back

माध्यामिक तह :सबै विषयका लागि उपयोगी विषयगत नमुनाप्रश्न

वि.सं.२०७६ साउन २२ बुधवार

300 

shares
NTC AD
Global IME AD

२२ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत, विषयगत, नमुना पश्नहरुको संगालो र परीक्षाका लागि विभिन्न टिप्सहरु ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ ।

द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र ‘ पेसागत ज्ञान ’बाट सबै विषयका समान प्रश्न रहेनछन् ।

आज हामीले माध्यामिक तह सबै विषयहरुका लागि उपयोगी हुने विषयगत प्रश्नसंगालो लिएर आएका छौं र अर्काे दिन वस्तुगत प्रश्नोत्तरको साथमा आउनेछौं ।

अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका ३५ अङकभारका ७ ओटा प्रश्नहरु समावेश हुनेछन् ।
जसमा एकाइबाट एउटा प्रश्न सोधिनेछन् । एकाइहरु निम्न छन्
:

एकाइ एक : नेपालको विद्यालय शिक्षासम्बन्धी जानकारी
एकाइ दुई : बालबालिका र सिकाइसम्बन्धी ज्ञान
एकाइ तीन : बालबालिकाको पिसकाइ तथा सिकाइ सिद्धान्तसम्बन्धी जानकारी
एकाइ चार : सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
एकाइ पाँच : सञ्चार तथा सहकार्य
इकाइ ६ः निरन्तर सिकाइ, मापन र मूल्याङ्कन तथा पेसागत विकास
एकाइ सात : कानुनी आधार तथा पेसागत आचारसंहिता

तह : माध्यामिक पूर्णाङ्क : ३५
विषय : सबै
समय : १ घण्टा ५ मिनेट

प्रश्न नं १. अध्यापन अनुमतिपत्र भनेको के हो ? अध्यापन अनुमतिपत्रका महत्वहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं. २. संवेगात्मक विकास भनेको के हो ? किशोरावस्थाका बालबालिकाहरुमा पाइने संवेगात्मक विकासका विशेक्षताहरु संक्षेपमा लेख्नुहोस् ।

प्रश्न नं. ३. व्यवहारवादी सिकाइ सिद्धान्तको परिचय दिई यस सिकाइ दृष्टिकोणका विशिष्ट विशेषताहरुको सूची तयार पार्नुहोस् ।

प्रश्न नं. ४. आधुनिक कक्षाकोठा व्यवस्थापनका सन्दर्भमा बालबालिकाहरुमा देखापर्ने वैयक्तिक विभिन्नताको व्यवस्थापन गर्न अपनाउन सकिने उपायहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं. ५. शिक्षण सिकाइलाई खोजपूर्ण, सहकार्य तथा अन्तरक्रियात्मक बनाउन विद्यालयका लागि प्रयोगमा ल्याउन सकिने प्रभावकारी सञ्चारका साधन÷ माध्यमहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं. ६. नेपालमा २०२८ साल पूर्व शिक्षक तालिम वा पेशागत विकासका लागि भएका प्रमुख प्रयासहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं . ७. विद्यालय क्षेत्र विकास योजना ( SSDP ) ले माध्यामिक शिक्षामा समतासम्बन्धी कार्यान्वयनमा ल्याउने गरी निर्धारण गरेका कुनै पाँचवटा रणनीतिहरु उल्लेख गर्नुहोस् ।

यी प्रश्नहरुको तपाइँले आफैंले समाधान गर्ने प्रयास गर्नुुस् कुनै प्रश्नको उत्तरमा अलमलमा परेमा भने कमेन्ट बक्समा प्रश्न नम्बर कमेन्ट गर्नसक्न्हनेछ । अभ्यास जति गर्र्याे परीक्षामा सहज वातावरण हुने हुँदा अभ्यास निरन्तर गर्न आवश्यक छ ।

वि.सं.२०७६ साउन २२ बुधवार ०९:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को...

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा...

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

काठमाडाैं । ‘विद्यालय शिक्षा विधेयक–२०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

गलेश्वर (म्याग्दी) । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर...