Sansar News

‘मातृभूमिका लागि नेपाली’को उत्तर अमेरिकाको संयोजकमा ढुंगेल

संसार न्यूज़
६ दिन पहिले
‘मातृभूमिका लागि नेपाली’को उत्तर अमेरिकाको संयोजकमा ढुंगेल

 

सुशासन र पारदर्शिता सहितको भ्रष्टाचारमुक्त नेपाल निर्माणमा प्रतिबद्ध रहने उद्देश्यका साथ हालै मात्र नेपालमा सुरु गरिएको ‘मातृभूमिका लागि नेपाली’ अभियानको अमेरिकामा पनि शाखा विस्तार गरिएको छ ।

यसैक्रममा मातृभूमिका लागि नेपालीको उत्तर अमेरिका गठन गरि शेखर ढुङ्गेलको संयोजकत्वमा ५९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा डा गोविन्दसिंह राउत, बन्दना कोइराला र प्रा हीराकुमार श्रेष्ठ रहेका छन् ।

समितिका सस्दस्यहरूमा प्रा नवराज बञ्जाडे, रवीन्द्र पाण्डे, सीता पाण्डे, चेत भट्टराई, बीके नेवा, ज्ञानेन्द्र शेरचन, रतन लामा, तारा बराल, रञ्जन शाह, प्रेम चौलागाईं, ज्ञानु रिमाल, मीनबहादुर थापा, कृष्णबहादुर मल्ल, वसन्त अर्याल, किशोर विश्वकर्मा, राजेन्द्र खनाल, मेघराज ढुङ्गेल, विष्णु पौडेल, राजेन्द्र रावत, जयराम खड्का, नरेन्द्रविक्रम शाह, राजु क्षेत्री, दिपु भुसाल र गोपाल थापा रहेका छन् ।

त्यसैगरी समितिका अन्य सस्दस्यहरूमा जोन थापा, गोविन्द श्रेष्ठ, वासुदेव घिमिरे, नीरमणि काराखेती, गोकुल पौड्याल, सङ्ग्रामसिंह हमाल, न्हुच्छे ढुङ्गेल, वासु ढकाल, डा अनुप श्रीवास्तव, कमिका भण्डारी, वासुदेव पराजुली, अजित अधिकारी, ममता कर्माचार्य, काजी लामा, अभय ढुङ्गेल, शिवराज पौडेल, बाबु आचार्य, दीपक हुमागाईं, शेरबहादुर क्षेत्री, डिल्ली भट्टराई, लालगोपाल सुवेदी, हरिकृष्ण काफ्ले, प्रिन्स युवराज कार्की, यम थापा, सञ्जय अर्याल, गजेन्द्र अधिकारी, उमेश थापा, बद्री तिमिल्सिना, अनिल ढुङ्गेल, अग्निराजनाथ शर्मा, हरिराम शर्मा, सुमन न्यौपाने र दीपा पुन राई रहेका छन् ।

समितिको संरक्षणका रूपमा डा दुर्गा पोखरेल तथा सल्लाहकारमा डा दुर्गा दाहाल रहेका छन् । गठित तदर्थ समितिले भविष्यमा सम्मेलन गरी कार्यसमिति बनाउने बताइएको छ । यसअघि छत्रबहादुर मैनालीको संयोजकत्वमा दक्षिण अमेरिका समिति गठन भएको थियो ।

अभियानले नेपाललाई बौद्ध र किराँतलगायतका धर्म संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र बनाउने, विकेन्द्रीकरणसहितको एकीकृत सार्वभौमिकतामा विश्वास गर्ने, जातीय आरक्षणको सट्टा सबलीकरणको नीति अवलम्बन गर्ने र सबै शासक र प्रशासकहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने धारणा राख्ने नेपालीहरू देशभित्र र विदेशमा समेत सङ्गठित गर्ने कामलाई अघि बढाएको छ।

भर्खर

श्रावण महिनामा के गर्दा राम्रो हुन्छ त ?

श्रावण महिनामा के गर्दा राम्रो हुन्छ त ? २५ मिनेट पहिले | संसार न्यूज़

आजदेखि श्रावण महिना सुरु भएको छ । धार्मिक रुपमा यस…

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण १ घण्टा पहिले | रासस

१ साउन, पाल्पा । तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो…

एक लाखको राष्ट्रिय पुरस्कार

एक लाखको राष्ट्रिय पुरस्कार १ घण्टा पहिले | रासस

१ साउन, विराटनगर । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले…

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता २ घण्टा पहिले | रासस

१ साउन, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित…