Sansar News- Nepal's Fast Khabar Online news portal

ज्ञान मर्हजन अर्थात् नेपाली ‘प्याडम्यान’

संसार न्यूज़
२ महिना पहिले
ज्ञान मर्हजन अर्थात् नेपाली ‘प्याडम्यान’

प्याड, मिन्सुरेसन्स (रजस्वला) भएका बेला संवेदनशील अंगबाट बग्ने रगत रोक्नका लागि महिलाले प्रयोग गर्ने एक किसिमको वस्तुलाई प्याडका रुपमा बुझ्न सकिन्छ । तर, हाम्रो नेपाली समाजमा १५–२० वर्ष पहिले प्रयोग गरिने कपडालाई प्याड भनिन्थेन । त्यसलाई गाउँले भाषामा ‘सफा टालो’ र सहरीया भाषामा ‘सफा सूतीको कपडा’ । धेरैजसो यस्ता कपडा महिलाले लगाउने सूतीको फरियाका टुक्राहरू हुन् ।

तर, समाज परिवर्तनशील छ । टालो अनि कपडाबाट परिवर्तन हुँदै अहिले प्याडका नामले जानिन्छ रजश्वलाका बेला लगाउने प्याकेटभित्र रहेको रगत सोस्ने वस्तु । जुन नेपालमा नभएर विदेशमा बनेर आउँछ । यो बार्षिक रुपमा झण्डै ७ अर्ब बढीको विदेशबाट आयात हुन्छ । यसलाई महिलाको स्वास्थ्य र आर्थिक विकासका लागि यो विस्थापित गर्नैपर्छ भन्छन् नेपाली प्याडम्यानका रुपमा नाम कमाएका ललितपुर खोकनाका ४२ वर्षीय ज्ञान महर्जन् । तपाईलाई अप्ठ्यारो लाग्दैन् ‘प्याड म्यान’ भन्दा भन्ने ऐक्यबद्धताको प्रश्नमा उनी भन्छन्–‘मलाई केही अप्ठ्यारो लाग्दैन् बरु देशभरी यस्ता प्याडम्यान बनुन् भन्ने चाहान्छु ।’

को हुन् त ‘नेपाली प्याडम्यान’ (Nepali PadMan) को नाम कमाएका महर्जन ?

ललितपुर महानगरपालिका वडा नं २१ खोकनामा ४२ वर्ष अघि जन्मिएका हुन् ज्ञान महर्जन । बाबु खाँटी किसान । खेती किसानीमै रमाउँथ्यो महर्जनको परिवार । तर, खेती किसानीले मात्र परिवारको मुखमा माड लगाउन गाह्रो पथ्र्यो । खोकना तोरीको तेल उत्पादनका लागि प्रसिद्ध ठाउँ । महर्जनका बुवा दिल बहादुर महर्जन खर्पन र बोरामा राखेर तोरीको तेल बेच्न जान्थे हेटौडातिर । फर्किदा तोरीको दाना र मकै बोकेर घर फर्किन्थे । महर्जन ७–८ क्लासमा पढ्थे । त्यतिबेलादेखि नै सगोलमा बसेको उनको परिवारमा प्रायः झै–झगडा हुन्थ्यो । त्यसपछि परिवारकै अन्य सदस्यका आफन्तबाट आमा र बाबामाथि भएको कुटपिटले उनको मन कुँडिन्थ्यो । दिनहुँजसोको झगडाले उनको बाल मष्तिस्कमा नराम्रो छाप पर्दै गयो । ‘म त अरु कुरा सोच्नै सक्तिनथेँ, ठूलो भएर बदला लिन्छु भनेरै दिन गुजार्थे । आमा र बुवामाथि भएको कुटपिटले सानैदेखि बाल मस्तिष्कमा नराम्रो छाप पारेको थियो ।’ महर्जनले ऐक्यबद्धतालाई सुनाए ।

