Sansar News

डेढ वर्षमा जुम्लामा पनि प्रसारण लाइन पुग्ने

संसार न्यूज़
२ हप्ता पहिले
डेढ वर्षमा जुम्लामा पनि प्रसारण लाइन पुग्ने

२१ साउन । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताएका छन् ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आज प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र प्राधिकरणले विद्युत् बिक्रीका लागि प्रयास गरेको बताएका थिए । जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले सुर्खेतबाट ८१ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताए ।

ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पु¥याएको र आगामी डेढ वर्षभित्र राष्ट्रिय ग्रीड पु¥याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । उनले राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत् स्थानीय उपभोक्ता समितिले भाडामा लिएर चलाएको बताए । “लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ”, घिसिङले भने ।(रासस)

सर्बाधिक पढिएको

बाबुको मृत्यु,  आमाको दोस्रो बिहे, तीन बालबालिकाको बिचल्ली

बाबुको मृत्यु, आमाको दोस्रो बिहे, तीन बालबालिकाको बिचल्ली १ महिना पहिले | रासस

२९ असार, जाजरकोट । बाबुको मृत्यु र आमाले दोस्रो विवाह…

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा ३ हप्ता पहिले | रासस

१३ साउन, खलङ्गा । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क…

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा ३ हप्ता पहिले | संसार न्यूज़

१२ साउन, जुम्ला । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क…

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी १ महिना पहिले | संसार न्यूज़

२९ असार, रुकुम । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै…

विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ

विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ १ महिना पहिले | रासस

२६ असार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका…

घुस मागिरहेको अवस्थामा ओली पक्राउ

घुस मागिरहेको अवस्थामा ओली पक्राउ १ महिना पहिले | संसार न्यूज़

२७ असार, काठमाडौँ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा…