Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट पारित भयो ‘तीन तलाक’

संसार न्यूज़
७ महिना पहिले
भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट  पारित भयो ‘तीन तलाक’

३१ जुलाई, काठमाण्डौं । भारतको राज्यसभाबाट तीन तलाक पारित भएको छ । लोकसभामा पारित भएपछि राज्यसभाबाट पनि तीन तलाक विधेयक पारित भएको हो । उक्त विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ भोट परेको थियो ।

उक्त विधेयक पछिल्लो साता लोकसभामा कर्तल ध्वनीका साथ पारित भएको थियो भने राज्यसभामा यो विधेक पारित हुने÷ नहुने भनेर यसलाई सरकारको परीक्षामा रुपमा लिइएको थियो । तर, टीआरएस, जेडियू र एमआईएडीएमको वर्क आउट गरेपछि सरकार मुस्लिम महिला (विवाह अधिकार संरक्षण) विधेयकको सहज तरिकाले पारित गर्न सफल भएको बिबिसीले जनाएको छ ।
राज्यसभामा अहिले २४१ सदस्य रहेका छन् । तर, जेडियू र एमएडिएमकेको वर्कआउटका लागि उपस्थित सदस्यको संख्या घटेर २१३ रहेको थियो । यस्तो अवस्थामा बिधेयक पारित गर्नका लागि १०७ सदस्य हुनैपर्ने थियो र राज्यसभामा एनडीएका सदस्यको संख्या १०७ रहेको र जसका कारण विधेयक पारित हुने तय भएको बताइएको थियो ।
दुवै सदनबाट उक्त विधेयक पारित भएपछि अब यो विधयेक राष्ट्रपति कहाँ मन्जुरीका लागि पठाइने रत्यहाँबाट पारित भएपछि कानुन बन्ने छ ।

फाइल फोटो

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ५ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…