स्कुल र कलेजको समय

उनी ७ क्लासदेखि नै बुङमतिमा सानिमाको घरमा बसेर पढ्दै ‘उड क्राफ्ठ’को काम गरे । त्यहि पैसाले कापी कलमका लागि खर्च जुटाए । ‘यस्तो अवस्था थियो, तपाईलाई याद छ कि छैन, त्यस्तो बेर्होनु भयो कि भएन, तर, मैले स्कुलका साथीहरूले खानेकुरा खाएको देख्दा थुक निलेर पनि बस्ने अवस्था थियो ।’ महर्जनले बाल्यकालको सम्झना गरे ।

मर्हजनले ७ क्लासदेखि नै बुङमतिमा सानिमाको घरमा ‘उड क्राफ्ठ’को काम गरे । त्यहि पैसाले कापी कलमका लागि खर्च जुटाए । ‘यस्तो अवस्था थियो, तपाईलाई याद छ कि छैन, त्यस्तो बेर्होनु भयो कि भएन, तर, मैले स्कुलका साथीहरूले खानेकुरा खाएको देख्दा थुक निलेर पनि बस्ने अवस्था थियो ।’ महर्जनले बाल्यकालको सम्झना गरे ।

आमामाथिको अन्यायकै कारण कानुनको पढाइ

आमा बाबुमाथि कुटपिट भएको देख्दा महर्जनको मनमा बदलावको भावना आउँथ्यो । स–सानो कुरामा पनि झगडा हुन्थ्यो । आमाबाबुमाथि भएको अन्याय देख्दा उनी ‘ल’ पढ्न प्रेरित भए । एसएलसी लगत्तै पढ्ने सोच त बनाए तर नियमित गर्न सक्तिन कि भन्ने कुराले उनलाई सताएपछि ‘ल’ पढ्ने सपना बिचमै छोडिदिए । तर, ललितपुर बारले दिने गरेको केही हप्ताको कानुनको क्लास भने लिएको महर्जन बताउँछन् ।
उनलाई जीवनमा ठूलो मान्छे बन्नु थियो । आमाबाबुमाथि गरिएको दमनको बदला पनि लिनु थियो । तर, कानुन पढ्नका लागि मनलगाउन नसकेपछि साथीहरूको सल्लाहमा ललितपुर फाइन आर्ट कलेजमा आर्ट र पाटन क्याम्सबाट ब्याचलर्स गरे ।

आमा बाबुमाथि कुटपिट भएको देख्दा महर्जनको मनमा बदलावको भावना आउँथ्यो । स–सानो कुरामा पनि झगडा हुन्थ्यो । आमाबाबुमाथि भएको अन्याय देख्दा उनी ‘ल’ पढ्न प्रेरित भए । एसएलसी लगत्तै पढ्ने सोच त बनाए तर नियमित गर्न सक्तिन कि भन्ने कुराले उनलाई सताएपछि ‘ल’ पढ्ने सपना बिचमै छोडिदिए । तर, ललितपुर बारले दिने गरेको केही हप्ताको कानुनको क्लास भने लिएको महर्जन बताउँछन् ।
उनलाई जीवनमा ठूलो मान्छे बन्नु थियो । आमाबाबुमाथि गरिएको दमनको बदला पनि लिनु थियो । तर, कानुन पढ्नका लागि मनलगाउन नसकेपछि साथीहरूको सल्लाहमा ललितपुर फाइन आर्ट कलेजमा आर्ट र पाटन क्याम्सबाट ब्याचलर्स गरे ।

