Sansar News- Nepal's Fast Khabar Online News Portal

अरनिको वृतान्त

शीतल गिरी
३ महिना पहिले
अरनिको वृतान्त

अरनिको चीनको अत्यन्त सम्पन्न सुखसुविधाले परिपूर्ण भएको दरबारमा आरामसँग रहेका थिए । उनका वरिपरि नोकरचाकर, धाई, सुसारे र अरू अङ्गरक्षकहरू पनि हुन्थे । चीनमा वादशाह पछाडि सम्मान पाउने उनीमात्रै हुन् । उनी बाहिर निस्कदा उनको पछाडि पहिले आठघोडे बग्गि हुन्थ्यो भने उनको पछाडि ४ घोडे बग्गी हुन्थ्यो । त्यसपछि ४ घोडे बग्गी हुन्थ्यो र अरु पैदल १० जना सिपाहीहरू हातमा तरबार लिएर बग्गीका अगाडिपछाडि हिँडिरहेका हुन्थे । उनको अगाडि पनि पहिले ४ घोडे बग्गी र त्यसपछि ८ घोडे बग्गी हुन्थ्यो । माघमारहेको अत्यन्त सिँगारिएको १६ घोडे बग्गीमा अरनिकोलाई बस्ने व्यवस्था मिलाईको हुन्थ्यो ।

अरनिको जन्मताका नेपालमा राज्यविद्रोह भएपछि लिच्छवि राजा उदयदेव बस्न नसकेर नेपालबाट तिब्वतमा शरणार्थी भएर गएपछि राज्य लथालिङ्ग भयो । त्यसपछि पनि ‘डोय’ को खतरनाक आक्रमणले झन जर्जर पारेको थियो ।

अरनिकोको बुवाको नाउँ मतियार र आमाको नाउँ लक्ष्मीनिया हो । उहाँहरूको बीच बडो प्रेम थियो ।

विहान चाडै उठेर पूजापाठ गर्नु र दरबारमा जानु, राजकाजमा परेको–अराएको काम गर्नु, यही थियो अरनिको वुवाको काम । त्यसबेलाका राजा पनि ठकुरी र लिचछवि वंशबाट प्रार्दुभाव भएका रहेछन् । जातपात, छुवाछुत त्यति धेरै चलेको नभए पनि केही कट्टरपन्थीहरू छुवाछुत र जातपातका समर्थक रहेछन् ।

अरनिको परिवारसँग रिसगर्ने एकजना छिमेकीले उनलाई धेरै ठाउँमा दुःखदिने काम गरे । यहाँसम्म कि अरनिको तिब्बत जादा अनेकौं बहाना बनाएर ऊ पनि सँगसँगै गयो र मौका पाउनासाथ दुःख दिन चुक्दैनथ्यो ।

अरनिकोलाई अनेकौं अभियोग लगाउन खोज्थ्यो, तर सत्य सधै सत्य नै हुन्छ । उसको केही नलागेको हुँदा, तिब्बतबाट उ त्यतिकै नेपाल फर्कियो । अरनिकोलाई चीनमा चीनको सम्राट्ले त्यहाँको सबभन्दा ठूलो दर्जाको सम्मान दिएपछि भने उ चीन आएर अरनिकोसँग माफी मागेर फर्कियो ।

ज्थ्यो, तर सत्य सधै सत्य नै हुन्छ । उसको केही नलागेको हुँदा, तिब्बतबाट उ त्यतिकै नेपाल फर्कियो । अरनिकोलाई चीनमा चीनको सम्राट्ले त्यहाँको सबभन्दा ठूलो दर्जाको सम्मान दिएपछि भने उ चीन आएर अरनिकोसँग माफी मागेर फर्कियो ।

