Sansar News- Nepal's Fast Khabar Online News Portal

‘नेताज्यूहरु, एकपटक जबज पढ्नुहोस्’

संसार न्यूज़
३ महिना पहिले
‘नेताज्यूहरु, एकपटक जबज पढ्नुहोस्’

सूर्य थापा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उम्दा युवानेता हुन् । पार्टी भित्र र बाहिरका प्राय मुद्धाहरुमा दार्शनिक कोणबाट प्रभावशाली बहश गर्न सक्ने सामथ्र्य राख्छन् थापाले । पछिल्लो समय थापा पार्टीको नीति सिद्धान्त र कार्यक्रमको बहसमा छन् । थापाले नेपाल कम्युनिष्ट पार्टीले अङ्गिकार गरेको बाटो नै जनताको बहुदलिय जनबादी रहेको मान्यता राख्छन् । जवजका १४ विशेषता मध्ये १० वटा विशेषता त नेकपाको विद्यानमै व्याख्या गरिएकोले नेकपाको बाटो जनताको बहुदलिय जनवादी रहेको थापाको बुझाइ छ ।

प्रस्तुत छ , युवा नेता थापासँग गरिएको लामो कुराकानीको सम्पादित अंश

पार्टीको एकताका कामहरु अन्तिम चरणमा पुगिरहेको बेला जनताको बहुदलीय जनवाद वा एक्काइसौं शताब्दिको जनवादको नाममा बहस हुनु कति सान्दर्भिक होला ?

अहिले केही मानिसहरु अनावश्यक स्याल हुँइयामा लागेका छन् । केही मानिसहरुले कुनै धरातलिय आधार नभएको ,कसैको मनभित्र रहेको कुरा लाई नयाँ भनिरहेका छन । ठोस आधार, ठोस व्याख्या र कार्यान्वयन भइरहेको जनताको बहुदलिय जनवादलाई पुरानो भनिरहेका छन् । उनीहरुले नेपाल कम्युनिष्ट पार्टीको विधानमा जवजका १४ विशेषतामध्ये १० ओटा विशेषता समेटिएको कि त बिर्सिएका छन् , या पूर्वाग्रह पूर्ण तरिकाले जवज विरुद्ध विष वमन गरिहेका छन् ।
आवधिक निर्वाचन, संवैधानिक सर्वाेच्चता, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष , कानुनी शासन जस्ता जनताको बहुदलिय जनवादका १० ओटा विशेषता नेकपाको विधानमा छन् । म एक पटक पृष्ठ ५ मा भएका यी व्यवस्था पढेर बोल्न सबैलाई आग्रह गर्दछु । यसकारण अहिले नेकपाले अङ्गिकार गरेको नीति जनताको बहुदलिय जनवादी नीति हो । जवजका सबै मान्यता स्वीकार गर्ने तर जवज अस्वीकार गर्ने कब्जियत प्रवृतिका कारण पछिल्ला वहशहरु आएका छन् ।

पार्टी एकता पछि जनताको बहुदलिय जनबाद, माओवाद र एक्काइसौं शताब्दीको जनवादलाई स्थगन गर्ने भनिएको बेला यो खालको बहसको आवश्यकता छ र ?

पूर्व एमाले र माओवादी केन्द्र बीच एकता भएपछि हामीले यी दुवै पार्टीका राम्रा मान्यताताहरुलाई एकाकार गरेर जनताको जनवादको विकास गरेका छौं । यो एकतामा हामीले अगाँलेको मूल वैचारिक मियो के हो भन्नेमा प्रष्ट हुनु जरुरी छ । हाम्रा दुई पार्टी एकता हुँदा सर्वहारा अधिनायकत्व वा शसस्त्र सर्घष नामको मियो समाएर एकीकृत भएका होइनन् । मुलतः यो एकता शान्तिपूर्ण परिवर्तन, संवैधानिक सर्वाेच्चता, स्वतन्त्र न्यायपालिका र संसदीय व्यवस्थालाई स्वीकार गरेर यसै मार्फत अगाडि बढ्न भनेर गरिएको हो ।
एकता गर्दा एउटा मान्यतामा आधारित भएर गर्ने अहिले अनावश्यक बखेँडा झिकेर विवाद गर्ने काम युक्ति सङ्गत हुनै सक्दैन । यो त माछा मिठो काँडा तितो भन्या जस्तो मात्रै हो ।

जवजको युग समाप्त पार्ने काम त तत्कालीन एमालेको नवौं महाधिवेशनबाटैे भएको होइन र ?