यसरी बढेको थियो सामाजिक काममा महर्जनको चासो

कलेज पढ्दा साथीभाइबीच समाजका लागि केही गर्नुपर्छ भन्ने छलफल चल्यो । तर, के गर्ने त भन्ने टुंगोमा पुग्न सकेन महर्जनको टीम । त्यतिबेला महर्जनसँग धेरै मिल्ने साथी थिए लगनखेलकै यज्ञ बर्जाचार्य । जो अहिले पनि उनका धेरै मिल्ने साथीमध्ये एक हुन् । उनीहरू कलेज पढ्दा साइकल चलाउथे महर्जन । साइकल चलाएर बाटो हिड्दा या घुम्न जाँदा कहिलेकाँही पाटन तथा ललितपुरका गाउँका बस्तिहरूमा स्कुल पढ्ने छात्राहरूमाथि केही केटाहरूले सताएको देख्थे । एकपटक त महर्जनकै साथीकी बहिनीलाई पनि त्यसैगरी सताएको पाए उनीहरूले । अनि त उनीहरूले सोँचे यस्ता कुरामा समाजमा जनचेतना जगाउनु पर्छ । त्यतिबेला उनी १९ वर्षका थिए । ‘कोही पनि छोरी मान्छे राम्री भयो भन्दैमा सताउने र उसैले पाउनुपर्छ भन्ने त छैन नि ।’ उनले भने ।

सरकारले आर्थिक वर्ष २०७६÷७७ मा गरेको बजेट भाषणमा देशभरीका स्कुल कलेजमा पढ्ने छात्राका लागि निःशुल्क प्याड वितरण गर्ने घोषणा गरेको छ । बजारीया प्याडले ल्याउने विभिन्न समस्याका बारेमा सचेतना जगाउँदै र ह्यान्ड मेड प्याडको तालिम दिँद देशका विभिन्न ठाउँमा पुगेको महर्जनको टिमले यदि सरकारले भन्छ भने देशैभरी पुगेर यस विषयमा तालिन दिन सक्ने बताएको छ ।

यसरी जन्म भयो एक्सपोज नेपाल (xpose nepal)को

महर्जनको टिमले पहिलो महिला तथा युवतीहरू माथि हुने लैङ्गिक हिंसाका बारेमा जनचेतना जगाउनुपर्छ भन्ने सोच्यो । यसका लागि के गर्नुपर्छ भनेर समाजमा मानिएका मानिसहरूसँग छलफल पनि गरे । उनीहरूले संस्था दर्ता गरेरै यस्तो काम गर्न सकिन्छ भनेर सल्लाह दिए । त्यसपछि उनीहरूले आफ्नो अभियानलाई मुर्तरुप दिनका लागि ‘एक्सपोज नेपाल’ नामक संस्था दर्ता गरे २००७ मा ।

एक्सपोजको पहिलो काम जनचेतना

एक्सपोज नेपालको जन्म भएपछि उनीहरूले विस्तारै लैङ्गिक हिंसाकै बारेमा जनचेतनाका कार्यक्रमहरू गर्न थाले । उनीहरूसँग पैसा थिएन । तर मनमा आँट अनि जोश थियो । त्यसैले नै उनीहरूलाई डो¥यो सामाजिक काममा । संस्था दर्ता भएपछि अरुले पनि विश्वास गर्न थाले । कार्यक्रमहरू गर्दा ५–७ हजार सहयोग पनि आयो । उनीहरू सामुदायिक स्कुल र गाउँटोलमा यसबारेमा जनचेतना जगाउँदै गए । तर, २०१२ सम्म आइपुग्दा आफूहरूले जस्तै धेरै संस्थाले लैङ्गिक हिंसाको कुरा गर्दा रहेछन् हामीले केही नयाँ गरौं भनेर छलफल गरे । अनि उनीहरूले यौन हिंसाका बारेमा जनचेतना जगाउने कार्यक्रम चलाउनु पर्छ भन्ने सोच बनाएर स्कुल र ‘प्लस टु’ मा क्लास लिन थाले । उनीहरूले कलेज तथा स्कुलहरूमा ‘अनवान्टेड टच एण्ड टर्चर’ का बारेमा जनचेतना जगाए । त्यतिबेला कानुनी क्षेत्र र प्रहरी प्रशासन क्षेत्रबाट पनि अनुरोध गरे क्लास लिन आउने गर्दथे । सुप्रिमकोर्टबाट अनिता चापागाईँ, प्रहरी हेडक्वाटरको महिला सेलबाट दुर्गा सिंह, पुजा सिंह, बसन्त खड्का लगायतले आएर स्कुल कलेजमा लैङ्गिक हिंसा र त्यसका कानुनी उपचारबारे क्लास लिइदिनुहुन्थ्यो ।’ महर्जनले बताए ।

