Sansar News- Nepal's Fast Khabar Online News Portal

खेलकूदका विजेतालाई सम्मान गरिने

संसार न्यूज़
३ महिना पहिले

२५ असार । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भएका विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने भएको छ ।
विसं २०७५ चैत २७ देखि २०७६ वैशाख ११ सम्म प्रदेश नं ५ का विभिन्न स्थानमा सम्पन्न राष्ट्रिय खेलकूदमा प्रथम, द्धितीय र तृतीय हुने खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गर्ने कार्यक्रम छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकूदका विजेता खेलाडीलाई नगद र सम्मानपत्रसहित सम्मान गरिने समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकूदमा गण्डकीले प्रथममा १८, द्धितीयमा २५ र तृतीयमा ५० गरी ९३ पदक जितेको थियो । व्यक्तिगत प्रतिस्पर्धामा प्रथमलाई १० हजार, द्धितीयलाई सात हजार र तृतीयलाई पाँच हजार तथा समूह खेलबाट प्रथम, द्धितीय र तटृतीयलाई सात हजार, पाँच हजार र तीन हजार नगदसहित सम्मान गरिने क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए । प्रदेश सरकारले खेलाडी सम्मानका लागि समितिलाई रु ११ लाख ७८ हजार ८०० उपलब्ध गराएको छ ।

यसैबीच क्षेत्रीय खेलकूद विकास समितिले गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यही असार २६ र २७ गते पोखरा रङ्गशालामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट गरी ९१३ खेलाडीले भाग लिने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्ट तथा तौल समूहमा गरी ४८ स्वर्ण, ४७ रजत र ६० कास्य गरी १५६ पदकमा प्रतिस्पर्धा हुने बताइन्छ ।

प्रतियोगितामा प्रथम हुने जिल्लालाई २० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १० हजार, ट्रफी र मेडल प्रदानगरिनेछ । विद्यालयस्तरबाटनै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रत्येक स्थानीय तह हुँदै जिल्लास्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी यही असार २९, ३० र ३१ गते काठमाडौँमा आयोजना हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…