Sansar News- Nepal's Fast Khabar Online news portal

मिस लिटिल आइडल २०१९ को खोजी

संसार न्यूज़
२ महिना पहिले
मिस लिटिल आइडल २०१९ को खोजी


७ साउन, काठमाडौँ । मिस लिटिल आइडल २०१९ खोजी सुरु भएको छ ।

शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित मिस लिटिल आइडल २०१९ को खोजी सुरु भएको हो । राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारे जानकारी दिएको हो ।

प्रतियोगीतामा विभिन्न विद्यालयमा अध्ययनरत देशभरका ८ देखी १३ वर्ष उमेर समुहका, कक्षा चारदेखी कक्षा ८ सम्मका बालिका सहभागी हुन पाउने छन् । प्रतियोगीलाई तीन साता प्रशिक्षण दिइने छ । अन्तिम प्रतियोगिता परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १० राउण्ड र टप ५ राउण्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ ।

विभिन्न विद्यालयमा अध्ययनरत छात्रामा गुणस्तरीय अध्ययनका साथै उनीहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्न प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।
बालिकामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भुमिका निर्वाह, गुणस्तरीय अध्ययन एवं सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगीताले प्रेरित गर्ने आयोजकको भनाइ छ ।

प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई नगद पुरस्कारसहित सम्बन्धित विद्यालयमा प्याब्सनको तर्फबाट छात्रवृत्ति प्रदान गरिने भएको छ ।

त्यस्तै शिर्ष उपाधि विजेतालाई ताजसहित प्याब्सन काठमाडौंको तर्फबाट विजेतालाई ३० हजार, फस्ट रनरअपलाई २० हजार र सेकेन्ड रनरअपलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सन् २००९ देखी वार्षिक रुपमा यो प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग २०७२ सालदेखी प्याब्सन काठमाडौंको सहकार्यले प्रतियोगितालाई अझ प्रतिष्ठित बनाएको छ । प्रतियोगिताको यो दशौं संस्करण हो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…