अरनिकोको जन्मताका कपडा बुनेर लगाउने चलन थियो । तर, उनको परिवारमा कपडा बुन्ने सामानसम्म थिएन । त्यसकारण केही समयसम्म त नयाँ न्यानो कपडा नभएर पुराना थाङनामा अरनिकोलाई आमाले राख्नु भएको थियो । गाईभैसीको र आमाको दूध पिएर हुर्किएको अरनिको अलि ठूलो भएपछी मुख्य आहार पीठो बन्न पुग्यो ।

अरनिकोको केटाकेटी समयदेखि नै रमाइलो गर्नुपर्ने मानिस थिए । एकदिन घुम्दै घुम्दै उनी स्वयम्भू थान पुगेर राम्ररी हेरेपछि घरमा गएर माटोबाट त्यस्तै स्वयम्भू चैत्य बनाइ दिए । थुप्रै मानिसहरू अरनिकोले अर्कोपटक बनाएको भकारी आकारको स्वयम्भू चैत्य हेर्न आए र १२ बर्षको कलिलो केटो अरनिकोलाई स्याबासी दिए ।

बाह्रबर्षको उमेरमा अरनिकोले स्वयम्भू चैत्य बाहेक बुद्ध, सूर्य, विष्णु, गणेश, भगवती, ब्रह्मा इत्यादि अनेकौ देवीदेवताहरूका मूर्ति बनाइसकेका थिए । त्यस्तै मनिदरहरूको नमुना चैत्यहरूको नमुना पनि थियो । एक रात अरनिकोको भेट तिब्बतबाट नेपालको स्वयम्भू र पशुपतिनाथको दर्शनार्थ आउनुभएका भिक्षु भद्रवाहुसँग अशोक स्तम्भको सानो गुम्बामा भयो । उहाँहरूसँग कलाको विषयमा अरनिकोको कुरा हुँदा उहाँहरू अत्यन्त प्रसन्न भएर उनका कलाहरू खरिद गरे । त्यसपछि नै अरनिकोको भाग्यको उदय भयो । त्यसबेलासम्म अरनिको १५ बर्षका भएका थिए ।

सो समयमा राज्यका ठाउँ–ठाउँमा समय–समयमा पसलका व्यवस्थाहरू हुन्थे । मानिसहरू आफ्ना खेतबारीमा भएका सामानहरू चाहिँ पसलमा लगेर बेच्दथे । त्यतिमात्र होइन, आफ्नो घरमा कोही दासदासी चाहियो भने पनि त्यस्तै कहिलेकाहीँ लाग्ने पसलमा पाइन्थ्यो । नगरका व्यापारीका र राज्यका ठूलो ओहदामा भएका व्यक्तिहरूका सन्तानहरू त्यस्ता ठाउँमा जाने गर्थे । कहिलेकाँही अरनिको पनि त्यस्ता मनोरञ्जनात्मक स्थलमा जाने गर्थे । भिक्षु भद्रबाहुले अरनिकोले बनाएको कलालाई राम्रै मानेर उनका कलाका नमुनाहरू लिएर तिब्वत जानु भयो ।

तिब्वत जाने निश्चित भएपछि अरनिकोको घरमा अत्यन्त कारुणिक घटना भयो । अरनिकोलाई बिदागर्न उनको घरको ढोकामा २ वटा माटाका घडा राखिएका थिए । माटाका घैंटामा पूजा गरेर सिँगारिएको थियो । उनको आमा र बुवा ढोका बाहिर, श्रीमती एउटा कुनामा उभिएर सुँक्क सुँक्क गरीरहेकी, घरका साना साना केटाकेटीहरू वाल्ल परेर हेरीरहेका थिए भने अरनिको कुम्लो कुटुरो बोकेर ढोकामा पुगेकामात्र के थिए आमाले सुक्क सुक्क गर्दै भन्नुभयो— “कलिलो उमेरको मेरो यो छोरो भरखर १५ बर्षको मात्र छ । यो उमेरमा त्यति टाढा तिब्बत, त्यहाँ पुग्नलाई नै तीन महिना लाग्ने ठाउँमा त्यतिका दिनसम्म कसरी हिँडेर जाउला बावु । मलाईं असाध्यै माया लागेर आएको छ । जसो पर्ला पर्ला, गुन्द्रुक र ढिँडो खाउँला , बरु एकपेट खोले खाउँला, भैगो नजाउँ बाबु । जसो पर्ला पर्ला ।”

