back

समुदाय –प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७६ साउन ७ मंगलवार

204 

shares
NTC AD
Global IME AD


७ साउन,पर्वत । समुदाय–प्रहरी साझेदारी अन्तर्गत पर्वत उद्योग वाणिज्य संघ पर्वतको सभाकक्षमा पर्वत जिल्लाको समग्र सुरक्षा व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

पर्वत उद्योग वाणिज्य संघको आयोजना र जिल्ला प्रहरी कार्यालय पर्वतको व्यवस्थापनमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधी सभाका सदस्य पदम गिरीले सुरक्षा व्यवस्थापन मजबुद बनाउन आवश्यकता अनुसार सहयोग गरी सबै क्षेत्रमा कार्य वातावरण निर्माण गर्न यस अन्तरक्रिया कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा अन्तरक्रियामा उठेका जिज्ञासाहरुमाथि सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले सुशासन कायम गरी सुरक्षित र भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रहरी कर्मचारी विवेकपूर्ण तरिकाले कठोर रुपमा प्रस्तुत हुनुपर्ने कुरामा जोड दिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सुरक्षा संबेदनशिलताको विषयमा सबै नागरिकहरुलाई सजक बनाई प्रहरीसँग सहकार्य गरे मात्र अपराध न्यूनीकरण गर्न सहज हुने उनले जोड दिए ।

उक्त अवसरमा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले एकिकृत रणनीतिक सुरक्षा योजना तयार गरी सुरक्षा व्यवस्था मिलाउनुका साथै सार्वजनिक महत्व र बिकास निर्माणका क्रममा देखिने समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि।पौडेल समेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

अन्तरक्रिया कार्यक्रममा मदिराले निम्त्याएको समस्या, लागुऔषधको अबैध प्रयोग, महिला तथा बालबालिकसँग सम्वन्धित अपराध, सामाजिक बिकृति र सामाजिक अपराध,बिकाश निर्माणको क्रममा देखिएका समस्याहरु, बिपद व्यवस्थापन, फोहोर व्यवस्थापन, नदिजन्य पदार्थको उत्खनन, भौगोलिक कठिनाई लगायत अन्य कारणले सेवा प्रवाहमा देखिएका समस्याहरु, ट्राफिक व्यवस्थापनमा कठिनाई लगायतका बिषयहरुमा उपस्थित महानुभावहरुले सुझाव, सल्लाह, प्रतिक्रिया एवम् जिज्ञासा राख्नुभएको थियो ।

सो कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी एवम् गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरु, पर्वत उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माका पदाधिकारीहरु, बिभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधीहरु, विभिन्न वडाका वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरु तथा जिल्लास्थित विभिन्न संघ–संस्थाका पदाधिकारी, उद्योग व्यवसायी, समाजसेवी तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ साउन ७ मंगलवार १५:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...