Sansar News

अमेरिका जाँदै हनुहुन्छ ? त्यसो भए यो पढ्न नछुटाउनुहोस्

सानुबाबु सिलवाल,अमेरिका
३ हप्ता पहिले
अमेरिका जाँदै हनुहुन्छ ? त्यसो भए यो पढ्न नछुटाउनुहोस्

अन्यौल हुन्छ धेरैलाइ । अत्यास लाग्दो होला के गर्ने भनेर ? अमेरिकामा गएर कता बस्ने ? के काम गर्ने ? काम पाइन्छ कि पाइदैन ? काम कसरी गर्ने होला ? बच्चाहरुको स्कुल के गर्ने ? कता बस्दा उपयुक्त हुनसक्दछ ? भाषा कसरी सिक्ने ? अमेरिकी रहनसहनलाइ कसरी युज्डटु बनाउने ? कसो होला जीवन ? टिक्न सकिएन भने के गर्ने ? काम गर्न जानिएन भने के गर्ने ? कागज कसरी बनाउने ? सोसियल सेक्युरिटी, आइडेन्टिटी कार्ड, ड्राइभर लाइसेन्स कसरी, कहा लिने ? यातायात, खानपिन, काम र जनजीवन कसरी सहज बनाउने चिन्ता र चासो एबम् ध्यान यतै मोडिन्छ धेरैको नेपालको एयरपोर्टबाट प्लेन चढेपछि ।

नयाँ मानिसहरुका लागि यस्तै यस्तै हो चुनौति, चिन्ता र चासो अमेरिकाको एयरपोर्ट नउत्रेसम्म र उत्रे पछिका केहि दिन र केहि रातहरु अन्यौल र सकस हुने गर्दछ ।

तपाईहरु नयाँकै लागि जो आउदै हुनुहुन्छ । जो भर्खरै एयरपोर्टमा हुनुहुन्छ, प्लेन चढिसक्नु भयो, अमेरिकाको एयरपोर्टमा उत्रिदै हुनुहुन्छ, उत्रिनु भयो र उत्रेर पनि कसैकोमा, आफन्तकोमा, दलालकोमा, स्पन्सर गर्नेकोमा बसिरहनु भएको छ भने तपाइहरुकै लागि सानो टिप्स तयार गरिदिएको छु क्रमश : जसले तपाइको अमेरिका बसाइ सहज बनाउन सकोस् । कम सकस होस् भन्ने नै मेरो अभिप्राय हो । धेरैले भन्लान् यो त हामिले चाल पाएकै कुरा हो । किन लेखेको होला भन्लान् तर, तपाईले जान्यो भन्दैमा नयाँ नेपाली दाजुभाइ दिदिबहिनीहरुले जान्छन भन्ने होइन । तिनै नयाँ दिदिबहिनी दाजुभाइ हरुका निम्ति ः–

१– आफन्त, भाइसाथी वा चिनेजानेका मानिस खोज्नुहोस् पहिले अमेरिका आउनु पूर्ब ।

२ सोध्नुहोस् के के ल्याउनु पर्ला भनेर ।

३ सोध्नुहोस् के के जानेर आउदा राम्रो हुन्छ ?

४ अंग्रेजी भाषामा कमजोरी भए भाषा क्लास लिनुहोस् । समान्यतया बोलिचाली भाषा जानेर आउनुहोस् ।

५ अझै स्पानिस भाषा सिकेर आउदा झन उत्तम ।

६–ड्राइभिङ्ग सिकेर आउनुहोस् । काम लाग्दछ अमेरिकामा ।

७–ब्युटि, ह्यान्डि, अड जबका कामहरु सिकेर आउदा झन राम्रो ।

८- अमेरिका आइसके पछि आफ्नो बस्ने ब्यबस्था नभएसम्म आफन्त वा भाइसाथिसँ बसाइको ब्यबस्था मिलाउनुहोस् ।