उनको आमा रुन पो लाग्नुभयो । आमा रुन लागेपछि उनकी श्रीमती झन् रोइन् । भाइहरू पनि सुँक्क सुँक्क गर्न थाले । बुवा पनि रुवाइको खोकी खोक्न लाग्नु भयो । अरनिकोको पनि आँसु बग्यो लुगाको फेरले पुछे । यस्तैमा आमाले फेरि भन्नुभयो— “बावु ! म तिमीलाई कसरी बिदा गरू ? यति कमलो, केटाकेटी उमेरको छोरालाई महिनौं लाग्ने बाटो हिँडाएर केको लागि पठाउँने मैले मर्ने बेलामा तिम्रो अनुहार हेर्न नपाउने भएँ बावु । आफुले कैयौं दुःख गरेर हुर्काएको बावुलाई कसरी माया मार्नु । म त तिम्रै शोकमा मर्ने भए ।”

अरनिको एकछिन अल्मलिएँ । सम्हालिँदै आमालाई समातेर अलि अलि हाँस्दै अनेकौं कुरा देखाएर सम्झाएर चित्त बुझाएँ । त्यसपछि श्रीमती, बुवा, भाइ बहिनी सबैलाई उनले संझाएपछि बल्ल बल्ल सबै चुपलागे । उनलाई आमाले टीका लगाई दिएर भन्नु भयो– “भगवान पशुपतिनाथ र बुद्ध भगवानले तिम्रो रक्षा गरुन् र तिम्रो मनमा भएका सबै कुराहरू पुगुन् ।”

त्यसपछि अरनिको कुम्लो बोकेर घरबाट निस्किए । अरनिकोको पछाडि पछाडि उनका काका पनि गए । त्यो लस्कर त्यसदिन पशुपतिनाथ, गुहेश्वरी भगवतीको दर्शन गरेर वागमती तरेर बौद्धमा गई बस्यो । भिक्षु भद्रवाशुले बौद्धमा सबैजनाका लागि खानेकुराहरूको व्यवस्था मिलाएर ठीक पारिराख्नु भएको थियो । त्यो लस्करमा रहेका ४ जना ब्राह्मणले नै भात पकाएर सालको पातमा सबैको लागि भात पस्किए ।

पहिलो पटकको भेटमा चिनिया लामाले दिएको स्नेहले अरनिकोको मनमा ठूलो छाप प¥यो र उनलाई लाग्यो—राम्रो काम गर्न सकेको अवस्थामा ठूला–ठूला मानिसहरूबाट प्रेरणा पाइँदो रहेछ ।
भर्खर भर्खर रचनात्मक काममा लागेकालाई अलि परिपक्क मानिसहरूले प्रेरणा दिए भने त्यसले उसको जीवनमा ऊर्जा थप्दछ ।

साँच्चै चिनिया लामाको स्नेहले अरनिकोलाई ठूलो हौसला र प्रेरणा प्राप्त भएको थियो ।
बौद्धमा बसेको भोलिपल्ट त्यो लस्कर बौद्ध तान्त्रिक मतअनुसार पूजाआजा गरेपछि प्रस्थान ग¥यो । बेलुका साँखुमा बास बसी बिहान सबेरै निस्केर बज्रयोगिनीको पूजा गरी भीमटारमा बस्न पुग्यो । भीमटारको बासस्थानमा राति नाचगानगरी चौतारा भन्ने अग्लो डाँडामा भोलीपल्ट विश्रामको लागि पुग्यो । त्यो तिब्बत जाने बाटो भएकोले नेपालको तर्फबाट पठाएको हाकिमले स्वागत तथा विदाइको कार्यक्रम राखेको थियो ।

