Sansar News

रुपन्देहीका दलित समुदायलाई पाँच घर हस्तान्तरण

संसार न्यूज़
२ हप्ता पहिले


२२ साउन रुपनदेही । रुपन्देहीको कञ्चन गाउँपालिका–२ स्थित रातामाटामा निर्माण भएका पाँच घर आज स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले दलित समुदायका पाँच जनालाई शौचालयसहितको जस्तापाता लगाएको दुईकोठे भवनको ताला तथा चाबी हस्तान्तरण गरे ।

सङ्घीय सरकार तराई मधेश समृद्धि कार्यक्रम र कञ्चन गाउँपालिकाको संयुक्त लगानीमा मुुसहर तथा दलित बस्तीका लागि घर निर्माण भएको थियो । एक घरका लागि रु दुई लाख २० हजार लगानी रहेको बताइएको छ ।

सङ्घीय सरकारको रु एक करोड र कञ्चन गाउँपालिकाको रु १० लाख लगानीमा सो गाउँपालिकाका सबै वडामा ५० घर निर्माण भएको छ । गाउँपालिका–२ मा मात्रै २५ घर छ भने प्रत्येक वडामा पाँच–पाँच घर निर्माण भएको छ । निर्माण भएका २५ घर मुसहर र २५ घर दलित बस्तीका लागि निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सरकारी जग्गामा निर्माण भएको आवासमा बस्ने व्यक्तिको स्वामित्व रहेको छैन ।

सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य भूमिश्वर ढकालले दलित र गरीब समुदायलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।

राष्ट्रियसभाका सदस्य भट्टराईले कानून बनाएर सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने उल्लेख गर्दै अवसर नभएकालाई आवास बनाइदिने सरकारको योजना रहेको बताए। उनले भने, “अब कसैले पनि भोकै मर्नुपर्दैन, उपचार नपाएर मर्नुपर्दैन ।”

गाउँपालिका कार्यालयको शिलान्यास

रुपन्देहीको कञ्चन गाउँपालिका कार्यालयको नवनिर्मित भवनको आज गजेडीमा शिलान्यास भएको छ । गाउँपालिका–२ मा निर्माण हुन लागेको भवनको राष्ट्रियसभाका सदस्य भट्टराईले शिलान्यास गरे । रु पाँच करोड तीन लाख लागतमा निर्माण हुन लागेको भवन चारतलाको हुने बताइएको छ । स्थानीय मुकेश श्रेष्ठले दिएको एक बिघा जग्गामा सो भवन निर्माण हुन लागेको हो । भवनमा हलसहित ४४ कोठा रहने इञ्जिनीयर स्मित थापाले जानकारी दिए। (रासस)

सर्बाधिक पढिएको

पैसामा किनिएको सांसद पदले नेकपामा पहिरो,जेल जादै फौजिया

पैसामा किनिएको सांसद पदले नेकपामा पहिरो,जेल जादै फौजिया १ महिना पहिले | संसार न्यूज़

२५, असार काठमाडौँ । फौजिया नसिम, यो नाम अहिले ५…

फ्लोअप फौजिया : अल्डरवल्ड कनेक्सनले सबै थर्कमान

फ्लोअप फौजिया : अल्डरवल्ड कनेक्सनले सबै थर्कमान ४ हप्ता पहिले | संसार न्यूज़

८ साउन, काठमाडौँ । सांसद एक स्वरुप अनेक, यस्तै देखिन्छ…

इस्मा गाउँपालिकामा अख्तियारको छापा

इस्मा गाउँपालिकामा अख्तियारको छापा २ हप्ता पहिले | संसार न्यूज़

२१ साउन, गुल्मी । इस्मा गाउँपालिकामा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले…

लुम्बिनी होटल संघ नेपालको प्रथम साधारणसभा सम्पन्न

लुम्बिनी होटल संघ नेपालको प्रथम साधारणसभा सम्पन्न ७ दिन पहिले | डिला रेग्मी

२६ साउन, लुम्बिनी । लुम्बिनी होटल संघ नेपालको प्रथम साधारणसभा…

नसर्ने रोगका बिरामी वर्षेनी बढ्दै

नसर्ने रोगका बिरामी वर्षेनी बढ्दै ३ हप्ता पहिले | संसार न्यूज़

१२ साउन, काठमाडौँ । पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या दिन…

दुई सातादेखि सडक अवरुद्ध

दुई सातादेखि सडक अवरुद्ध ३ हप्ता पहिले | रासस

९ साउन, बेझाड । वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा…