Sansar News

बालनाटक : साथी साथीलाई प्रयास

छायादत्त न्यौपाने
४ हप्ता पहिले
बालनाटक : साथी साथीलाई  प्रयास

(निमा, रविना, रुकु, डोलेन्द्र, सचिन, सन्देश, विद्यालयको कक्षाकोठामा उनीहरु गफिँदै छन् । भित्तामा रहेका सेतोपाटी, भित्तेपात्रो, प्रसिद्ध व्यक्तिहरुका केही तस्बिर दिउँसोको हावाले हल्लिँदै छन्, एकातिरको बेन्चमा रविना र अर्कोतिरको बेन्चमा सन्देश उभिएका छन्, अरु बसेका छन् ।)

निमा : आज म बाटोमा, आउँदै गर्दा एक जना बडो दया लाग्दो केटामान्छे हिजोदेखि भोकै छु, पाँच रुपैयाँ दिनुहोस् न भन्दै थियो ।
सन्देश : अनि के भो त ? यस्ता माग्ने त कति हुन्छन् कति ।
निमा : हो, मलाई पनि थाहा छ बाटा–बाटामा बसेर माग्ने, कति त घर–घर पसल–पसल डुलेर माग्ने पनि हुन्छन् ।
डोलेन्द्र : थाहा छ भने किन त्यस्तो अचम्म मान्यौ त ः? (सबै हाँस्छन्)
रुकु : निमाले अलि फरक अनुभव गरिन् जस्तो छ, आज भेटेको माग्ने बालक देखेर । उनका कुरा पुरै सुनौँ न ।
सन्देश : ल सुनाउन त, तिमीलाई त्यस्तो लागेको छ भने ?
निमा : दोबाटोको छेउमा टुक्रुक्क बसेर माग्दै गरेको त्यो बालक हाम्रो उमेरको थियो तर अनुहार हेर्दा र बोली सुन्दा भलादमी पाराको ।
डोलेन्द्र : त्यस्तो माया लागेको भए भाइ बनाएर घर लैजाऊ न त ! ( फेरि सबै हाँसे)
सचिन : होइन, हामीले सबै कुरालाई हल्का बनाउनु हुँदैन । निमा अलि गम्भीर छन् । उनलाई कुरा सक्न दिऔँ ।
रविना : हो भन्या, उनले भन्न खोजेको कुरा सकून् । त्यसपछि के सोच्न सकिन्छ सोचौँला ।
निमा : मलाई लागेको कुरा भनिहाल्छु । हिजो बेलुकाको समाचारमा हामीजस्तै साथीहरुको सहयोगले कति बाढीपीडित बालकहरु विद्यालयसम्म पुग्न पाए भनेको सुनेँ ।
सचिन : त्यसरी हामीजस्तै साथीहरुले सहयोग गर्न सक्छन् भने हामी किन पछि पर्ने ? त्यो बालकलाई सहयोग गरौँ भन्न खोजेको हो तिमीले ?
सन्देश : छाँट त त्यस्तै देखियो ।
रुकु : कुरो नराम्रो होइन, हामी मिल्यौँ भने त्यो एक जनालाई केही सहयोग गर्न सक्छौँ नि !
निमा : मैले चाहेको त्यो बाल साथीलाई दुई चार, पाँचदस रुपैयाँ दिऔँ भन्ने होइन ।
रविना : के हो, भन न खुलस्त किन लामो भूमिका बाँध्नुप¥यो त ?
निमा : उसलाई कुनै काममा लगाइदिन पाए हुन्थ्यो भन्ने हो ।
सन्देश : त्यो मागेर खान पल्केकाले काम गर्छ के ? मलाई गर्छ जस्तो लाग्दैन ।
डोलेन्द्र : उल्टै कति समस्यामा परेका हुन्छन् । हेरौँ न भर्खरै बाढीले कति हिनामिना गरेको छ ।
निमा : मेरो विचारमा पहिला त्यो बालकसँग कुरा गरौँ काम गर्छु भन्यो भने हामीले सहयोग गरौँ ।
