Sansar News

एशिया कप क्रिकेट खेल्ने टोलीको प्रशिक्षण शुरु

संसार न्यूज़
२ हप्ता पहिले
एशिया कप क्रिकेट खेल्ने टोलीको  प्रशिक्षण शुरु


२३ साउन काठमाडौँ । अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि शुरु भएको छ ।

काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो ।

नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए ।

उनले एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक प्रशिक्षण शुरु गर्ने बताए।

यसअघि यही साउन २१ गते मङ्गलबारदेखि प्रशिक्षण गर्ने भनिएता पनि एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो । एसिसी इस्र्टन रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ ।

आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

गत असारमा मलेसियामा सम्पन्न इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो । (रासस)

सर्बाधिक पढिएको

सन्दीपले पाए अमेरिकाको भिषा

सन्दीपले पाए अमेरिकाको भिषा १ हप्ता पहिले | संसार न्यूज़

२८ साउन । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले अन्ततः…

यस कारण दिनुपर्दथ्यो अमेरीकाले सन्दीपलाई भीसा

यस कारण दिनुपर्दथ्यो अमेरीकाले सन्दीपलाई भीसा १ हप्ता पहिले | संसार न्यूज़

२८ साउन, काठमाडौँ । अन्तत नेपाली राष्ट्रिय क्रिकेट टोलीका चलेका…

वर्ल्ड कपका बेला एक भारतीय खेलाडीले बीसीआई नियमको उल्लंघन गरेको खुलासा

वर्ल्ड कपका बेला एक भारतीय खेलाडीले बीसीआई नियमको उल्लंघन गरेको खुलासा २ हप्ता पहिले | संसार न्यूज़

२० साउन । भारतीय क्रिकेट टीमका एक वरिष्ठ सदस्यले विश्वकपका…

टि–२० आइसीसी विश्वकप क्रिकेट : आयोजकका कारण नेपालीलाई थप पीडा

टि–२० आइसीसी विश्वकप क्रिकेट : आयोजकका कारण नेपालीलाई थप पीडा ४ हप्ता पहिले | संसार न्यूज़

१२ साउन । आयोजकका कारण आजको हारले पीडित बनेका नेपालीलाई…

जेएसएस कप २०१९ को उपाधि नेपोस नर्वेलाई

जेएसएस कप २०१९ को उपाधि नेपोस नर्वेलाई ४ हप्ता पहिले | प्रेम परियार, नर्वे

२३ जुलाई, नर्वे । यहि २१ जुलाई २०१९ का दिन…

विनोद भण्डारीको ब्याटिङले नेपालले बनायो किर्तिमानी स्कोर

विनोद भण्डारीको ब्याटिङले नेपालले बनायो किर्तिमानी स्कोर १ महिना पहिले | संसार न्यूज़

२९ असार । अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा आज भएको दोस्रो…