अरनिको कलाकार थिए, तिब्बतमा चैत्य बनाउन जान लागेका थिए ।

अरनिकोले आफूसँग भएको भगवान पशुपतिनाथको प्रसाद लिन्तीको बासस्थानमा भेटिएकी छुच्ची आइमाईलाई दिए । अरनिकोले स्वयम्भू चैत्यको नमुना बनाएको र अहिले तिब्बतमा बौद्धको जस्तै चैत्य बनाउन जान लागेको थाहा पाएपछि तिनले बडो आदरभाव र सम्मान व्यक्त गर्दै भनिन् “बनबुलाई आज मेरो घरमा जे पाकेको छ त्यही खुवाउँछु, बाबु मेरो घरमा पाल्नोस् ।”
उहाँको श्रद्धाको अगाडि अरनिकोले केही भन्न सकेनन् र भिक्षुसँग अनुमति लिएरै तिनको घरमा खानाखान गए ।

ती आमैले बडो श्रद्धा र स्नेहका साथ खुवाएको चर्चा गर्दै बासबस्न त्यो लस्कर भोलीपल्ट तातोपानी पुग्यो । तातोपानीको वासस्थानमा त्यो लस्करलाई हेर्न करिब २०÷३० जनाको समूह बसेको थियो । त्यो समूहमा रहेका बालक, युवायुवती र अर्धवैसे मानिसले लगाएको लुगा मयलले कट्कटिएको थियो । हात र मुखमा पनि मयल देख्दा अरनिकोले बडो अचम्म माने । त्यो लस्कर भोलिपल्ट भोटको क्षेत्र खासामा पुग्यो । चीनको रीतिस्थिति र काइदाकानून अर्कै हुँदा सोको बारेमा भिक्षु भद्रबाहुले धेरैकुरा बताउनु भयो । बताउने र सिक्ने क्रम चीनको राजधानी नपुगुन्जेल नै कायम रह्यो । कैयौं ठाउँमा लामाहरूले प्रतिनिधित्व गरे ।

त्यो लश्कर तिग्री पुगेपछि एकदिन त्यहीं बस्यो । त्यहाँभन्दा ५० फिट तलपट्टि नदीको किनारमा धेरै पहिले नै बनेको एउटा चैत्यमा अरनिकोले काम गर्नुपर्ने भयो । अरनिकोसँगै रहेका भिक्षु भद्रबाहुले कामको बारेमा चैत्यमा पुगेपछि बताउने जानकारी दिनुभएको थियो । त्यो दिन तिनीहरूले तिग्रीकै गाउँघर घुमेर वितायो । तिग्रीमा ठूलो फाँट, बालीनाली पनि राम्रो हुने, घरघरै चौंरी र भेडाच्याङ्ग्रा बाधिएको रमाइलो थियो । त्यहाँका मानिसहरू सामानहरू ओसार–पसार गर्नका लागि खच्चड र याकहरू प्रयोग गरिदोरहेछ । त्यो उपत्यका हेरेर अरनिकोलाई आफ्नै घरको सम्झना आयो ।

ठाउँ ठाउँमा रुखको र ढुङ्गाको पूजा गरेर बलिदिने चलन थियो ।

तिग्रिमा चैत्य मर्मत गर्न आएका कलाकार हुन् भन्ने थाहा पाएपछि केही घरकाले त बोलाएर खाना पनि खुवाए ।