सचिन :कुरा राम्रो हो, हामी साथीहरु मिलेर एक जना सडकमा पुगेको साथीलाई ठाउँमा ल्याउन सक्यौँ भने त धेरै राम्रो काम हुन्छ ।
रविना : उसले रुचि देखायो भने सकिन्छ, सानो कामबाट माथि उठाउने त हो नि !
सन्देश : निमा ! तिमीले के सोचकी छ्यौ त, के सहयोग गर्न सकिन्छ ?
रुकु : हो, तिमीले सोचेको भए भन, नत्र हामी सबैले सोचौँ ।
निमा : मैले सोचेको त हामीले मिलेर एक हजार रुपियाँ उठाआँै र एउटा पुस्तक पत्रिका कापी कलमको होलसेलमा जम्मा गरिदिआँै उसले त्यहाँबाट समान लिएर दिनभरि बेचोस् । जम्मा भएको पैसा साँझ त्यही पसलमा जम्मा गर्दै जाओस् ।
डोलेन्द्र : उसले त्यसरी मिहिनेत गर्ने भए सडकमा बसेर माग्थ्यो ?
: हुन त हो तर अवसर नपाएको पनि त हुन सक्छ नि !
रुकु : हामी सबै जाआँै उसलाई काम गर्छ भने व्यवस्था मिलाइदिऔँ न त । पसलमा पनि कुरा गर्नुप¥यो । नगरे गर्दैन, हाम्रो त सत्प्रयास न हो ।
रविना : ल, छुट्टी भएपछि त्यही बाटो जाआँे र कुरा गरौँ ।
दोस्रो दृश्य
(दोबाटोमा बसेर १२ वर्षको बालकले माग्दै गरेको छ, निमाहरु त्यहाँ पुग्छन्)
रविना : ए भाइ, तिम्रो नाम के हो ?
बालक : अलपत्र परेर मुखमुखै हेर्छ ।
रुकु : तिमीसँग सोधेको तिम्रो नाम के हो भनेको सुनेनौ ?
बालक : अकमकिदैँ मेरो नाम धनवीर हो । (हँ, धनवीर सडकमा ? मुखामुख गर्छन्)
सन्देश : घर कहाँ हो ? यहाँ कसरी आइपुग्यौ त ?
धनवीर : तराईमा बाढी आएर सडकमा बस्दै थिएँ । राती एउटा बसमा चढेको त्यहीँ निदाएछु । बिहान उठ्दा त यहाँ आइपुगेछु । डोलेन्द्रःअनि आमाबा हुनुहुन्न घरमा ?
धनवीर : बा विदेश जानुभा‘छ आमा र बहिनीलाई बाढीले बगायो । (सबै जना मुखामुख गर्छन्)
रुकु : अब के गर्ने ? केही काम पाए गर्छौँ त ?
धनवीर : के काम गर्नुपर्ने हो कुन्नि ?
सचिन : हामीले तिमीलाई केही सामान दिन्छौँ बेच । जम्मा भएको पैसाले तिमीले खानेकुरा खाऊ । बचेको पैसा जुन पसलबाट सामान लिन्छौँ त्यही जम्मा गर । केही समयमा धेरै जम्मा हुन्छ ।
निमा : तिमीलाई काम गर्न मन छ हैन त ?
धनवीर : मन त छ तर मैले त्यसरी समान बेच्ने काम गरेको छैन ।
सन्देश : त्यसो भए खेतबारीमा काम गरेको छु भन्न खोजेको तिमीले ।
डोलेन्द्र : ल, त्यसो भए सन्तमान काकाको तरकारीबारी छ, त्यही काम लगाइदिऔँ । काकालाई पनि साथी हुन्छ यिनलाई काम, खान बस्न पाइहाल्छन् ।
निमा : हो, डोलेन्द्रले भनेझैँ तरकारीबारीमा काम गर्छाँै ?
धनवीर : हुन्छ, कति टाढा छ कुन्नि ?
रविना : ल हिँड हामी देखाइदिन्छौँ ।
(सबै जना सन्तमान काकाकहाँ जान्छन्)
तेस्रो दृश्य

