Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता : किन खाने तरकारी पारीको ?

बलराम तिमिल्सीना, भक्तपुर
५ महिना पहिले
कविता : किन खाने तरकारी पारीको ?

किन खाने तरकारी पारीको ?
खाऊँ आफ्नै खेत र बारीको !

आफ्नै खेत बारी जोतौं खनौं
तरकारी र फलफूलमा
खाद्यान्नमा दाल तेलमा
आत्मनिर्भर बनौं अब आत्मनिर्भर बनौं !

आफ्नै देशका खेतबारी बाँझै बसेका छन्
युवाहरू काम खोज्न विदेश पसेका छन्
बनाऊँ अव नेपाली हो आफ्नै देश हराभरा
पर्खिरा’ छन् हामीलाई आफ्नै टारी–गह्रा
किन खाने तरकारी पारीको…

खाद्यान्नमा देश हाम्रो आत्मनिर्भर थियो
कुन सोचले कुन रोगले यस्तो दुःख दियो
खोजौं रोग उपचार गरी बनौं सञ्चो अव
रोजौं आत्मनिर्भरता हुने खाले बाटो अव
किन खाने पारीको तरकारी …..

किनी खाने मागी खाने सोच निकालेर फालौं
वर्ष दिनमै अर्कै हुन्छ आजैबाट काम थालौं
धेरै हेर्नु ठीक हुदैन सरकारको मात्र बाटो
आफ्नो लागि बाठो छ त्यो हाम्रा लागि लाटो !
किन खाने पारीको तरकारी

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…