केही युवतीहरूले जिस्किएर अरनिकोलाई हामीहरूसँग बिहे गर पनि भने । परदेशी हुन् भनेर धेरैपटक झुकेर बडो आदरभावले केहीले अभिवादन पनि गरे । तिग्रीबाट त्यो लश्करलाई बिदा गर्दा त्यहाँका प्रमुखले बाटो देखाउन केही मानिस खटाए । भोलिपल्ट मेबुवा गाउँमा बास बस्यो । भोलीपल्ट मेबुवाबाट काठको पुलबाट अरुणनदी तरेर साक्या चैत्यमा पुग्यो । साक्या चैत्य नदीकै किनारमा थियो र त्यो रमाइलो गाउँमा साथीहरू सहित अरनिकोले दुई बर्षसम्म मर्मत संभारको काम गरे । साक्या चैत्यमा ध्यान गर्ने मानिसहरू बस्ने गर्थे । बौद्धधर्म दर्शन अन्तर्गत गरिने ध्यानबाट चिनियाँ र तिब्वतबासी ज्यादै प्रभावित भएकाले यो चैत्यको महिमा र ध्यानको उपलब्धि धेरै ठाउँमा फैलिएको थियो । अगाडि दिग्विजय गर्दै गएका चङ्गेज खाँसमेत यो साक्या चैत्यको ध्यानप्रक्रियाबाट प्रभावित भएका रहेछन् । यस्तो ठाउँमा गएर कान्तिपुरवासी अरनिकोले काम गर्ने मौका पाए ।

अरनिकोले त्यहाँ सालाखाला दैनिक १३ घन्टाजति निरन्तर काम गर्दै गए । उनको कामबाट प्रभावित भएकी एउटी धनी केटीले विवाह गरी, त्यसपछि उनलाई अलिकति सुविधा पनि भयो । सोही समयमा कान्तिपुरमा लक्ष्मीबाट छोरा जन्मियो र बालकको नाम आचक राखिएको अरनिकोले थाहा पाए । साक्या गुम्वाको चैत्य अरनिकोले जस्तो कल्पना गरेर निर्माण गरे, त्यसबाट सारा मानिसहरू अत्यन्त प्रभावित भए ।

वास्पाका यही साक्या चैत्यका मालिक थिए । बुद्धधर्मका धर्मगुरु वास्पाकाका उपदेश सुन्न, ध्यान सिक्न, भविष्यवाणी सुन्न धेरै धेरै टाढा–टाढाका मानिसहरू आउने गर्थे । वास्पाकालाई सबैले ठूलो श्रद्धा र भावभक्ति गर्ने गर्थे । वादसाह कुवलै खान पनि वास्पकाका चेला थिए । एकदिन अरनिकोले वास्पकाको चित्र अलि उड्न लागेको जस्तो बनाइदिए । वास्पाकालाई रङ्गभरेको सो चित्र देखाउँदा अत्यन्त खुसी भएर हाँसेर सोधे– “तिमीले कहिले चित्र बनायौं ?”

“भन्ते ! अस्ति प्रवचन गरिसकेपछि बसेर उठेको समयमा मलाई त्यस्तै मन लागेर बनाएको ।”
वास्पाकाले चित्रलाई ओल्टाईपल्टाई हेरेर भने— “साँच्चै अत्यन्त राम्रो सजीव चित्र बनायौं तिमीले । तिमीलाई यस्तो अद्भुत कार्य गर्नसक्ने बरदान दैवले नै दिएका हुन् ।”
अरनिको केही नभनेर हाँसीरहे । अरनिकोले अद्भुत चित्र बनाएको भनी साक्या चैत्यमा हल्ला भयो । वास्पका धर्मगुरुले आफ्नो त्यो चित्र सबैको आँखा पर्ने ठाउँमा राखि दिनुभयो । त्यसपछि अरनिको समक्ष मेरो पनि चित्रबनाई दिनुहोस् र चित्र बनाउन सिकाइदिनुहोस् भन्न आउनेहरूको ओइरो लाग्यो । त्यस्तैमा एकदिन एउटी धनाढ्य परिवारकी छोरी चित्र बनाउन सिक्न आइन् र अरनिकोसँग एकदमै मुग्ध भएर विवाह नै गरिन् ।

साक्या चैत्यसँगै स्वर्णचैत्य बनाइसकेपछि अरनिकोको नाम चीनसम्म पुगेको हुँदा बादशाह कुबलै खानले उनलाई बोलाउने विचार गरेर गुरु वास्पकालाई भेट पठाउने निहुमा उनलाई लिन पठाएका रहेछन् । चीनबाट गुरु वास्पकालाई भेट लिएर अरनिकोलाई लिन आएका मानिसहरूको समूहसँग उनको परिचय लामा गुरु वास्पकाले गराए ।