हो, समाजको चरित्रका बारेमा नवौं महाधिवेशनमा व्यापक वहश भएको हो । २००७ सालको समाज र०७० को समाज एउटै रहेन भन्ने विषयमा एकमना विचार पनि निमार्ण भएको हो ।
एकथरी साथिहरुलाई अव नेपाली समाज पुरै पुँजीवादी भयो भन्ने लाग्यो । तर पार्टीको दस्तावेजमा त्यसरी स्थापित गरिएको छैन । नौलो जनवादी कार्यक्रमले समाजलाई विश्लेषण गर्दा समाज अर्धसामन्ती र अर्ध औपनिवेशीक छ भन्ने मान्यता स्थापित गरेको थियो ।
तर समय त परिवर्तन भयो ,सधै हामी एउटै अवस्थामा रहिरहन पनि सक्दैनथ्यो । कहिले जवजलाई सिद्धान्त बनाउनु पर्छ भन्ने बहश पनि तीनै साथीहरुबाट भएको थियो । नवौं महाधिवेशनमा तीनै साथीहरुले समाज अर्धसामन्ती र अर्ध औपनिबेशिक रहेन दलाल पुँजीवादी भयो भन्ने बाहानामा जवजको औचित्य सकियो पनि भन्न थाल्नुभयो ।
अहिले पनि जवज झन सर्वस्वीकार्य बन्दै गएको छ । हिजो क. मदन भण्डारीले जबज प्रतिपादन गर्दा संसोधनवादी, विघटनकारी आदि आरोप लगाउनेहरु सबै जबजकै बाटोमा आएका छन् । यसको विरोध गर्नेहरु सबै रक्षात्मक अवस्थामा छन् । यसकारण कसैले चाहेर वा नचाहेर जवजको औचित्य सकिदैन । यो त झन मुखरर भएर आएको छ ।

एकीकृत पार्टीको महाधीवेशनमा जवजका बारेमा बहश कसरी हुन्छ होला ?

जवज रातारात स्वीकार्ने वा छोड्ने विषय होइन । यो त हाम्रो पार्टीको लाइफ लाइन हो । जवजकै आलोकबाटनै हाम्रो पार्टीका मान्यताहरु स्थापित भएका छन् । खल्तीमा भएको भुँईमा फालेर भुँईको टिप्ने मुर्खता हामीले गर्दैनौं । आगामी महाधिवेशनमा जवजको बिचारमा एकमना निर्णय हुन्छ ।

एक्काईसौँ शताब्दीको जनवादको वहश पनि होलानि ?

अहिले जवज र जननेता मदन भण्डारीको नाउँमा भइरहेका स्वार्थहरुको सौदावाजी रोकीनुपर्छ । हामी सबैले जवज कुनै सम्प्रदाय होइन भन्ने बुझ्नु जरुरी छ । म मेरा नेताज्यूहरुलाइ सबै भन्दा पहिला जवज पढ्न आग्रह गर्छु ।

अब रह्यो एक्काइसौँ शताब्दिको जनवादको विषय । यस जनवादले जनसेनाको निरन्तरताको अस्तित्व स्वीकार गरेको छ ।
आत्मनिर्णयको अधिकार स्वीकार गरेको छ । निर्देशित प्रजातन्त्रलाई आत्मसाथ गरेको छ । यस कार्यक्रमले सर्वहारा अधिनायकत्वको विषयलाई अहम ठानेको छ । तर, नेकपाको नीति सिद्धान्त र अन्तरिम विधानमा यी कुरा अटाएका छैनन् । त्यहाँ त खुला र बहुल समाजको मान्यता अगाडि सारिएको छ । संवैधानिक सर्वाेच्चता र संसदीय प्रजातन्त्रलाई स्वीकार गरिएको छ । शसस्त्र सङघर्ष र बल प्रयोगको विषय त नयाँ विधानमा अटाएको छैन । यसकारण जवजको काउन्टर विचारको रुप एक्काइसौँ शताब्दीको जनवाद हुन सक्र्दैन ।

अलिकति प्रसङग बदलौँ, अब पार्टी एकताको विषयमा जाउँ कतै कतै यो एकतालाई क वर्गको बैंङक र सहकारीका बीचको एकता पनि भन्ने गरेको सुनिन्छ त ?

हो यसलाई जनमतले पनि देखाएको छ । तत्कालिन एमालेले प्राप्त गरेको ३३ लाख मत र माओवादी केन्द्रले प्राप्त गरेको १३ लाख मतले सबै प्रष्ट पार्छ । कुलमा एमालेको ७२ प्रतिशत र माओवादीको २९ प्रतिशत नै जनअनुमोदन हो । यस्तो अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको उदार मान्यता र अर्का अध्यक्ष पुष्पकमल दाहालको रिस्क मोल्न सक्ने तागतले काम गरेर नै यो एकता भएको हो ।

तल्ला तहसम्मको एकता कसरी भइरहेको छ ?

यो बढो सान्दर्भिक विषय उठाउनुभयो । । पूर्व एमाले व्यवस्थित र अभिलेखिकरणको व्यवस्थापन गरेर अगाडि बढेको पार्टी हो । तर माओवादी केन्द्र शसस्त्र सङषर्ण बाट आएको पार्टी भएकाले होला अभिलेखको व्यवस्थापन राम्रो देखिएन । तल्ला कमिटिहरुमा हाम्रा साथिहरु अभिलेखका आधारमा छानिएका छन् । भने पूर्वमाओवादीका साथिहरु नेताहरुको स्मरणको आधारमा छानिएका छन् ।

अझै प्रसङ बदलौं स्कुल विभागमा त व्यापक विवाद देखिन्छ, यसलाई कसरी हेरिरहनु भएको छ ?

यसमा त मेरो मान्यता ०४९देखि ०७६ सम्म एउटै व्यक्ति हुनु हुँदैन भन्ने हो । फेरी दुई अध्यक्षको बीचमा राख्ने कुरा पनि स्कुल विभागको अन्त्य वा हत्या गर्ने कुरा मात्रै हो । म त अध्ययन, अनुभव र आदर्श हेरेर विभागको जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता राख्ख्दछ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…