back

पटक पटक नेतृत्वमा दाबी गर्ने नजिर बस्न दिनु हुँदैन

वि.सं.२०७६ साउन ७ मंगलवार

135 

shares
NTC AD
Global IME AD

गैरआवासीय नेपाली संघ(एनआरएनए) प्रवासी नेपालीहरुको साझा संस्था हो । तर जबजब एनआरएनए नेतृत्व परिवर्तनको कुरा आउँछ तब तब पदका लागि लोभिपापीहरु अनेक प्रतिबद्धता व्यक्त गर्ने गर्दछन् । नेतृत्वमा पटकपटक चाहना व्यक्त गर्दछन् । यस्तो प्रवृत्ति सामाजिक संस्थाका लागि गलत भएको बताउँछन् जापानमा कार्यरत निरन्जन गैरे । पाल्पाली समाज जापानको अध्यक्षसमेत रहेका गैरे सामाजिक संस्थालाई सामाजिक चरित्रमै अगाडि बढ्न दिनुपर्ने बताउँछन् ।

सबैले अपनत्व महशुस गर्न सक्ने सन्तुलित र शालिन नेतृत्व आजको समयको माग भएको उनको तर्क छ ।” साझा संस्थामा कसैको व्यक्तिगत रहर पु¥याउन दोहो¥याएर, तेह¥याएर नेतृत्वमा दाबी गरिरहने गलत संस्कारलाई नजिर बस्न दिइनु हुँदैन, यो एनआरएन अभियानको हितमा पनि हुन नसक्ने उनको भनाई छ ।” उनी भन्छन् :

जब जब जापानमा एनआरएनको चुनाव नजिकिन्छ, तब जापानको नेपाली समाज तरंगित हुने गर्दछ । यहाँ रहेका नेपालीका समस्या, अवसर, संभावना, जापानसंग नेपाललाई जोड्ने बिषय जस्ता अहम मुद्दाहरुमा कहिं कतै बहस, चर्चा, छलफल र वौद्धिक मन्थन हुँदैनन् । हुन्छन त केवल नेतृत्वको होडबाजी, यो पद र त्यो पदमा दावेदारीका घोषणा, एकले अर्कालाई हिलो छ्याप्ने प्रवृत्ति सतहमा तैरिन्छन् । यसले समग्र जापानमा बस्ने नेपालीहरुको प्रतिनिधिमुलक सोच, चिन्तन र वौद्धिकताको मापन गर्दछ । यसका बारेमा एनआरएनका जिम्मेवार तहमा बसेका शीर्षस्थहरुले के सोच्दा हुन् कहिलेकाँही घोत्लिन बाध्य बनाउँदछ । जापानमा सुरुदेखि एनआरएन अभियानलाई नजिकबाट बुझेका, एनआरएनलाई सहि दिशामा मार्ग निर्देशन दिन सक्ने हैसियत राख्ने बुद्धिजीवी वर्ग पनि छ, तर उनीहरु बिस्तारै अभियानबाट ओझेल पर्दै गईरहेका छन् । यसका मुल कारणहरु बारे अध्ययन हुनु जरुरी छ । 

एनआरएन जापान जापानमा बस्ने नेपालीहरुले गर्व गर्न लायक बनाउन सकिएको छैन । नेतृत्वमा रहेका कतिपयमा आफुबाहेक अरु सबैलाई होचा र पुड्का देख्ने प्रवृत्ति हावी हुँदै गईरहेको छ । उनीहरुको पृष्ठभूमि हेर्दा पनि न त एकेडेमिक हिसाबले न त योगदानका हिसाबले न त सक्षमताका हिसाबले सन्तोष मान्न सकिने देखिन्छ । यी सबै राम्रोसंग बुझेका यहाँका जानेमानेकाहरु चुइँक्क बोल्दैनन् । विगतमा झैं माथिको आशिरबादमा फेरि पनि उहि प्रवृत्तिले निरन्तरता पाउने संकेत देखिएका छन् । मुहान सफा नभएसम्म धारामा पानी सफा आउने कल्पना गर्न नसकिने विश्वब्यापी मान्यता जस्तै एनआरएनमा पनि मुहानबाटै सफा नगरेसम्म यस खालको प्रवृत्तिमा सुधार आउन सक्ने देखिदैन । प्रवृत्तिमा सुधार नभएसम्म एनआरएनको सदस्यता स्वतस्फुर्तरुपमा लिन जापानबासी नेपालीहरु तयार देखिदैनन् । मुढेबल लगाएर नेतृत्व चयन गरिने प्रवृत्तिले अभियानलाई उन्नत बनाउन सकिदैन । 

जापानको अर्को नाम अनुशासन पनि हो । अनुशासनभित्र शिष्टता, मर्यादा, नम्रता र शालिनता पनि पर्दछन् । यस्तो देशको एनआरएन कस्तो बन्दै गईरहेको छ, सबैले जानेबुझेकै कुरो हो । त्यसकारण पनि जापानको एनआरएनमा आमुल सुधारको खाँचो छ, त्यसका लागि सबैले अपनत्व महशुस गर्न सक्ने सन्तुलित र शालिन नेतृत्व आजको समयको माग हो । सही नेतृत्व र नीति अभावका कारण एनआरएन जापानप्रति आकर्षण र अपनत्व घट्दो छ । जसको ज्वलन्त उदाहरण विभिन्न क्षेत्रगत आधारमा एनआरएन जापानको सदस्यता लिनेहरुको संख्या घट्दो रहेकोलाई लिन सकिन्छ । तसर्थ हाम्रो, राम्रो र साझा नेतृत्वको पक्षमा अबको एनआरएन जानुपर्दछ । एनआरएनलाई साझा संस्थाकैरुपमा अर्थात संस्थागत मान्यताअनुसार स्थापित गराउन सक्ने सक्षम, सवल र सन्तुलित नेतृत्वलाई सहयोग गर्नु हरेक सचेत जापानबासी नेपालीको कर्त्तब्य हो । साझा संस्थामा कसैको ब्यक्तिगत रहर पुर्‍याउन दोहोर्‍याएर, तेहर्‍याएर नेतृत्वमा दावी गरिरहने गलत सँस्कारलाई नजिर बस्न दिईनु हुँदैन, यो एनआरएन अभियानको हितमा पनि हुन सक्तैन ।

वि.सं.२०७६ साउन ७ मंगलवार २०:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...