएर पर्यटकको पनि स्वास्थ्य तन्दुरुन्त बनाउन तथा उनीहरुको जिब्रोमा नेपाली उत्पादनको मौलिक स्वाद दिन उत्पादनसहितको काम गर्नुपर्छ भन्ने लागेर यसमा कोशिस गरेकी हुँ । ’

जग्गाबाहेकको पूर्वाधार निर्माणमा मात्र उनले एक करोड बढी खर्च गरिसकेकी छन् । ‘होमस्टे र फर्म दुवैलाई आकर्षक बनाउन तत्काल २ करोड बढी थपिहाल्ने आवश्यक भएकाले सहुलियत कृषि ऋणका लागि निवेदन दिएकी छु ।’ उनले संसारन्युजलाई जानकारी दिइन् ।
उनी व्यवसायिक काम बाहेक विभिन्न संघसंगठनहरुमा पनि उत्तिकै सक्रिय छन् । २०६५ मा रेन्बो चिल्ड्रेन होम दर्ता गरेर सञ्चालन गरेकी उनी यसअघि पनि बालबच्चा, बृद्ध र अशक्त तथा गरीब दुःखीहरुको सेवामा जुट्दै आएकी थिइन् । विभिन्न आमा समूहरुको सञ्जाल, धार्मिक सांस्कृतिक र पर्यटकीय गरी दर्जनौ संघसंस्थाहरुमा सल्लाहकार, सामुदायिक प्रहरी सेवाको बैदाम हुँदै कास्की जिल्ला अध्यक्ष, उद्योग वाणिज्य संघमा कार्यकारी सदस्य, नेपाल उद्योग व्यापार संगठनको केन्द्रीय सदस्य, पर्यटन महिला व्यवसायी मंचको सल्लाहकार, बालगृहहरुको महासंघ नेपालको वरिष्ठ उपाध्यक्ष, अष्ट ज अभियान नेपालको केन्द्रीय सदस्य र गैरसरकारी संस्था नेपाल महासंघको केन्द्रीय सदस्य लगायतको जिम्मेवारी सम्हाल्दै आएकी छन् । धेरै संघसंस्थाको आबद्धता र जिम्मेवारी सम्बन्धमा गरिएको जिज्ञासामा गोमा भन्छिन् “सक्रिय नभै बस्नै सक्दिन, भेला र बैठकहरुमा जाँदा साथीहरुले विश्वास गरेर जिम्मेवारी दिइहाल्छन्, भाग्न सक्दिन तर अहिलेसम्म आफ्नो भूमिका निर्वाह गर्न सकेको छु ।”

इन्द्रेणी अर्गानिक फर्म र होमस्टे परियोजना विस्तारका सम्बन्धमा गोमा भन्छिन “हामीले कहिलेकाहिँ विदेशी पर्यटक पनि ल्याउने गरेका छौ । भौतिक व्यवस्थापन सुधार गर्ने बित्तिकै स्वदेशी विदेशी दुवै पर्यटक आउनेछन् । झण्डै ३० रोपनी जग्गाको वरपर उनले आधुनिक टनेल, बाख्रापालन, तरकारी खेती, घाँसखेतीसहित माछापालनको तयारी समेत गरेकी छन् । पुरानो घरको आधार वरपर उनले खरले छाएका घरलाई होमस्टेको पाहुना घर बनाएकी छन् । १६ वटा बेड, पानी धाराको राम्रो सुविधा, मौलिक भान्साघर, माटाको चुल्हो, बोराको गारो, ग्रीन हाउस, नर्सरी, चिफ्लेटीको तयारीसहित उनको होमस्टेले पाहुना पर्खिरहेको छ । आफ्नै तरकारी र लोकल मासुबाहेक फलफूलको पनि तयारी हुँदैछ ।

लिची, एभोकाडो लगायतको बिरुवा बढीरहेका छन् । मौरीको मह, कुखुरा, बाख्रा, हाँस आफैले छानेर उपयोग गर्न पाइने हुँदा वर्षापछाडी पर्यटक बढ्ने अपेक्षा ढकालको छ । खुर्सानी, कफि, गोलभेंडा, साग, काँक्रो, करेला, कागती सबैको धमाधम तयारी हुँदैछ, त्यहाँ ।

फर्मसँगै उनले सरकारी सहयोगमा ग्रिनहाउस समेत तयार पारेकी छन् । ५ वटा ट्याङ्की राखेर सिंचाई व्यवस्थापन गर्न दूधका लागि आफ्नै भैंसी फर्म तयार गर्ने काममा उनी जुटिरहेकी छन् भने बैठक र भेलाहरुका लागि बैठक हल थप्ने योजना समेत सुनाएकी छन् ।

उत्पादन नगरी आत्मनिर्भर नहुने, आत्मनिर्भर नभै स्वाधिन नहुने र स्वाधिनता नभै समाजवादको आधार नबन्ने कुरामा उनी सचेत छन् तर पार्टीहरु र सरकारले उत्पादनमैत्री वातावरण बनाउन नसकेकोमा उनी खिन्न पनि छन् । भन्छिन् “उत्पादन गर्नु राष्ट्रधर्म ठानेर मैले कृषि उत्पादन र पर्यटन जोडेर अघि बढेकी हुँ ।”

तर उत्पादनमैत्री बातावरण बनाउन भने अष्ट ज अभियान लगायतका संगठनहरुको सक्रियता अझ बढाउनुपर्ने धारणा उनको रहेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…