Sansar News- Nepal's Fast Khabar Online News Portal

‘केराको पात’ सार्वजनिक

रासस
१२ महिना पहिले

१६ साउन, काठमाडौें । नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र प्रिया भण्डारीसँगको सहकार्यमा हरितालिका तीजको शुभकामनासहित नयाँ तीज गीत केराको पात यूटुबमार्फत बजारमा सार्वजनिक भएको हो ।

आफूलाई लोक गायक भन्न रुचाउने खातीले अन्य खालका गीत गाइसकेको हुनाले यो वर्ष पनि महिलाको विशेष पर्व तीजको अवसरलाई परेर तीज गीत बजारमा ल्याउने जानकारी दिए । मार्मिक शब्द र रोमाञ्चक सङ्गीत भएको हुँदा सङ्गीतप्रेमीले सो गीतबाट भरपुर मनोरञ्जन लिने विश्वास गायक खातीले गरेका छन ।

गायक खातीले यसअघि मूलको पानीले, ओ के छ त, बीउ खायो कीरैलेजस्ता गीत गाइसकेका छन । तीज गीतमा बजाइदेउ मादालु, नाचौँ घमीघुमी, कपालमा कलरजस्ता दर्जनाँै गीत गाइसककेका छन ।

रमाइलो विषयवस्तुमा निर्माण गरिएको उक्त गीतमा छायाङ्कन सुरेश श्रेष्ठले गरेका हुन भने सम्पादन प्रकाश धमलाले गरेका हुन । शिरिष देवकोटाको लय, शब्दभित्र अनुबन्धित गीतको म्युजिक भिडियोको गोरखा चौतारी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…