यसरी सुरु भयो प्याड म्यान अभियान

सन् २०१४ बाट रजस्वलाका मुद्दाहरू छलफलमा आउन थाले । मिन्सुरेसन्स (रजस्वला) यो जुगौदेखि हुँदै आएको कुरा हो । २०१५ को अन्तिमतिर यसैलाई लिएर हुने छुवाछुतका कुराहरू पनि एकप्रकारको महिलामाथि हुने हिंसा हो भन्ने ठहर गर्यो, महर्जनको टिमले । ‘यतिबेला हाम्रो काम दुईवटा थियो, यौन हिंसा र रजस्वलाका नाममा हुने अर्को हिंसा । यसबारेमा अध्ययन गर्यौ । यससम्बन्धी जानकार व्यक्तित्वसँग पनि छलफल गर्र्याै । अनि २०१६ मा फिल्डमै पुगेर कामगर्न थाल्यो ।’ महर्जनले भने । उनीहरूले २०१६ को मे महिनामा केही स्कुलका सयौं विद्यार्थीहरू भेला पारेर ‘महिनावारी पाप होइन’, ‘स्वच्छ महिनावारीका बारेमा बोलौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा नगर परिक्रमा गरे । उनीहरूले गरेको त्यस्तो कार्यक्रम देखेर केही व्यक्तिहरूले यसमा छात्रहरू (केटाहरू) लाई पनि सामेल गर्नुपर्छ भनेर सल्लाह दिए ।

केटाहरूलाई पनि रजस्वला सम्बन्धी शिक्षा

रजस्वला सम्बन्धी केटाहरूलाई पनि क्लास दिनुपर्छ भन्ने राय आएपछि महर्जनको टिमले रजस्वला सम्बन्धी छात्राहरूलाई क्लास दिँदा केटाहरूलाई पनि क्लास दिन थाल्यो । यसको कारण थियो, स्कुल, कलेजमा पढ्दा या घरमा रहँदा रजस्वला भएकी युवतीलाई केटाहरूको पनि सहयोग पुगोस् । सहयोग नै नगरेपनि उनीहरूको मनमा रजस्वला सम्बन्धी गलत भावना पैदा नहोस् भन्ने उद्देश्यले केटाहरूलाई पनि क्लास दिइन्थ्यो ।

‘हाम्रो समाजमा रजस्वला सम्बन्धी नकारात्मक भावना जगाउने र भयावह स्थित ल्याउनेमा केटाहरूको पनि ठूलो भूमिका हुन्छ भन्ने हाम्रो ठहर थियो, महर्जनले भने, ‘उनीहरूले पनि रजस्वलालाई सहज रुपमा लिइदिए भने युवतीहरूमा रजस्वलाकै कारण भय हुँदैन् ।’ उनका अनुसार अर्वानेशका क्रममा युवाहरू कम भइदिए भने उनीहरू क्लास नै दिँदैनन् ।

यसरी जन्मियो प्याड बनाउने सोँच

महर्जनको टिमले रजस्वलाका बारेमा क्लास मात्र दिएन, रजस्वलाका क्रममा लगाउने नेपाली ‘हेन्ड मेड प्याड’ पनि बनाउने सोच्यो । उनीहरूले अध्यन गर्दा रजस्वलाका नाममा महिलामाथि हुने हिंसाको प्रमुख कारण प्याड रहेको ठहर गर्यो । यसका बारेमा उनले आफ्नै आमासँग पनि सल्लाह गरे । उनीहरूले क्लास दिँदा पनि रजस्वलाका बेला लगाउने कपडा राम्रोसँग धोएर घाममा लगाउनुपर्ने भनेर जनचेतना जगाउथे । तर, विदेशबाट आउने प्याड भन्दा पनि आमाहरूका पालामा प्रयोग गर्ने कपडालाई नै नयाँ मोडलमा विकास गरेर नेपाली ह्यान्डमेड प्याड बनाउने सोचे र त्यसम्बन्धी चम्पा तन्डुकारलाई जिम्मा दिए । उनी कपडा सिलाउँथिन् । उनलाई यस्तो बनाउने भनेर नमुना पनि दिइयो । त्यसपछि उनले ह्यान्डमेड प्याड बनाइन् । उनीहरूले एक्सपोज नेपालबाट ट्रेनिङ दिने र त्यसपछि स्थानीय महिलाहरूलाई काम दिन थाले । उनीहरूले तयार गरेको प्याड च्यारिटी सपबाट बिक्री गर्छन् ।

