back
CTIZAN AD

वरिष्ठ लोकगायक खनाललाई ‘स्टार अफ दि इयर’को अवार्ड

वि.सं.२०७६ साउन ८ बुधवार

1.1K 

shares

काठमाडौँ । स्टार अफ किङ्गस कतारले अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष, वरिष्ठ लोकगायक एवं सञ्चारकर्मी रामप्रसाद खनाललाई ‘स्टार अफ दि इयर’को अवार्ड प्रदान गरेको छ ।

लाजिम्पाट स्थित होटेल ली हिमालयमा आयोजित एक विशेष कार्यक्रममा विदेशमा रहेर पनि गीत सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत खनाललाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

साढे तीन दशक देखि गीत सङ्गीत, कलाकारिता, पत्रकारिता र साहित्यका क्षेत्रमा स्वदेश तथा विदेशमा जहाँ रहँदा पनि उनले दिएको योगदानको उच्च कदर गर्दै उनलाई स्टार अफ द इयर पुरस्कार प्रदान गरिएको घोषणा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अग्रज हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र बसुन्धारा भुसाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई लगायतका विशिष्ट अतिथिहरूले खनाललाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा खनाल सहित ६७ विधामा उत्कृष्ट टप ३ को मनोनयन पत्र एवम् सम्मान प्रदान गरिएको थियो । नेपालका विशिष्ट अतिथिहरू चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,वरिष्ठ अभिनेत्री बसुन्धारा भुसाल, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, वरिष्ठ नायक सरोज खनाल, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कलाकार किरण केसी, वरिष्ठ गायिका ज्ञानु राणा,वरिष्ठ गीतकार डा।कृष्ण हरि बराल, वरिष्ठ गायक सिताराम पोख्रेल सर्लाही जिल्ला नेकपा अध्यक्ष रेवती पन्त लगायतको हातबाट उक्त मनोनयन पत्र तथा मेडल प्रदान गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खनालले कला र संस्कृति देशको गहना भएको बताउँदै रामप्रसाद खनाल सहितका विशिष्ट कलाकारहरूलाई सम्मान गर्न पाउँदा आफू हर्षित भएको बताए । उनले यसरी विदेशी आयोजकले नेपाली कलाकारहरू प्रति देखाएको यस किसिमको अन्तर्राष्ट्रिय सम्मान प्रति आयोजक एवं कार्यक्रम संयोजन गर्ने आयोजक टिम प्रति धन्यवाद व्यक्त गर्नुका साथै यसलाई निरन्तरता दिनसमेत आग्रह गरे ।

सोही कार्यक्रममा स्टार ईन्टरनेशनल अवार्ड आयोजनाका लागी उल्लेख्य भूमिका खेल्ने अच्युत सुवेदी, अमेरिकामा रहेर कला क्षेत्रमा सक्रिय नायक एवं मोडल रिसब पोखरेल आयोजक स्टार अफ किङ्गका प्रमुख मुनीर अब्दुल रहमान कान्डोथ तथा वरिष्ठ कानुनी सल्लाहकार एवं स्टार ईन्टरनेशनल अवार्डका संयोजक नासिर अब्दुल रहमानलाई अवार्डका नेपाल संयोजक पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टबाट सम्मान गरिएको थियो ।

सो अवसरमा आगामी अगष्ट १२ का दिन इदका अवसरमा कतारको दोहा स्थित भव्य हल रिजेन्सी हलमा आयोजना हुने स्टार ईन्टरनेशनल अवार्डका लागी उत्कृष्ट टप ३ सम्मान ग्रहण गर्न मनोनयनमा पर्ने चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कतार, कुवेत, युएई लगायत गल्फका देशहरूमा आफ्ना व्यापार व्यवसाय विस्तार गरी सयौँ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरञ्जन इतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तर्राष्ट्रिय अवार्ड वितरण गर्नुका साथै वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल,वरिष्ठ कलाकारहरू निरु खड्का, जानुका प्याकुली, नायक श्रीदेव भट्टराई, समाजसेवी तिल बहादुर कार्की, गोकर्ण लामिछाने, महिला व्यवसायी सुशीला थापा, सञ्चारकर्मी गीता अधिकारी, लगायत कतारमा रहेका केही विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।

लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू आयोजना गर्दै लोकप्रिय सञ्चारमाध्यम समेत सञ्चालन गर्दै आइरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करिब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितिमा नेपालका चर्चित कलाकारहरूको मनोरन्जनात्मक कार्यक्रम रहने बताइएको छ ।

वि.सं.२०७६ साउन ८ बुधवार ०९:१७ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...