Sansar News- Nepal's Fast Khabar Online news portal

वर्ल्ड कपका बेला एक भारतीय खेलाडीले बीसीआई नियमको उल्लंघन गरेको खुलासा

संसार न्यूज़
१ महिना पहिले
वर्ल्ड कपका बेला एक भारतीय खेलाडीले बीसीआई नियमको उल्लंघन गरेको खुलासा

२० साउन । भारतीय क्रिकेट टीमका एक वरिष्ठ सदस्यले विश्वकपका बेला भारतीय क्रिकेट कंट्रोल बोर्ड (बीसीसीआई)को ‘परिवार संबंधित’ नियम उल्लंघन गरेको खुलासा भएको छ ।

खेल सकिसकेपछि मात्र ती खेलाडीले श्रीमतीलाई टुर्नामेन्टको पुरै समय, सात हप्ता आफ्नो साथमा राखेको कुरा खुल्न आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सेमीफानल सम्म पुगेका ती खेलाडीले बीसीसीआई नियमको उल्लंघन गरेका कारण उनी आलोचनाको घेरामा परेका छन् । यी खेलाडीले बीसीसीआई अनुसार आफ्नो पत्नीलाई १५ दिनसम्म साथमा राख्न पाउने व्यवस्था भएपनि उनले सो भन्दा बढी समयसम्म साथमा राखेको आरोप लागेको छ । ती खेलाडीले १५ दिन भन्दा बढी समय श्रीमतीलाई साथमा राख्ने अनुमतिका लागि अनुरोध गरेका थिए तर नियामक समिति(सीओए) ले उनको अनुरोध इन्कार गरिदिएको थियो ।

बीसीसीआईका प्रशासक सीओएले ३ मईको बैठकमा यस मुद्दा बारे पनि चर्चा गरेको थियो, तर ती खेलाडीको अनुरोधलाई स्वीकार नगरेको स्रोत उल्लेख गर्दै समाचारमा जनाइएको छ ।
यससम्बन्धी जानकारी राख्ने बीसीसीआई सूत्रले पनि उनले नियमको उल्लंघन गरेको पुष्टि गरेका छन् । उनले विश्वकपको दौरान १५ दिनको नियमको उल्लंघन गरेका थिए । यी खिलाड़ीले अपनी पत्नीलाई बढी समय साथराख्ने अनुमति कोच या कप्तानसँग लिएका थिए वा थिएनन् भन्ने कुराको कुनै स्पष्ट जबाफ बाहिर आएको छैन ।

यो मामीला बारे प्रशासनिक मैनेजर सुनिल सुब्रमण्यमले किन जानकारी दिएनन् ? जबकी यस बारे सम्पूर्ण अधिकार उनमा हुन्छ । बीसीसीआईका एक वरिष्ठ अधिकारीका अनुसार ‘सुनील सुब्रमण्यम त्यत्तिबेला के गरिबसेका थिए । उनको काम टीमको टे«निङ सत्रको निरीक्षण गर्नु पर्ने थिएन ? । कोच, कप्तान तथा अन्य सहयोगी स्टाफ यो विषयलाई हेरि बसेका थिए ? भन्ने प्रश्नहरु उठाइएका छन् । आशा राखौँ सीओएले यस माममीलामा गम्भिर छानविन गर्नेछ र मैनेजरसँग रिपोर्ट माग्नेछ । सुब्रमण्यमसँग यस विषयमा कुराकानी गर्न नसकिएको बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…