९ -पहिल्लै काम हेरिदेउ भनेर अनुरोध गर्नुहोस् ।

१० अमेरिका आइसकेपछि सामान्य बोलिचाली, हाइहेल्लो, थ्याङ्क्यु, वेलकम, हाउ आर यु, आइ एम फाइन जस्ता शब्द र बाक्यहरु बोल्न सिक्नुहोस् ।

११- सोसियल सेक्युरिटी अफिसमा गै सोसियल सेक्युरिटी कार्ड एप्लाइ गर्नुहोस् ।

१२- काम खोज्नुहोस् ।

१३- काम र श्रम गर्न नलजाउनु होस् ।

१४- काम गर्न थालेपछि आफ्नै एपार्टमेन्ट खोज्नुहोस् ।

१५ -स्थानिय वा भाइसाथिको सहयोगमा स्कुल, काम र वरिपरिको बाताबरण सिक्नुहोस् ।

१६- अमेरिकी डलर, क्बाटर, डायम, निक्कल, पेनि, १,२,५,१०,२०,५० र १०० का डलर बिलहरु चिन्नुहोस् ।

१७- कसरी काम गर्ने, कसरी कर तिर्ने, कसरी बिल तिरनतारन गर्ने त्यो सबै सिक्नुहोस् ।

१८- सेलफोन आफ्नै लिनुहोस् ।

१९ -आइ डि लिनुहोस् नजिकैको डिएम भि कार्यालयबाट ।

२० -गाडीको लागि लर्नर पर्मिटको जाँच दिने र पास भएमा ड्राइभर लाइसेन्सका लागि ट्रायल दिने ।

२१-ड्राइभर लाइसेन्स लिएपछि गाडि सेकेन्ड ह्यान्ड किन्ने ।

२२ -बस्ने ठाउ भयो, काम रोजगार पनि भयो, स्कुल बच्चाका लागि पनि भयो, गाडि पनि भयो, कमाउन पनि थालियो भनेपछि तपाई अमेरिकामा सेटल हुने सुर आयो र टिकेर खाने मेसो शुरु भयो भन्दा हुन्छ ।

बेष्ट अफ लक, गुड लक । नबुझेमा, थप जान्ने चाहेमा तपाइहरुले जतिसुकै बेला मलाइ फोन, टेक्स वा सम्पर्क गर्न सक्नुहुनेछ । तपाइहरुकै हित र सहयोगका निम्ति मेरा कलमहरु जारी छन् ।

भर्खर

पटक पटक नेतृत्वमा दाबी गर्ने नजिर बस्न दिनु हुँदैन

पटक पटक नेतृत्वमा दाबी गर्ने नजिर बस्न दिनु हुँदैन ५ घण्टा पहिले | संसार न्यूज़

गैरआवासीय नेपाली संघ(एनआरएनए) प्रवासी नेपालीहरुको साझा संस्था हो । तर…

प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो

प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो ६ घण्टा पहिले | संसार न्यूज़

७ साउन । नेपाल घुम्न आउने पर्यटकको पहिलो भेट सुरक्षाकर्मीसँग…

सम्बन्ध सुधारको सेतुको रुपमा काम गर्ने अवैतनिक वाणिज्यदूतहरुको प्रतिबद्धता

सम्बन्ध सुधारको सेतुको रुपमा काम गर्ने अवैतनिक वाणिज्यदूतहरुको प्रतिबद्धता ६ घण्टा पहिले | संसार न्यूज़

७ साउन, काठमाडौँ । नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूले आफूूहरूलाई…

क्रिकेट खेलाडी सिंहलाई ५१ हजार सहयोग

क्रिकेट खेलाडी सिंहलाई ५१ हजार सहयोग ६ घण्टा पहिले | संसार न्यूज़

७ साउन । जिल्ला क्रिकेट सङ्घ महोत्तरीले दुवै मिर्गौला खराब…