back

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर

वि.सं.२०७६ साउन १६ बिहीवार

162 

shares
NTC AD
Global IME AD

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु सद्भाव समुहको अध्यक्ष गोपाल धानुक (बैतडी), उपाध्यक्ष टेकेन्द्र शाहि (जाजरकोट), सचिव नरेन्द्र बोहरा बैतडी ,स सचिव डिल्ली अधिकारी (कैलाली), कोषाध्यक्ष बिरेन्द्र धानुक बैतडी, सदस्य क्रमशः जीवन टमाटा (दार्चुला), सागर वि सि (दार्चुला), लोकेन्द्रबहादुर धानुक (बैतडि) प्रेम बहादुर बोहरा (कैलाली), मंगलसिंह साउद (बैतडि), राजेन्द्र ढाट र वीर बहादुर बोहराले विवेकशील साझा पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको घोषणा गरेका छन् । एक विज्ञप्ति जारि गरी उनीहरुले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पार्टिबाट राजिनामा दिनु पर्ने कारण प्रष्ट्याउँदै आफ्ना असहमतिहरु बताएका छन् । उनीहरुले पार्टीको सम्बन्ध राजावादीसँग भएको भन्ने ठहर गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘हालको साझा पार्टी भविष्यका जनताको लागि भन्दा पनि पार्टी कसरी बनाउने भन्ने रहेको र वेलाबेलामा जनमत संग्रह र धर्मनिर्पेक्षताका कुरा उठएको देख्दा यिनीहरुको राजावादीहरुसंग निकतम सम्बन्ध छ भन्ने ठम्याइ हामीले पार्टीबाट राजिनामा दिएका हौं ।’

त्यसैगरी पार्टीमा ठुला बडा र सम्पन्न बर्गका मानिसको मात्रै हालिमुहालि बढेको, कुनैपनि निर्णय गर्दा केन्द्र र संयोजक ले मनोमानि निर्णय गर्ने गरेको जस्तैः विगतको रास्ट्रिय सभामा राधेश्याम अधिकारीलाई समर्थन पछिको विवाद, अर्को प्रदेश ३ को प्रतिनिधि छनौट प्रक्रियामा छलफल नगरि निर्णय गरेर संगठनमा भाडभैलो ल्याएको र हालै समावेसिताको नाममा सबै सम्पन्न र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिलाई केन्द्रीय सदस्य बनाइएको लगायतका कुराहरू र सुझाव दिदा पनि व्यवस्था गरेको उनीहरुको आरोप छ । कार्यकर्ताको सुझावलाई बेवास्ता गर्दा नै पार्टी फुटेको हो, भन्ने उनीहरुको ठम्याइ व्यक्त गरिएको छ । केही दिन अघि कैलालीमा नगर संयोजक र प्रदेशसभा सदस्य उम्मेदवारले दिएको राजिनामा लगाएतका बिषयमा छलफल गरेपछि राजीनामाको निर्णयमा पुगिएको बताइएको छ ।

बिबेकसिल साझा पार्टी सभा उमेदवार तथा मलेसियाको जोहरबारू सहसंयोजक बिरेन्द्र बोहरा बिमल लगायतका एकाई कमिटीका १३ जानले पार्टी परित्याग गरेको जानकारी गराइएको छ । राजीनामा गर्नेहरुमा :
सह सयोजक – बिरेन्द्र बोहरा बिमल
अध्यक्ष – गोबिन्द धानुक
उपाध्यक्ष – टेकेन्द्र शाहि
सचिब – नरेन्द्र बोहरा
सदस्य –
बिरेन्द्र धानुक
लोकेन्द्र धानुक
जीवन टमाटा
सागर बि सि
प्रेम बोहरा
डिल्लि अधिकारी
मगँल साउद
राजेन्द्र घनाडी
वीर बहादुर बोहरा रहेका छन् ।

वि.सं.२०७६ साउन १६ बिहीवार १६:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...