Sansar News

गीत

सीता नेपाली, गोदावरी नगरपालिका, गोदामचौर
४ हप्ता पहिले
गीत

ऐसलु चुत्रो टिपेर पर्खे भोर्ला पातको दुनामा
हजुरको माया टिम्मिकै बस्यो मनको कुनामा
के खान पाउछौ यहाँको जस्तो मायाको हातको
सम्झना आउला दहिसित खाको च्याख्लाको भातको

देउराली रुन्छ सम्झेर तिम्लाइ फुलपाती वैलायो
जत्ती छौ पर यो मन भरी तिम्रो प्यार मौलायो
बिर्सन्न प्यारा तिमिलाइ मत बिर्स्यौकी तिमिले
त्यो मन अर्कै नपारे बिदेसको रिमि र झिमिले

स्यहारी बस्छु यी लालाबाला सासू र ससुरा
तिमिनै हौनी आशाको टेको अरुत कोछर
तरकारी रोप्छु अन्न फलाउछु दिनकै छाक टार्न
दुखजिलो मै पनि गर्छु सन्तानको पेट भर्न

अब त आउ नबस पुग्यो परदेसको धनले
बुडेस कालमा साथैमा बसौ आनन्दी मनले
पालौला गाई पालौला बाख्रा लगाउला तरकारी
फलाउला मकै धान र कोदो भरौला भकारि

सर्बाधिक पढिएको

कविता-ठोक सलामी ए मलामीहरु हो

कविता-ठोक सलामी ए मलामीहरु हो १ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

मेरो देश दुखिरहेछ तर यहाँ लाखौँ मलामीहरुको भिड सलामी ठोकिरहेछ…

गजल

गजल १ महिना पहिले | गीता अधिकारी, हंगकंग

धेरै टिक्दैन पत्थरको दुश्मनी घन सँग, म यस्तै कुरा भन्नु…

गजल

गजल १ महिना पहिले | विष्णुप्रसाद आचार्य “अतृप्त“

रस त केवल मान्छेको कुराकानीमा छ नभोगी के थाहा !…

गजल

गजल ४ हप्ता पहिले | टेकराज भट्ट, भि.न.पा.-६ महेन्द्रनगर, कन्चनपुर

दिए ज्ञान बढ्ने लुकाए सकिन्छ, छरे अन्न उग्ने र खाए…

गजल

गजल ३ हप्ता पहिले | टङ्क बहादुर आलेमगर

देउता नमान्ने म झुकेँ, मंदिरमा तिमी थियौ ।। मैले बन्दुक…

गजल

गजल १ महिना पहिले | टंक बहादुर आले मगर

जसरी भमर फूल तिर, त्यसरी प्रेम हुन्छ, अधिकार पछि पैसामा,…