च्यारिटी सप खोकना र पुल्चोकमा छ । संस्था पनि त्यहि च्यारिटी सपबाट चलेको बताउँछन् महर्जन । ‘हामीले कुनै एनजिओ, आइएनजिओको पैसा लिएका छैनौ अहिलेसम्म । त्यहि च्यारिटी सपबाट चलाउँछौं ।’ संस्था रनिङ गर्न नेपालका नाम चलेका कलाकारको पेन्टिङ खरिद गर्ने, त्यसैलाई केही बढी पैसामा बिक्रि गरेर चलाउँदै आएका छन् । महर्जनका अनुसार उनीहरूले सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा ‘प्रदर्शन’ हुन्छ । त्यसैले वर्षभरीको खर्च पु¥याउँछन् ।

कसरी बन्छ त प्याड ?

उनीहरूले प्याडको भित्रपट्टी फलाटिनको कपडालाई लाइनर न्यापकिनको रुपमा प्रयोग गर्छन् । रुमालजस्तो बनाएर । बाहिर सुद्ध कटन हुन्छ । त्यसमा बटन लगाएर भित्रि वस्त्रको दुईपट्टी लगाउन मिल्ने गरी बनाइन्छ । उनका अनुसार उक्त प्याडका लागि वाटरप्रुफ कपडा हङकङबाट ल्याउने गरेको पनि महर्जनले बताए ।

महर्जनका अनुसार महिलामा हुने ८० प्रतिशत समस्या प्याडका कारण पनि भएका छन् । त्यस्तै त्यसको सहि प्रकारले डिस्पोज नगर्दा, ट्वाइलेटका बेसिन थुनिने, सहरका नाली तथा ढलहरू थुनिने, यसमा हुने हाइ केमिकलका कारण माटोमा समस्या, बालीमा समस्या र जलाउँदा वातावरणमा समस्या देखिने गरेका छन् । ‘तपाईले प्रयोग गरेको एउटा प्याड डिस्पोज हुनका लागि २ सय वर्ष भन्दा बढी लाग्छ । तपाईले गुगलमा गएर पनि यसका बारेमा सर्च गरेर हेर्न सक्नुहुन्छ यो डिस्पोज हुन कति समय लाग्छ भनेर ।’ महर्जनले डिस्पोज गर्दा हुने
अप्ठ्यारा सुनाए ।

१७ भन्दा बढी महिलालाई रोजगारी

एकपिसको १५० रुपैयाँ पर्ने र उनका अनुसार यसले स्थानीय महिलाको आर्थिक वृद्धिमा पनि सहयोग गरेको बताउँछन् महर्जन । हाल उनको टिमले महिनामा १ हजार प्याड उत्पादन गर्छन् । यसमा १७ जना स्थानीय महिलाले रेगुलर प्याड बनाउने काम गरेका छन् भने केहीले घरको कामबाट फुर्सद निकालेर बनाउँछन् । यसको बजार व्यवस्थापनको जिम्मा महर्जनको टिमले गर्छ । उनका अनुसार यो प्याड अहिले विदेशीले बढी किन्ने गरेका छन् ।