चीनबाट आएका मानिसहरूले गुरु वास्पकाको कुरा सुनेर भने— “चीनमा तपाईंको कलाकृतिको वयान पुगेको छ । चीनका वादशाहको इच्छा छ कि, यदि तपाईं चीन जान चाहनुहुन्छ भने सँगै लिएर आउन भन्नु भएको छ । तपाईंको कस्तो विचार छ ? नेपाल फर्किनु हुन्छ कि चीन घुम्नु हुन्छ ?” त्यसबेला चीन जाने विषयमा अरनिकोले कुनै जवाफ नदिएर भने– “नेपालका यतिका मानिसहरू आएका छन्, त्यसमा मेरा काका पनि हुनुहुन्छ, म सल्लाह गरेर बताउनेछु ।” सल्लाह अनुसार अरनिकोसँग अरु २ जना चिन जाने, १० जना जतिले विवाह गरेकोले त्यही बस्ने र बाँकी ७० जना जती नेपाल फर्कने भन्ने निधो भयो ।

त्यसको चार दिनपछि करिब ३० जनाको समूह गुरु वास्पकाको साथमा चीनको लागि प्रस्थान ग¥यो ।

त्यो समूह विभीन्न ठाउँमा बास बस्दै रमाइलो गर्दै करिब महिना दिनभन्दा पनि बढी समयमा चीनमा पुग्यो ।

त्यो समुह ठूलो सहर र कतै सानो गाउँमा वास बस्दै, एक दुई दिन अझ बास बस्ने आग्रहलाई गुरु वास्पकाले हार्दिकतापूर्वक अस्वीकार गर्दै तेत्तिसौं दिनको बास बस्न त्यो समूह चीन पुग्यो ।
अरनिकोलाई चिनेर कतिले आफ्नो ठाउँमा पनि चैत्य बनाइदिन आग्रह नगरेको होइनन् ।
अरनिको समेत आइपुगेको थाहा पाएर बादशाह कुबलै खानले त्यो समूहलाई लिन आफ्ना सचिब पठाए । दरबार बडो भब्य थियो र राम्रोसँग सजाइएको थियो । बादशाहको आतिथ्यमा ३ या ४ दिन आराम गरेपछि यात्राको हैरानी निकै कम भयो ।

पाँचौं दिनको दिन बादशाहले दरवारमा त्यो समूहको स्वागत गर्नुभयो । स्वागत गरे पछि बादशाहले गुरुको आरामी सोध्नुभयो । गुरु वास्पकाले हाँसेर अरनिकोलाई हेर्दै भन्नु भयो— “बादशाहको आज्ञा मुताविक साक्या चैत्यमा अत्यन्त प्रशंसित अद्वितीय सुवर्णमय चैत्य वनाउने व्यक्तिलाई मैले ल्याएको छु ।” वादशाहले भने— “मैले त यहाँ उनलाई देखिन । कृपा गरेर यहाँ बोलाउनोस् भन्ते । होइन भने म उहाँ जानु पर्ने भए पनि भेट गर्न जान्छु । कला साहित्य भनेको ठूलो कुरो हो । त्यस्ता साधक तपस्वीहरूको कदर गर्नुपर्छ गुरु भन्ते ।” गुरुको र अरनिकोको आँखा जुध्यो ।

