Sansar News- Nepal's Fast Khabar Online News Portal

निबन्ध : ऐनाको मान्छे

अशोककुमार शिवा,गल्कोपाखा, काठमाण्डौं
३ महिना पहिले
निबन्ध : ऐनाको मान्छे

कहिले काहिं कसैलाई यसो जिस्कायो भने आफ्नो अनुहार कहिले ऐनामा हेरेका छ? भन्थे र आफु पनि अरुलाई त्यसै भन्नेगर्थें । साच्चि भन्दा मैले पनि आफ्नो अनुहार राम्ररी ऐनामा हे¥या रहेनछ । आज एकाविहानै मुखसुख धोएर रुमालले अनुहार पोछ्दै यसो ऐनामा हेरेको त म दंङ्ग परें, म जस्तै दुरुस्त पो हुँदो रहेछ ऐनाको मान्छे । अझ म जे गर्छु त्यसै पो गर्छ । हाँस्छु हाँस्छ । निच्च दाँत देखाउँछु उ पनि देखाउँछ । नाक समाउँछु उ पनि नाकै समाउँछ । आँखा झिम्काउँछु उ पनि झिमिक्क आँखा झिम्काउँछ । ए बा यस्तो पनि कहिं हुन्छ ?

म जस्तै त्यो ऐनाको मान्छेको दिमाग कत्तिको रहेछ भनेर जाँच्न फ्याट्ट प्रश्न गर्न मनलागेर ल भन त मान्छेको दाँत कतिवटा हुन्छ भनेको त प्वाक्क भनिदियो बत्तिसवटा हुनुपर्ने हो तर दुर्भाग्य मेरो एकतिसबटा मात्र छ भनेर । म झन अचम्ममा परें मेरो पनि त दाँत एकतिसवटै छ । त्यसमा पनि एउटा फुक्ल्या, एउटा ढुङ्गा लागेर फुट्या अरु दुईवटा बंगरामा स्टिलले छोप्या छ पो भन्छ त ठ्याक्कै मेरै जस्तो । लवाई हेर्दा पनि आफ्नै जस्तो छ । हाउभाउ सबै आफ्नै जस्तो छ । मनमा कुरा खेलाउदै बिहानको नित्यकर्म सकेर चिया उमालेर सुख्खा रोटी चपाउँदै ऐनाको बुढो के गर्दैछ भनेर यसो च्याएको त उ पनि पो सुख्खा रोटी चपाउँदै रहेछ । ए, उ पनि नास्ता गर्दै रहेछ भनेर भान्सामा गएँ ।

एकछिन पछि चियाको कप लिएर फेरी सुटुक्क चियाएको, उ पनि मेरो जस्तै कपमा चियाको चुस्की लगाउँदै रहेछ । एकछिन त रिसले आँखा पनि देखिन हैन नक्कल गर्नुपनि एउटा हुन्छ नि जे ग¥यो त्यही गरिदिने? बद्मास । मज्जाले हप्काउनु प¥यो भनेर चियाको कप भान्सामा राखेर पाखुरा सुर्केर आएँ ऐना अगाडि । म भन्दा पहिला त उ नै पो रिसाएछ क्यार आँखा रसिला रसिला पारेर रिसाएको अनुहारले उल्टै मलाई नै पो खाउँला झै गरेर हे¥यो । डर डर पनि लाग्यो एक्लै छु च्याप्प समाएर झ्यामझ्याम हान्यो भने के गर्नु बरु फकाउनु प¥यो भनेर नरम भएर किन रिसाएको भनेको, अनि किन नरिसाउँ म जे गर्छु तिमी त्यसै गर्ने हो त भन्यो । किन रिसाउन लगाउने भनेर मुसुक्क हाँसेर माफ पाउँ भनिदिएँ ।

एकछिनको तातो रिस सेलाएपछि फेरी सोधे तिमी एक्लै हौ भनेर । एक्लै छु के गर्नु भन्यो । अनि तिम्रा सन्तान कोही छैनन् भनेको सन्तान त छन रे तर कोही कता कोही कता छन रे, मेरा जस्तै । अनि पत्नी त? भनेको, पत्नी पनि छोरासंग छन रे एकदम मेरो जस्तै । बिचरो बुढो, सारै मायालाग्यो । म पनि उस्तै त होनी ल हामी मिलेर गफसफ गर्दै पकाउने खाने गरौं आदि इत्यादि सबै काम गरौं भनेको बिहानै, अहिलेसम्म आएको छैन । जतिखेर हेर्नगयो ठिङ्ग उभिएर बसिरहेकै हुन्छ ।

देख्नासाथ निच्च दाँत देखाएर हाँस्छ । एकछिनमा निस्केला भनेर कु¥यो निस्किदैन । अरु पनि धेरै कुरा सोध्न मन त थियो, तर बिचराको मन किन अमिल्याउनु भनेर सोधिनँ । सायद उसको आनिबानि पनि मेरो जस्तै होला । मलाई घरबाट बाहिर निस्कनु प¥यो भने आफुभन्दा लामो काँडा उम्रन्छ । म घर कुरुवा, उ ऐना कुरुवा त होला नि । यस्तो हुँदो रहेछ ऐना र पो जस्ले पनि तैले तेरो अनुहार ऐनामा हे¥याछस् भन्दा रहेछन् । जे होस मलाई यो ऐना सारै उपयोगी साथी लाग्यो । दुरुस्तै आफु जस्तो । आज मित्रता दिवस रे, हाम्रो मित्रता पनि अमर अनि अजर रहोस ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…