Sansar News

पोखरा महानगरको गेटमा निःशुल्क जापानी मेकअप

जमुना वर्षा शर्मा
३ हप्ता पहिले
पोखरा महानगरको गेटमा निःशुल्क जापानी मेकअप

१५ साउन । पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए । बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्क मेकअप ।’

सबै व्यस्त थिए, महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रूपमा रहेका थिए, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।

केही सेवाग्राही भने त्यो दृश्यले निकै अचम्म मानेर हेरिरहेका थिए । महानगर जस्तो व्यस्त ठाउँमा मेकअपको सामान फिजाएर निःशुल्क मेकअप गर्दै बस्नुको अर्थ धेरैले भेउ पाएनन् । काममा आउनेहरु केही बेरको दृश्य हेरेर फर्के भने केहीले निःशुल्क मेकअपमा सहभागी पनि जुटाए ।

साउनको महिना भएकाले अधिकांशले हातमा मेहन्दी लगाइरहेका थिए । “साउनको महिना आज कामले महानगर आएको मेकअप गर्ने कार्यक्रम रहेछ”, पोखरा–१७ बस्ने उमा सुवेदीले भनिन्् “निःशुल्क मेहन्दी लगाइदिन्छौँ भन्नुभयो लगाएँ ।”

केही सेवाग्राहीले भने गुनासो गरिरहेका थिए । ‘महानगर जस्तो ठाउँमा यसरी मूल ढोकामा मेकअप गर्नुको औचित्य के हो ? यसले कस्तो सन्देश दिन खोजेको हो ?’ महानगर मूल ढोकामा भएको यो गतिविधि राम्रो नलागेको एक पुरुष सेवाग्राहीले प्रतिक्रिया दिए ।

महानगरका उपप्रमुख मञ्जु गुरुङले भने जाइकामा कार्यरत जापानी सौन्दर्यकर्मीले सौन्दर्यकलाका बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगरमा पनि ठाउँ मागेकाले उपलब्ध गराएको बताइन् । “खासै विशेष कार्यक्रम केही होइन, एक जापानी सौन्दयकर्मी युवतीले सामान्यतः मेकअप कसरी गर्ने र यसले महिलाको सौन्दर्य र आत्मविश्वासमा कस्तो प्रभाव पार्छ भनेर सिकाउनका लागि ठाउँ माग्नुभयो हामीले उपलब्ध गराएका हौँ ।” यसले महिलालाई मेकअपका बारेमा जानकारी दिन सहयोग पु¥याएको उनको भनाइ थियो ।

जाइकाबाट पोखरामा महानगरपालिकाको महिला शाखामा कार्यरत जापानी युवक योहासिमातोको सहयोगमा जापानी युवती महानगर परिसरमा आएको उपप्रमुख गुरुङले जानकारी दिइन् । उनले पोखराको अन्य वडामा समेत निःशुल्क मेकअप गर्दै आइरहेकी छिन् ।

सौन्दर्यकलाको विद्यार्थी २२ वर्षीया युरिकाले एक महिनाको बसाइमा आफ्नो सीपलाई अरूसमक्ष पु¥याउने प्रयास गरेको बताइन् । “जापानी मेकअपका बारेमा नेपालमा जानकारी दिने उद्देश्य र नेपाली महिलामा मेकअपको महत्व र यसले महिलाको जीवनमा ल्याउने सकारात्मक कुराहरुका बारेमा जानकारी दिन निःशुल्क मेकअप गरेकी हूँ ।” यो आफ्नो रहर र पेशा दुवै भएको उनको भनाइ थियो ।

युरिका शिवायामासहित गुरुङ ब्युटी एकेडेमी न्युरोड पोखराका चार प्रशिक्षार्थीहरुले दिउँसो १ देखि ४ बजेसम्म सेवाग्राही महिलालाई मेकअप गराइदिएका थिए ।

सर्बाधिक पढिएको

ज्ञान मर्हजन अर्थात् नेपाली ‘प्याडम्यान’

ज्ञान मर्हजन अर्थात् नेपाली ‘प्याडम्यान’ १ महिना पहिले | संसार न्यूज़

प्याड, मिन्सुरेसन्स (रजस्वला) भएका बेला संवेदनशील अंगबाट बग्ने रगत रोक्नका…

पाल्पामा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक साइलेज उत्पादन शुरु

पाल्पामा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक साइलेज उत्पादन शुरु ४ हप्ता पहिले | सुशीला रेग्मी

८ साउन, बेझाड । पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने…

कतारबाट फर्केर दीपकले गरे ‘नेपाल स्कूल अफ योग’ सञ्चालन

कतारबाट फर्केर दीपकले गरे ‘नेपाल स्कूल अफ योग’ सञ्चालन ४ हप्ता पहिले | अशोक घिमिरे

९ साउन, काठमाडौँ । व्यस्त दैनिकी, अस्वभाविक खानपिन तथा शारीरिक…

एग्रो टुरिज्म नै समृद्धिको मेरुदण्ड हो

एग्रो टुरिज्म नै समृद्धिको मेरुदण्ड हो २ महिना पहिले | संसार न्यूज़

  उत्पादन नगरी आत्मनिर्भर नहुने, आत्मनिर्भर नभै स्वाधिन नहुने र…

जडीबुटीले बदलेको जुम्लीको जीवन

जडीबुटीले बदलेको जुम्लीको जीवन ४ हप्ता पहिले | विजय रावत

७ साउन, खलङ्गा । गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५,…

के हो म्याकाडमिया नट, यसको खेती कसरी गर्ने ?

के हो म्याकाडमिया नट, यसको खेती कसरी गर्ने ? १ महिना पहिले | संसार न्यूज़

म्याकाडमिया नट (Macadamia Nut) सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले यसलाई…