Sansar News

चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुशी

रासस
६ दिन पहिले

२६ असार, जाजरकोट । चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुशी भएका छन् ।
आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थालेका छन् ।

आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो हुनेगरी कामसमेत गर्नुपरेको उनले बताए ।

उनीजस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा पोख्नुपरेको थियो । अहिले सरकारको उपलब्ध गराएको रु पाँच लाख २५ हजारले घर तथा जग्गा किनेर ढुक्कसँग बस्न पाएको बुद्धेले बताए ।

उनीहरु हरू जस्तै जाजरकोटका ४०० हलियाले घर निर्माण गरी आनन्दसँग बस्न पाएको बताएका छन् । प्रतिपरिवारलाई रु दुई लाख जग्गा किन्न र रु तीन लाख २५ हजार घर निर्माणका लागि रकम उपलब्ध गराइएको थियो ।

अर्काको हलिया बसेर दैनिक जिन्दगी गुजार्दै आएका हलिया आफ्नै घरमा बसेर आफ्नै खेतबारीमा किसानी गर्न थालेपछि अहिले परिवार नै खुशी भएको बुद्धेले बताए । पुनःस्थापना भएर आफ्नै दाजुभाइसँग बस्न पाउँदा जेलबाट मुक्त भएझैँ लागेको अर्का कालीबहादुर टमाटाले बताए ।

जिल्लाका सात स्थानीय तहमा रहेका र अर्काको घरमा काम गर्न बाध्य भएका हलिया अहिले पुनःस्थापना भएपछि किनै खुशी भएका छन् ।

जिल्लाका सबै ठाउँमा निर्माण भएका घर अनुगमन गर्दा राम्रो भेटिएको र सबै परिवार खुशी भएर बसेको पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । अर्को जिन्दगीको शुरुआत भएको प्रतिक्रिया दिएको प्रजिअ बस्नेतले बताए ।

भर्खर

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण ४० मिनेट पहिले | रासस

१ साउन, पाल्पा । तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो…

एक लाखको राष्ट्रिय पुरस्कार

एक लाखको राष्ट्रिय पुरस्कार ४७ मिनेट पहिले | रासस

१ साउन, विराटनगर । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले…

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता ५७ मिनेट पहिले | रासस

१ साउन, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित…

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो १ घण्टा पहिले | रासस

१ साउन, गाईघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर…