Sansar News

कविता : बोल्ने बन्द

अनुराग अरुण
१ महिना पहिले
कविता : बोल्ने बन्द

बोले कि,
ड्यामका ड्याम
झ्याम कि झ्याम
त्यसैले,
अचेल मुखले
खाने बाहेक
अन्य काम बन्द गरेको छ ।

मात्र खाने काम
खानेकुरा जति
सर्लक्क मुखमा हुल्छ ठुस्छ
मजाले
आनन्दले
निसंकोच
सुर्ता नलिइकन
बिस्तारै बिस्तारै
बुद्धि बंगाराले चपाउँदै
भुँडीमा लगेर भण्डारण गर्छ ।

बोले कि,
सुन्निने गरि
निलडाम
अनेक ढाँट छलछाम
त्यसैले होला
अचेल मुखले
खाने बाहेक
बोल्ने काम बन्द गरेको छ ।

अचेल मुखहरू पनि
समय अनुकुल भएका छन्
छेपारे प्रवृतिका भएका छन्
खाईरहन्छ
चपाई रहन्छ
मरि काटे
फिसिक्क बोल्न मान्दैनन्
अचेल,
मुखको काम
खाने मात्र भएको छ ।

बोल्यो कि
राम राम
परमधाम
त्यसैले होला
अचेल मुखले
खाने बाहेक
अरु काम बन्द गरेको छ ।

सर्बाधिक पढिएको

म शालिकराम नै हो !

म शालिकराम नै हो ! २ दिन पहिले | बलराम तिमिल्सिना

म शालिकराम पुडासैनी पत्याउँनु भएन ? हो क्या हो म…

कविता : छौँडाहरू

कविता : छौँडाहरू १ महिना पहिले | सञ्जीव पौडेल

समृद्धिको चकमन्न उज्यालो बाँडिरहेको सरकारलाई गौँडा गौँडा कुरेर सेतो अवरोध…

कविता : विवशता

कविता : विवशता ४ हप्ता पहिले | सुमित्रा थामी ‘अविरल’

बुद्धको देशमा शान्ति खोज्दै हिडेको यात्री श्मशान घाटमा तपस्य बसेको…

कविता-भोकाएका ए समृद्धिहरू !

कविता-भोकाएका ए समृद्धिहरू ! १ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

काग कराउन त कराए का का गरेर तर गिद्धै बसेको…

अन्तिम श्रद्धाञ्जली

अन्तिम श्रद्धाञ्जली ४ हप्ता पहिले | उमेशकुमार सिटौला, तेह्रथुम

ॐ ॐ ॐ ॐ ॐ । न चोट पायौ न…

कविता : मेरा गुरु

कविता : मेरा गुरु ३ हप्ता पहिले | टि एन बिस्वामित्र

मेरा गुरु उनले सिद्धान्त पढाए, दर्शन शास्त्रको ठेली बोकेर मानवताको…