Sansar News- Nepal's Fast Khabar Online news portal

शिक्षक लाईसेन्स : शिक्षक अध्यापन अनुमतिपत्रको तयारीका लागि याद गर्नैपर्ने यी कुरा

संसार न्यूज़
२ महिना पहिले
शिक्षक लाईसेन्स : शिक्षक अध्यापन अनुमतिपत्रको  तयारीका लागि याद गर्नैपर्ने यी कुरा


२ साउन, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न सक्ने तत्परता जस्ता पक्षहरुको विकास हुनुपर्छ ।

विभिन्न देशहरुले शिक्षकमा हुनुपर्ने सक्षमताहरु निर्धाण गरेको परिपेक्षमा नेपालमा पनि विं. २०७२ सालमा शिक्षक सक्षमताको प्रारुप २०७२ तयार गरी जारी गरिएको छ । उक्त प्रारुपमा विषयवस्तुको ज्ञान, सञ्चार र सहकार्य, पेसागत विकास र निरन्तर सिकाइ पेसागत आचरण तथा सूचना तथा सञ्चार प्रविधि गरी जम्मा ८ ओटा सक्षमताहरु निर्धारण गरिएको छ ।
यीनै सक्षमताहरुलाई आधार मानी अध्यापन अनुमतिपत्रको नयाँ विषयगत पाठ्यक्रम,२०७५ विकास भई सोहीबमोजिम लिइएको परीक्षाबाट न्यूनतम सक्षमता हासिल गरेका व्यक्तिलाई प्रमाणीकरण गरी शिक्षण पेसामा प्रवेश गराउने उद्देश्य अध्यापन अनुमतिपत्रको पाठ्यक्रमले लिएको छ ।

अब लागौं यतातिर
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज सबै तहका तहका सवै विषयका लागि उपयोगी हुने सामाग्री लिएका आएका छौं ।

शिक्षक सेवा आयोग २०५७ संशोधित भएको मिति

शिक्षक सेवा आयोग नियमावली २०५७ संशोधन नेपाल राजपत्रमा प्रकाशित मिति २०५७\०७\२४
१. शिक्षक सेवा आयोग (पहिलो संशोधन) नियमावली,२०५९ २०५९ \०२ \१३
.शिक्षक सेवा आयोग (दोस्रो संशोधन) नियमावली,२०५९ २०६०\ ०२ \०९
३. शिक्षक सेवा आयोग ( तेस्रो संशोधन) नियमावली २०६० २०६०\ १२ \१६
४. शिक्षक सेवा आयोग(चौथौं संशोधन) नियमावली २०६६ २०६६ \७ \२३

५ .शिक्षकसेवा आयोग (पाँचौ संशोधन) नियमावली, २०६७ २०६७\ १० \९
६ .शिक्षकसेवा आयोग (छैटौँ संशोधन) नियमावली२०६८ २०६८ \०३ \०६
७. शिक्षकसेवा आयोग (सातौं संशोधन) नियमावली२०६९ २०६९ \०९ \०२
८ .शिक्षकसेवा आयोग (आठौं संशोधन) नियमावली २०७० २०७० \०३\ ०३
९ .शिक्षकसेवा आयोग (नवौं संशोधन) नियमावली २०७१ २०७१\ १० \२६

शिक्षा ऐन २०२८ संशोधित भएको मिति

शिक्षा ऐन, २०२८ ( संशोधन सहित)
शिक्षा ऐन, २०२८ (लालमोहर र प्रकाशन मिति – २०२८ ०५ २४
शिक्षा ऐन २०२८ मा हालसम्म भएका संशोधनहरु

१. शिक्षा ऐन , २०२८ २०२८ \ ५ \ २४
२. शिक्षा (पहिलो संशोधन ) ऐन,२०३३ २०३३ \७ \४
३. शिक्षा ( दोस्रो संशोधन ) २०३६ २०३६\ ८ \५
४. केही नेपाल ऐन संशोधन ऐन, २०४१ २०४१ \ ७\ २७
५. शिक्षा (तेस्रो संशोधन) ऐन २०३७ २०३७\ ५ \२६
६. शिक्षा ( चौथौें संशोधन) ऐन २०४५ २०४५\ ७\ १०

७. शिक्षा (पाँचौ संशोधन) ऐन २०४९ २०४९ \७ \१३
८. शिक्षा ( छैठौ संशोधन) ऐन २०५५ २०५५ \१०\ १
९.शिक्षा (सातौ संशोधन) ऐन २०४९ २० ५८ \ १० \२५
१०. शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०६३ २०६३ /९ /१४
११. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ २०६६/ १०/ ७
१२. शिक्षा आठौं संशोधन ) ऐन, २०७३ २०७३ /३ /१५
१३. शिक्षा (नवौं संशोधन ) ऐन, २०७४ २०७४/ ७ /६

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…