Sansar News- Nepal's Fast Khabar Online News Portal

पतिसँगको सम्बन्ध विच्छेदे बारे मुख खोलिन मिर्जाले

संसार न्यूज़
४ महिना पहिले
पतिसँगको सम्बन्ध विच्छेदे बारे मुख खोलिन मिर्जाले

१९ साउन, भारत । बलिउड अभिनेत्री तथा फिल्म निर्मात्री दीया मिर्जाले आफ्ना श्रीमान साहिल संघासँगको सहकार्य र सहयात्रा तोडेकी छन् । यसबीचमा उनीहरुको सम्बन्ध विच्छेदलाई लिएर अनेक आशंकाका साथ टिकाटिप्पणी गरिएका छन् । मिर्जाले सम्बन्ध विच्छेदको कारण नखुलाए पनि अनावश्यक टिकाटिप्पणी बारे भने मुख फोरेकी छन ।

मिर्जा र साहिल संघाबीचकोे ११ वर्षको सम्बन्ध विच्छेदको घटनालाई लिएर मानिसहरूले अनेक आशंका गरेपछि अन्ततः मिर्जाले आफूहरुको सम्बन्धबारे भएको टिप्पणीमा मुख खोलेकी हुन् । उनले सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीका बारेमा लगातार ३ पटक टिव्ट गर्दै अनावश्यक प्रचारप्रसार नगर्न आग्रह गरेकी छन् ।

दिया मिर्जाले साहिलसँगको सम्बन्धको बारेमा सोशल मीडियामा लगातार तीन पटक ट्वीट गरेकी छिन् ।

दीया मिर्जाले आफ्नो पहिलो ट्वीटमा लेखेकी छिन्, ‘हरेक किसिमको कथनलाई स्पष्ट पार्नु र हटाउनु आवश्यक छ, जुन मिडियाको निश्चित वर्गले म र साहिलको सम्बन्धलाई लिएर जुन अफवाह फैलाइयो यो दुर्भाग्यपूर्ण छ ।’ उनले यस्तो हर्कतलाई मिडियाको गैरजिम्मेवारपूर्ण स्तर र मनोवृत्ति स्पष्ट देखिएको बताएकी छिन् ।

उनले दोस्रो ट्वीट मा लेखेकी छिन्, ‘अझ दुर्भाग्य यो छ कि मिडियाले हाम्रा सहयोगीहरूको नाम कलंकीत र बदनाम गर्दैछ । एक महिलाको रूपमा म समर्थनमा खडा हुने छैन, दोस्रो महिलाको तर्फबाट म यसको समर्थनमा बिल्कुल छैन, झूटो प्रदर्शनको पर्दाफास गर्नका लागि जिम्मेवार तरिकाबाट प्रयोग गरिएको छ ।’

तेस्रो ट्वीटमा, दीया मिर्जाले उल्लेख गरेकी छिन्, ‘कथित रिपोर्टमा कुनै सत्यता छैन । कुनै तेस्रो व्यक्ति म र साहिललाई अलग गर्ने कारण होइन । हामीले मिडियालाई यस सम्बन्धमा गोप्यता राख्न अनुरोध गरेका छौं । म आशा गर्दछु, कि मिडियाले यो हाम्रो अनुरोधको सम्मान गर्नेछ । ’(एजेन्सी)

निर्मात्री दीया मिर्जाले किन गर्न लागिन् डिर्भोस ?

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…