गुरुको इसारा पाएर अरनिको उठेर बादशाहलाई नौपटक शिर झुकाएर अभिवादन गरेर भन्यो— “बादशाह ! नेपालबाट तिब्बत आएको र स्वर्ण चैत्य बनाउनेमा एक मनै हुँ ।” बादशाहले अरनिकोलाई गोडादेखि शिरसम्म तीनपटक हेरेर गुरुलाई सोधे— “यो के हो भन्ते ?” मुसुमुसु हाँसिरहेका गुरु वास्पाकाले भन्नुभयो— “बादशाह यो सत्य हो । त्यो अलौकिक प्रतिभा भएका कलाकार यिनी नै हुन् ।” बादशाहले फेरी अरनिकोलाई तलदेखि माथिसम्म हेरेर गुरुलाई भने— “यति सानो उमेरमा यत्रो सफलता ? मलाई त अझै विश्वास भएन ।” गुरुले पुनः भन्नुभयो— “विश्वास गर्नुस् बादशाह ! यो फजुल कुरा होइन ।”

फेरि बादशाहले अरनिकोको मुखमा हेरेर भने— “कसो युवक ! तिमीमा यस्तो प्रतिभा छ भन्ने कुराको म कसरी विश्वास गरुँ ।” अरनिकोले झुकेर भने– “म के भनौं बादशाह ! तर नेपालबाट आएको ठूलो समूहमध्येको एउटा व्यक्ति म नै हुँ । मैले नै नेतृत्व गरेर आएको हुँ बादशाह ।” अरनिकोले फेरि झुकेर बादशाहलाई अभिवादन गरे । तर अझै पनि मानौं अरनिकोलाई मनमनै भनिरहेका हुन्— यो फुच्चेले कसरी यति ठूलो काम गरेृको होला । अरनिको मुसुमुसु हाँस्दै थिए । यस्तैमा एकजना मानिसलाई बादशाहले इसारा गरेर बोलाए । सभासदहरू धेरै नै थिए । त्यसमध्येबाट एकजना वयोवृद्ध र सम्भ्रान्त मान्नुपर्ने मानिस बादशाहको नजिक आयो र बादशाहलाई झुकेर अभिवादन ग¥यो । अरनिको उभिइनै रहेका थिए । गुरु वास्पाकाले बडो ध्यान दिएर हेरीरहनु भएको थियो ।

बादशाहको इशारा पाएर बयोवृद्ध मानिसले अरनिकोलाई हेरेर भने– “तपाईँ उत्कृष्ट कलाकार हुनुहुँदोरहेछ । हामीले थाहा पायौं । हाम्रो दरवारमा एउटा बिग्रिएको चित्र छ । त्यसको मर्मत कृपापूर्वक तपाईंले गरिदिनुभए हामी सबै तपाईप्रति कृतार्थ हुने थियौं । कसो होला ?”
अरनिकोले सहर्ष स्वीकृति दिएर भने– “खुसीसाथ गर्नेछु महाशय । मेरो सानो प्रयासले यहाँहरूको अमूल्य कृति बन्छ भने म आफूलाई सौभाग्यवान् सम्झेर त्यो काम गर्नेछु ।” भोलिपल्ट अरनिकोलाई बस्ने ठाउँको व्यवस्था गरेको ठाउँमा मूर्ति ल्याइयो । अरनिकोले त्यसको मर्मत गरिदिए ।

त्यसपछि बादशाह र सारा सभासदहरूलाई अरनिकोको योग्यतामा विश्वास भयो र अरनिकोलाई सम्मान साथ राखिने व्यवस्था भयो । त्यसको केही दिनपछि अरनिकोलाई श्वेत चैत्य बनाउन भनियो । त्यसपछि त चिनियाँहरूले अरनिकोको ठूलो सम्मान र इज्जत गर्दै गए । श्वेत चैत्य बनाएपछि त झन् अरनिकोलाई प्रधानमन्त्री सरहको सम्मान गरियो । प्रकृति प्रदत्त प्रतिभा र आफ्नो मेहनतलाई उनले चीनजस्तो विशाल देशमा आफ्नो नामको साथै नेपालको नामसमेत स्वर्णाक्षरले चम्काए । भगवान पशुपतिनाथ र भगवान बुद्धको प्रेरणा र आशीर्वाद अरनिकोलाई प्राप्त थियो भनेर भन्ने गरिन्छ– यसो भन्नु अतिशयोक्ति पक्कै होइन ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…