Sansar News

लघुकथा-वेश्या को हो ?

मोहन अधिकारी, सिलगडी
२ हप्ता पहिले
लघुकथा-वेश्या को हो ?

म कसैबाट अपहृत भएर वेचिए ! मलाई जवर्जस्ती देह व्यापार गर्न बाध्य बनाइयो ।
रक्त पिपासुहरूले मलाई लुछे !,लुटे ! तर म विवश थिए ! एकमुठ्ठी सास र एकगाँस खानको लागि !

मैले नर्क स्वीकार्नुपर्यो ! त्यो मेरो चाहना थिएन ! मेरो ईच्छा थिएन ! थियो त केवल बाध्यता,विवशता,लाचारी र हत्या ! केवल हत्या थियो ! हत्या ! सुन्छौं ? त्यो मेरो आत्माको फाँसी थियो !

सुनिता आँखाबाट बलिन्द्रधारा आँशुझार्दै चिच्याईरहेकी थिई । उ भन्दै थिई, मेरो स्वाभिमान अहिले पनि मरेको छैन, जिउँदै छ जिउँदै ! मेरो अस्मिता मैले लुटाएकी हैन ,बलजफ्ती लुटिएको हो ! लुटीएको !

तर यो अंधो समाज मलाई नकारिरहेछ !
मलाई छिः छिःगरिरहेछ ,मेरो विवशतालाई
तौलिने यो समाजसँग स्वाभिमानी मुटु छ ?

अस्मिता भनेको के हो ? अस्मिताको महत्व बुझ्ने क्षमता छ तिमीहरू सँग ? लाज घिन भनेको के हो ? कस्तो हो ? थाहा छ तिमीहरूलाई ? मलाई लाग्छ थाहाछैन तिमीहरूलाई ? म जस्ता विवशतामा पिसिएका नारीलाई वेश्यादेख्ने यो आँखा फुटेको ,जडपत्थर जस्तो संवेदनहिन समाजसँग म के आशा गरौ ? च्यातिएर जिर्ण भएका कपडाहरु लगाएकी सुनिताले राता–राता आँखा पारेर चोरीऔंलो ठड्याउदै सोधिन् समाजका नाईकेहरूलाई ण्àके तिमीहरुमा मलाई साँचो न्यायदिने विवेक छ ?’ साँच्चै नै उनका कपडा मात्र फाटेका थिएनन् । उनको मन पनि फाटेर छिया छिया भएको थियो । यो समाज माथिको विश्वास पनि अव त उनलाई उनकै कपडाजस्तै जिर्ण लाग्थ्यो ।

कसैले सुनिताको प्रश्नको सही जवाफ दिने हिम्मत गर्न सकेका थिएनन् ।

यसै क्रममा गर्जमान क्षेत्री, जो दिग्गज नेता थिए । उनले कडकिदै भने ‘सुनिता ! तिमी यो समाजमा बस्दा हामीले साँघुरो हुन्छ भनेका होईनौं,तर भोली आउने पिढींले तिम्रो सिको सिक्यो भने यो समाज सिंगै वेश्या वन्नसक्छ भनेर पो तिमीलाई टाडै बसिदेउ भनेको त, तिमी किन कुरा बुझ्दिनौ ?किन बुझेर पनि बुच पचाएर हामीलाई उल्टै गाली गर्छ्यौ हँ ? तिमीलाई हामीले साँच्चैको कारवाही गर्यौंभने के गर्छ्यौ ?’

सुनिताको धैर्यको बाँध फुट्यो । मानवताको शर्मशार भएपछि सुनिता एकाएक बघिनी जस्ती आक्रोशित भईन् । उनले औंलो ठड्याएर समाजलाई प्रश्न गरिन्, ल अलिकति लाज, शरम, ईज्जत भएका व्यक्तिपनि यो समाजमा उपस्थित हुनुहुन्छ भने भन्नोस्, यी गर्जमान भात खाँदैथिए,कपडा लाँउदै थिए । घर सम्पत्ति सबैथोक थियो तर पनि आफ्नो पार्टीलाई धोका दिएर आफ्नो अस्मिता पैसाको लागि बेच्यो भने यो बेश्या हो कि म बेश्या ?

यो रहरले बिक्यो, म जवरजस्ती ईच्छा विपरित बेचिए । अव भन्नोस् उसले वेश्यावृत्ति गर्यो कि मैले ? जवाफ छ यो अंधो समाजसँग ? म भन्दा ठूलो वेश्या आज तपाईहरूको समाजको प्रतिष्ठित ब्यक्ति, तपाईहरुको गन्यमान्य ब्यक्ति, तपाईहरु उसलाई खादा र मालाले स्वागत गर्ने ? अनि म निरपराध नारी नर्ककुण्डका रक्त पिपासुहरुका हातबाट ज्यानको बाजी लगाएर बल्लतल्ल उम्केर आफ्नु घर पुग्नपाए सुरक्षित हुने आशा र भरोसा बोकेर आँउदा यहापनि यस्तै राक्षसबाट मैले प्रताडित हुनुपर्ने ?

खवरदार ! आज आईन्दा मलाई वेश्या भन्नेहरूले आफु कुन दर्जाको वेश्या हो एकचोटी आफैलाई केलाएर हेर्नु ,अन्यथा मेरो भन्दापनि नराम्रो दुर्दशा तिमीहरूले भोग्नुपर्नेछ । धिक्कार छ समाजका लाछि नामर्द, हुतिहारा मृत आत्माहरूलाई ! ! !

सुनिताले धिक्कारिरहेकी थिईन्, धेरैमान्छेहरु एकापसमा सुनिताका कुरा त ठिकै हुन्, जाउँ जाउँ ! बोलौं भने बोलीसक्नु छैन भन्दै खस्याक खुसुक गर्दै आ आफ्ना घरतिर लागे ।

सर्बाधिक पढिएको

कथा : माइलो

कथा : माइलो १ महिना पहिले | चन्दा थापा (चन्द्रिका)

रात आधाउधि घर्केको छ । घण्टाघरले ट्याङ–ट्याङ १२ बजेको संकेत…

यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’

यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’ ४ हप्ता पहिले | गंगा खतिवडा, काठमाण्डौं

दिव्य शक्ति पाएको महसुस भइरहेको छ आज मलाई । धैर्य,…

कथा : २१ वर्ष

कथा : २१ वर्ष १ हप्ता पहिले | संसार न्यूज़

नलानुस म्याम, तपाइँले सक्नु हुन्न यस्लाइ । लुकिलुकि गाजा र…

लघुकथा : आरक्षण

लघुकथा : आरक्षण ४ हप्ता पहिले | महेश श्रेष्ठ

‘यो सार्कीको छोरो पढ्दै पढ्दैन दाइ’ विष्णुप्रसाद पौडेलले सुनाउदै भने,…

लघुकथा : एडभान्स

लघुकथा : एडभान्स १ दिन पहिले | अरुणबहादुर खत्री ‘नदी’

मेरो घरमा दुइटा कोठा खाली भएपछि एकजना बुढी आइमाई कोठा…

लघुकथा-तुहिएकी आइमाई

लघुकथा-तुहिएकी आइमाई १ दिन पहिले | रजनी खत्री, काठमाण्डौं

बुवाको आँखाको नानी बिहेपछि कस्तो अनौठो भो जिन्दगानी । बिबाह…