बजारको प्याडको फाइदा र बेफाइदा

बजारमा आयातित प्याडले महिलाहरूलाई तत्काल केही सहज बनाएको भनिएपनि यसका बेफाइदा धेरैछन् । महर्जनका अनुसार बजारमा किनिएको प्याड ५ घण्टा भन्दा बढी प्रयोग गर्नु हुँदैन । यसलाई लामो समयसम्म प्रयोग गर्दा त्यसबाट पाठेघरको क्यान्सरलगायतका अन्य धेरै समस्याहरू देखिने गरेका छन् । महर्जनका अनुसार महिलामा हुने ८० प्रतिशत समस्या प्याडका कारण पनि भएका छन् । त्यस्तै त्यसको सहि प्रकारले डिस्पोज नगर्दा, ट्वाइलेटका बेसिन थुनिने, सहरका नाली तथा ढलहरू थुनिने, यसमा हुने हाइ केमिकलका कारण माटोमा समस्या, बालीमा समस्या र जलाउँदा वातावरणमा समस्या देखिने गरेका छन् । ‘तपाईले प्रयोग गरेको एउटा प्याड डिस्पोज हुनका लागि २ सय वर्ष भन्दा बढी लाग्छ । तपाईले गुगलमा गएर पनि यसका बारेमा सर्च गरेर हेर्न सक्नुहुन्छ यो डिस्पोज हुन कति समय लाग्छ भनेर ।’ महर्जनले डिस्पोज गर्दा हुने
अप्ठ्यारा सुनाए ।

सरकारले भन्छ भने ७७ जिल्लामै पुगेर तालिम दिन्छौं

सरकारले आर्थिक वर्ष २०७६÷७७ मा गरेको बजेट भाषणमा देशभरीका स्कुल कलेजमा पढ्ने छात्राका लागि निःशुल्क प्याड वितरण गर्ने घोषणा गरेको छ । बजारीया प्याडले ल्याउने विभिन्न समस्याका बारेमा सचेतना जगाउँदै र ह्यान्ड मेड प्याडको तालिम दिँद देशका विभिन्न ठाउँमा पुगेको महर्जनको टिमले यदि सरकारले भन्छ भने देशैभरी पुगेर यस विषयमा तालिन दिन सक्ने बताएको छ । महर्जनका अनुसार देशभरीका स्कुल कलेजमा पढ्ने २२ प्रतिशत छात्राहरूले रजस्वलाकै कारण वर्षमा ६० दिन स्कुल जान नसक्ने अवस्थामा छन् । उनीहरूका लागि राहतको विषय पनि हो । उनका अनुसार स्कुलका पुरुष टिर्चसहरूलाई पनि यसबारेमा क्लास दिन जरुरी छ ।

सबै स्कुल र कलेजमा महिला शिक्षक उपलब्ध नहुने ठाउँमा पुरुष शिक्षकसँग छात्राले ‘प्याड चाहियो’ भनेर माग्न नसक्ने हुनाले नै टाउको दुखेको र पेट दुखेको भन्दै स्कुल छोड्ने र स्कुल नआउने गर्छन् । त्यसकारण पुरुष टिचर्सलाई यसबारेमा क्लास दिन महत्वपूर्ण हुन्छ । महर्जनको टिम यो तालिम दिन तयार छ । ‘हामी ७७ जिल्लामा पुगेर प्याड बनाउने तालिम दिन्छौं ।

उहाँहरूले र कच्चा पदार्थको म्यानेज गर्नुहुन्छ भने हामीलाई जाने आउने खर्च र दिनभरीको पारिश्रमिक दिनुभयो भने हामी सरकारलाई सघाउन तयार छौं, पहिलोपटक प्रत्येक जिल्लामा १० जनालाई तालिम दिन सक्यौ भने उनीहरूले नै बढाउँदै जान्छन् ।’ महर्जन आत्मविश्वासका साथ भन्छन् । उनका अनुसार यसले बार्षिक झण्डै ७ अर्ब रुपैयाँ बिदेशिनबाट रोकिने र देशभरीका महिलाको अािर्थक विकासमा ठूलो सहयोग पुग्ने देखिन्छ । महिला आर्थिक रुपमा शसक्त हुनु नै देशको आर्थिक सृमृद्दिमा टेवा पुग्नु रहेको महर्जनको ठहर छ ।

प्रस्तुति:चन्दा थापा (चन्द्रिका)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…