Sansar News

कविता : उजुरी

राधा पाण्डे, गैंडाकोट, नपलपुर
१ महिना पहिले
कविता : उजुरी

ए काठमाण्डौ !
ए सिंहदरबार !
त्यो सदनकक्षमा
यस वर्ष !
छाउ विरुद्धको
उजुरी हाल्न
सुदुर पश्चिमबाट
डम्मरा देवी आइपुगेकी छ !

मधेसबाट
बोक्सी विरुद्धको
उजुरी हाल्न
ढेगनी देवी आइपुगेकी छ !

तराईबाट
दाइजो विरुद्धको
उजुरी हाल्न
बविता देवी खातुन आइपुगेकी छ !
छुवाछूत विरुद्धको
उजुरी हाल्न
हरिजन चमार आइपुगेको छ !

यस वर्ष !
त्यो काठमाण्डौसँग
त्यो सिहदरबारसँग
सबै खाले हिंसा र विभेद
अन्त्यको खबरदारी गर्दै
बोक्सीमा आरोपितभै चोट खपेकी
त्यो सुदूरकी राधाले
पहाड
तराई र मधेसको प्रतिनिधित्व गर्दै
उजुरी नामक कविता लेखेकी छ !

पख् है काठमाण्डौ !
सुन् है सिंहदरबार !

यस वर्ष !
त्यो सदनको
रोस्ट्रममा उभिँएर
डम्मरा देवी
ढेगनी देवी
बविता देवी र,
हरिजन चमारको
न्याएको पक्षमा
अनि
निर्मलाको न्याएको पक्षमा
अब सदनबाट
कविता बोलिनेछ !

तैले सुन्नु है काठमाण्डौ !
तैले सुन्नु है सिंहदरबार !

सर्बाधिक पढिएको

म शालिकराम नै हो !

म शालिकराम नै हो ! २ दिन पहिले | बलराम तिमिल्सिना

म शालिकराम पुडासैनी पत्याउँनु भएन ? हो क्या हो म…

कविता : छौँडाहरू

कविता : छौँडाहरू १ महिना पहिले | सञ्जीव पौडेल

समृद्धिको चकमन्न उज्यालो बाँडिरहेको सरकारलाई गौँडा गौँडा कुरेर सेतो अवरोध…

कविता : विवशता

कविता : विवशता ४ हप्ता पहिले | सुमित्रा थामी ‘अविरल’

बुद्धको देशमा शान्ति खोज्दै हिडेको यात्री श्मशान घाटमा तपस्य बसेको…

कविता-भोकाएका ए समृद्धिहरू !

कविता-भोकाएका ए समृद्धिहरू ! १ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

काग कराउन त कराए का का गरेर तर गिद्धै बसेको…

अन्तिम श्रद्धाञ्जली

अन्तिम श्रद्धाञ्जली ४ हप्ता पहिले | उमेशकुमार सिटौला, तेह्रथुम

ॐ ॐ ॐ ॐ ॐ । न चोट पायौ न…

कविता : मेरा गुरु

कविता : मेरा गुरु ३ हप्ता पहिले | टि एन बिस्वामित्र

मेरा गुरु उनले सिद्धान्त पढाए, दर्शन शास्त्रको ठेली बोकेर मानवताको…