(पुरानो शैलीले लिपपोत गरेको घर, काका गुन्द्रीमा बसेर डोरी बाट्दै र अलिपर काकी केही पिस्दै छन्)
सबै : नमस्ते काका, नमस्ते काकी, सञ्चै हुनुुहुन्छ ?
काकी : सञ्चै छ, आज तिमीहरु जम्मा भएर कता हिँडेका ? यो पहिला कतै नदेखेको साथी को नि ?
काका : अँ त, स्कुलबाट कसलाई ल्यायौ हँ ? उसको कापी किताबको झोला पनि छैन !
निमा : होइन, काका ! हामी तपाईं र काकीसँग सहयोग माग्न आएका ।
काका : के सहयोग हो ? हामी के जान्दछाँै र कहिल्यै स्कुल जान पाको होइन ।
सन्देश : तपाईंले सक्नुहुन्छ यो गाउँमा आज हामीलाई सघाउने तपाईं जतिको मान्छे कोही छैन ।
रुकु : सोभैm भनओ न काकासँग के जिस्किन खोजेको ?
डोलेन्द्र : हो भन्या । काका कुरो के भने नि यी साथी नयाँ हुन् । यिनलाई तपाईंहरुको सहयोग चाहिएको छ ।
: यी धनवीर भाइ तराईबाट आएका । बाढीमा परेर आमाबहिनी बितेछन् । राती पानी छल्न बसमा चढेको भुसुक्क निदाएछन् र निदैनिदमा काठमाडौँ आइपुगेछन् ।
रविना : यी परिस्थितिका कुरा भए । अब यिनलाई तपाईंले तरकारीबारीमा काम दिनुहोस् । तपाईंलाई पनि साथी हुन्छ । उनले राहत पाउँछन् ।
काका : (काकीतिर फर्कदैँ र त्यो बालकलाई हेर्दै) म के काम दिन सकूँला र !
सचिन : होइन, काका बारीको कामदेखि तरकारी बजारमा पु¥याउने जे पर्छ त्यसैमा सघाउँछन् । तत्काल त यिनले ठुलो सहारा पाउँछन् नि काका !
काकी : (उठेर नजिक आएर) के त तिमी हामीसँग बस्छौ त ? फेरि तरकारी गोडमेलमा सघाउनु पर्छ नि, हुन्छ ?
(काकी बालकलाई पछि पछि आउन अराउँदै भित्र छिर्नुभो, काकाले उभिएर त्यतै हेरेर मुस्कुराउनुभो)
सबै : (खुसी भएर हत्केलाले हत्केला पड्काउँदै) आहा ! साथीले काम पाए, साथीले साथ पाए, हाम्रो प्रयास सफल भयो ! भन्दै र काका काकीलाई धन्यवाद दिँदै निस्के । पर्दा खस्यो ।

सर्बाधिक पढिएको

कथा : माइलो

कथा : माइलो १ महिना पहिले | चन्दा थापा (चन्द्रिका)

रात आधाउधि घर्केको छ । घण्टाघरले ट्याङ–ट्याङ १२ बजेको संकेत…

यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’

यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’ ४ हप्ता पहिले | गंगा खतिवडा, काठमाण्डौं

दिव्य शक्ति पाएको महसुस भइरहेको छ आज मलाई । धैर्य,…

कथा : २१ वर्ष

कथा : २१ वर्ष १ हप्ता पहिले | संसार न्यूज़

नलानुस म्याम, तपाइँले सक्नु हुन्न यस्लाइ । लुकिलुकि गाजा र…

लघुकथा : आरक्षण

लघुकथा : आरक्षण ४ हप्ता पहिले | महेश श्रेष्ठ

‘यो सार्कीको छोरो पढ्दै पढ्दैन दाइ’ विष्णुप्रसाद पौडेलले सुनाउदै भने,…

लघुकथा : एडभान्स

लघुकथा : एडभान्स १ दिन पहिले | अरुणबहादुर खत्री ‘नदी’

मेरो घरमा दुइटा कोठा खाली भएपछि एकजना बुढी आइमाई कोठा…

लघुकथा-तुहिएकी आइमाई

लघुकथा-तुहिएकी आइमाई १ दिन पहिले | रजनी खत्री, काठमाण्डौं

बुवाको आँखाको नानी बिहेपछि कस्तो अनौठो भो जिन्दगानी । बिबाह…