Sansar News- Nepal's Fast Khabar Online News Portal

एक लाखको राष्ट्रिय पुरस्कार

रासस
५ महिना पहिले

१ साउन, विराटनगर । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ । पथरी शनिश्चरे नगरपालिका–३ स्थित सो समूह देशभरिकै दुई हजार २०० सामुदायिक वन समूहबाट छनोट भई उत्कृष्ट हुन पुगेको डिभिज वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।
पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६ (गोविन्दपुर टुकियाखाडी)का निजी वन धनी नीलबहादुर चौहान (सालबाजे) ले राष्ट्रियस्तरको द्वितीय पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशि रु ७५ हजार र प्रमाणपत्र रहेको छ । उनले २३ वर्षअघिदेखि साल प्रजातिका बीउ रोपण गरेर निजी वन हुर्काउन सफल भएका छन् ।
गणेशबहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कारतर्फ मङ्गलबारे सवडिभिजन कार्यालय मोरङका कार्यरत कर्मचारी टङ्कबहादुर विकले द्वितीय पुरस्कार प्राप्त गर्नुभएको छ । पुरस्कारको राशि रु ७५ हजार र प्रमाणपत्र रहेको छ

यसैगरी, अतिरिक्त कार्यालयको सम्पूर्ण क्रियाकलापको समग्र मूल्याङ्कन गर्दै डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई पनि सम्मान गरिएको छ । वन तथा भू–संरक्षण विभागद्वारा आयोजित गणेशमान सिंह राष्ट्रिय वन पुरस्कार वितरण कार्यक्रममा मोरङका सो संस्था र वनधनीले सो पुरस्कार प्राप्त गरेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए ।
राष्ट्रिय सामुदायिक वन प्रथम पुरस्कारबाट पुरस्कृत हुने हरियाली सामुदायिक वन उमूहका अध्यक्ष काबुल मगरले आफूले नेतृत्व गरेको वनको क्षेत्रफल २४५.९४ हेक्टर जग्गाको वन विसं २०७१ पुस महीनामा हस्तान्तरण भएर लगातार वनको हेरचाह र प्रवद्र्धनमा लागिरहेको जानकारी दिँदै पुरस्कार पाएकामा निकै खुशी लागेको प्रतिक्रिया दिए । मोरङमा हाल हस्तान्तरित १३५ सामुदायिक वन छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…